३३ किलो सुन खै प्रधानमन्त्री ज्यु ? कहाँ गयो गोरे ? के हुँदै छ ? हात्ती आयो हात्ती आयो फुस्सा भाको हो ?

३३ किलो सुन कहाँ गयो ? के भयो? को ठुला को साना माछा खै के हुदैछ मुला नेताहो??

एक समय जतासुकै छाएको थियो – सुनकान्ड र गोरे । र अहिले त्यो एक्कासी सेलाएको छ । न त अहिलेसम्म सुन भेटियो न त त्यसमा संलग्न भनिएका ठुला माछा नै भेटिए ।

गोरे समातिएपछी जनताले सोचेका थिए ल अब यो सुन तस्कारको जालो तोडिनेछ र ठुला माछाहरु समातीनेछन् । यतिका समय बित्दा पनि केहि सुइँकोसम्म छैन ठुला माछाको । जनता भने हेरेको हेरै ।

त्यस्तै सिन्डिकेट अन्त्य हुन्छ भने जनताले कत्रो आश गरेका थिए । तर त्यो पनि बिस्तारै सेलायो । सडकमा हेर्यो यातायतको मनोमानी, गुन्डागर्दी जस्ताको त्यस्तै छ । अब कतै यो सिन्डिकेट अन्त्य हुन्छ भन्ने कथा मात्र हुने हो कि भन्ने डर छ ।

आखिर सधैँ किन यस्तो हुन्छ ? कुनै राम्रो काम शुरु त हुन्छ तर बिचमा घाम अस्ताएजस्तो सेलाएर जान्छ । यसमा नेताको दोश कि हाम्रो पनि । यदी हामीले नेतालाई बेला बेला दबाब दिए यस्तो हुँदैँन थियो कि !

अनि आर्को कुरा, अहिलेका सभामुख भनौदा ले आफैले आफुलाइ सुन तस्करको सानो माछा हु म, ठुला माछा धेरै छन भन्थे , के हुँदै छ?

आफुले आफैलाइ तस्कर भनेका यी नालायक किन अहिलेसम्म सभामुख छन? कुन मुख लिएर यी आज सम्म सभामुख भै रहेका छन ? यिनलाइ किन कारवाही नभाको?

सभामुख नै तस्कर भएपछी , सन्सद भवनमा के गतिलो कुराको आशा गर्ने जनताले ? कि आफ्नो पार्टीको हो भनेर बाल मतलभ नगरी बस्न खोजेका हुन प्रधानमन्त्री ले?

हिजो उत्तिकै गल्ती गरेका कानुन मन्तृको पद खोसियो , उनलाइ राजिनामा दिन लगाइयो तर दुर्गा प्रसाइलाइ आज सम्म केही गर्न सकेका छैनन । किन?

एउटा आदिवासिको छोरालाइ मात्र कानुन लाग्ने , प्रसाईं लाई चाहिँ नलाग्ने हो र ? येस्तो त संविधानमा लेखिएको छैन नि ।

कि उनले केपि ओलिलाइ मामा भनेका भएर भान्जालाइ कारवाही गर्न नमिल्ने हो?? कानुन त सबैलाइ बराबर हुनपर्ने हैन र???

अनि आफ्नो मान्छे भनेर होकि, कानुनले अनि हिजो सर्वोच्च अदालतले हत्यारा भनेका बालकृष्ण ढुङ्गेललाइ आम माफी भनेर छुटाइयो । के नाटक भैराको छ यो ??

छिटो भन्दा छिटो सुन कान्डको सबै तस्करलाइ कारवाही होस । आफू नै ठूलो माछा हुन भने प्रम ले राजिनामा दिनुपर्यो हैन भने दोशिलाइ कारवाही गर्नु पर्यो , अनि भान्जा भनौदा अस्पताल व्यापारी मेडिकल माफिया पैसा साउ मार्सी साउ सबै भनौदा बोल्ने सोमत नभएका दुर्गा प्रसाइलाइ पनि कारवाही गर्नुपर्यो।

सक्दो शेयर गरि सरकारलाइ दबाब दिउ।

Add Comment