२५ हजार घुससहित पक्राउ परे प्रधानमन्त्री कृषि परियोजनाका हाकिम

धनगढीः यहाँस्थित प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजनाका प्रमुख रामानन्द यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले २५ हजार घुससहित पक्राउ गरेको छ ।

बुधबार अपरान्ह धनगढीका पत्रकार सुशील ढुंगानाबाट डकुमेन्ट्री बनाएवापदको ५० हजार रुपैयाँको आधा रकम घुस लिने क्रममा उनलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

डकुमेन्ट्री बनाएपछि आधा रकम घुस मागिरहेको थाहा पाएपछि अख्तियार महेन्द्रनगरस्थित कार्यालयका प्रवक्ता खिमानन्द पाठकको नेतृत्वमा आएको टोलीले उनलाई गदरियामा रहेको प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजनाको कार्यालयबाटै पक्राउ गरेको हो ।

उनको साथबाट २५ हजार नगद बरामद गरिएको प्रवक्ता पाठकले बताए ।

यादवलाई पक्राउ गरी महेन्द्रनगरस्थित अख्तियारको कार्यालय लगिएको छ ।

उनलाई विहीबार अख्तियारको केन्द्रीय कार्यालय काठमाडौं पठाइनेछ । अख्तियारको केन्द्रीय कार्यालयले मुद्दा चलाउने चलाउने निर्णय गर्ने भएकाले काठमाडौं पठाउन लागिएको हो ।

यसअघि पनि यादवले तीन करोडका कृषि औजार खरिदमा अनियमितता गरेको कुराले चर्चा पाएको थियो ।

उनले टेन्डर नगरी किसानलाई अनुदानमा वितरण गरिने ट्याक्टर, पावर ट्रिलर लगायतका करोडौंका उपकरण कोटेशनबाट किनेका थिए ।

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *