१७००० मान्छे मार्ने प्रचण्ड र झापामा टाउको काट्ने ओलिलाइ जेल हाल्नु पर्छ- चौधरी

काठमाडौं।

पूर्व सांसद रुक्मणी चौधरीले टिकापुर घट्नाको बारेमा तयार पारिएका प्रतिबेदनहरु सार्वजनिक गर्न सरकारलाई आग्रह गरेकी छन् ।

रिपोर्टर्स क्लब नेपालमा थरुहट-थारुवान संयुक्त संघर्ष समितिले असार १३, १४ र १५ गते जारी गरेको ‘काठमाडौं घोषणा पत्र’ सार्वजनिक गर्नको लागि आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व सभासद चौधरीले यस्तो माग गरेकी हुन ।

२०७२ भदौ ७ गते कैलाली जिल्लाको टिकापुरमा भएको घट्ना राजनीतिक भएको जिकिर गर्दै सभासद चौधरीले झुटा मुद्दा लगाएर २६ जनालाई कैदीबन्दी गरिएकोमा आपत्ति प्रकट गरिन ।

उनले भनिन्,‘नेपालका चौधरी गौतम बुद्धका सन्तती हौं, हामीलाई हिंसा गर्न आउँदैन, बुद्धको दर्शन र मार्गमा हामी हिँड्ने मानिस हौं, टिकापर घट्ना राज्यले घटाएको हो, त्यो घट्ना राजनीतिक थियो, राजनीतिक रुपमै त्यसको समाधान खोज्नुपर्छ, सरकारको प्रत्यक्ष निगरानीमा ८ वटा प्रतिबेदनहरु तयारी पारिएका छन् ती सार्वजनिक किन गरिएन ?

हामीले पहिलेदेखि नै भन्दै आएका छौं, त्यो घटनामा थारुहरुका घरहरु जले, ठूलो क्षति भयो, महिलाहरुको अस्मिता लुट्ने काम भयो, त्यसका बारेमा सरकारले किन छानविन आयोग गठन गरेन ? त्यसको लेखाजोखा किन भएन ?’

टिकापुर घट्नालाई थारु आन्दोलनलाई समाप्त पार्ने अस्त्रका रुपमा राज्यले लिएको बताउँदै पूर्व सभासद चौधरीले भनिन्,‘यदि टिकापुर घट्नालाई लिएर थारु समुदायलाई प्रभावित पार्ने र हत्यारा बनाईन्छ भने,

१७ हजार मान्छे मार्ने प्रचण्डलाई जेल हाल्नुपर्यो, झापा आन्दोलनको नाममा घाँटी काट्दै हिँड्ने प्रधानमन्त्री ओलीलाई जेल हाल्नुपर्यो, उहाँहरु हो खासमा हत्यारा, हामी कसरी हत्यारा भयौं ? झुटा आरोपहरु लगाएर हामीमाथि जुन कार्य भैरहेका छन्, ती सबै गलत छन् ।’

रेशम चौधरीलाई सांसदको सपथग्रहण गराउन माग गर्दै पूर्व सभासद चौधरीले शान्तिपूर्ण रुपमा आन्दोलन गर्ने जनताको कानूनी अधिकार भएको भन्दै निषेधित क्षेत्र घोषणा गरेर सरकारले कानूनको धज्जी उडाएको समेत आरोप लगाईन् ।

..……………

आफ्नै देशको पानी भारतले हस्तक्षेप गर्दा नेपाली किसानले रोपाइ गर्न पाएनन

पर्याप्त वर्षा र सिंचाइको सुविधा उपलब्ध नभएका कारण पर्सामा असार १५ बित्दा दुई प्रतिशत मात्र धान रोपाइँ भएको छ।

आकाशे पानी र गण्डक नहरको भरमा पर्सा किसानले धानको खेती गर्दै आएका छन्। तर, अहिले धान रोप्ने समय बित्न लाग्दासमेत पर्याप्त वर्षा भएको छैन। गण्डक नहरमा पनि पानी नआएका कारण पर्साका किसानले रोपाइँ गर्न पाएका छैनन्।

पर्साको धोबीनीका किसान अजय चौरसीयाले ब्याडमा धानको बीउँ तयार भइसकेको भए पनि पानि नपरेका कारण रोपाइँ गर्न नपाएको गुनासो गरे।‘धान रोप्ने चटारो भइसक्दा पनि पानी परेकै छैन, गण्डक नहरमा पनि पानी छैन, २२ कठ्ठामा धान खेती गर्दै आएका चौरसीयाले भने, ‘तर, आकाश हेरेरै दिन बिताइरहेको छु।’

पर्याप्त वर्षा नभएको र गण्डक नहरमा पनि पानी नआएका कारण अहिलेसम्म २ प्रतिशत मात्र धानको रोपाइँ हुन सकेको जिल्ला कृषि विकास कार्यालय पर्साका प्राविधिक महेन्द्र कुशवाहाले बताए।

ब्याडमा धानको बीउँ रोप्नका लागि तयार भइसकेको भए पनि सिंचाइको अभावमा किसानले धान रोप्न नपाएको उनले बताए । ‘अहिले ट्युबेल वा पम्पसिट लगाएर किसानले धान रोप्न त सक्छन्। तर, धानलाई पर्याप्त पानी चाहिन्छ’, कुशवाहाले भने, ‘वर्षा भएन भने रोपेको धान पनि डढेर खतम हुन्छ।’

भारतको भैंसालोटन, रामनगर हुँदै नेपाल प्रवेश गरेको गण्डक नहरको संरचना पर्सा, बारा र रौतहटसम्म छ। गण्डक नहरको लम्बाई भारत विहारको भैंसालोटनदेखि रौतहटसम्म ८१ किलोमिटर छ। पर्सा, बारा र रौतहटका किसानका लागि सिंचाइको मुख्य श्रोत भनेकै गण्डक नहरको पानी हो।

सम्झौता अनुसार भारतीय पक्षले धान बालीका लागि असार सात गते नै नेपालतर्फको गण्डक नहरमा पानी दिनु पर्ने हो। तर, असार दोश्रो साता बितिसक्दा पनि भारतीय पक्षले गण्डक नहरमा पानी छाडेको छैन।

गत वर्षको साउन अन्तिम साता तिर आएको बाढीले भत्काएको नहरको संरचनाको मर्मत कार्य नसकिएको भन्दै भारतीय पक्षले नेपाल तर्फको गण्डक नहरमा पानी नछाडेको वीरगन्जमा रहेको नारायणी सिंचाई व्यवस्थापन डिभिजन कार्यालयका प्रमुख राजेन्द्रप्रसाद साहले बताए।

सम्झौता अनुसार असार ७ गते देखि नै नहरमा पानी छाड्न आग्रह गर्दै भारतको रामनगरमा रहेको जल संशाधन विभागको कार्यालयमा एक महिना अघि नै पत्र पठाएको साहले बताए।

टेफिफोनमा सम्बन्धीत अधिकारीसँग आग्रह गर्दा पनि भारतीय पक्षले पानी नछोडेको साहको भनाइ छ। ‘मर्मतको काम १० दिनमा सकिन्छ भनेर भारतीय पक्षले भनेको छ’, साहले भने, ‘असार अन्तिम सातादेखि नेपाल तर्फको गण्डक नहरमा पानी आउन सक्छ।’

कान्ति शाह/अन्नपुर्णपोष्टबाट

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *