‘ह्यापी वर्थ डे’ राजेश दाइ: काे हुन राजेश हमाल ? सबै नेपालीले जानीराख्नु पर्ने कुरा

राजेश हमालकाे जन्म: ९, जुन, १९६४ पाल्पा, तानसेनमा भएकाे हाे । नेपालका एक चर्चित अभिनेता हमालकाे उनको पहिलो र सफल चलचित्र युगदेखि युगसम्म हो । उनलाई नेपाली चलचित्र उद्योगलाई व्यवसायिकतामा ल्याउन प्रमुख भूमिका रहेको व्यक्तिका रूपमा पनि लिइन्छ । राजेश हमालले नेपाली चलचित्रमा २ दशक भन्दा बढी अभिनय गरिसकेका छन् । उनले नेपाली चलचित्र क्षेत्रमा गरेको योगदानको लागि धेरै पुरस्कारहरूले सम्मानित भइसकेका छन् जसमा राष्ट्रिय चलचित्र पुरस्कार (१९८८-२०१४) रहेको छ । उनलाई यसै कारण महानायक भन्ने गरिएको छ । अभिनय क्षेत्र वाहेक समाज सेवामा पनि उनको सहभागिता रहेको छ । उनले अहिलेसम्मकै रोमान्चक भुमिकामा चलचित्र ‘ सकुन्तला’ मा एउटी सशक्त महिलाको भुमिका निभाएका छन्।

छाेटाे जानकारी

राजेश हमाल
जन्म: जुन ९ १९६४, पाल्पा, तानसेन, नेपाल
वासस्थान: काठमाडौं, नेपाल
राष्ट्रियता: नेपाली
अन्य नाम: राजेश दाई,शङ्कर ,महानायक
शिक्षा: भानुभक्त मेमोरियल स्कूल, चण्डीगढ विश्वविद्यालय (एम.ए)
पेशा: अभिनेता, टेलिभिजन प्रस्तोता, समाज सेवी
कार्यकाल: १९८५ – वर्तमान
जिवनसाथी : मधु भट्टराई हमाल
पुरस्कार : राष्ट्रिय नागरिक गोल्डेन अवार्ड, राष्ट्रिय चलचित्र पुरस्कार

नेपाली विकिपिडियाकाे सहयाेगमा

याे पनि पढ्नुहाेस

बिबिसी : क्यानडामा ठूला औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनको एउटा शिखर बैठकमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र अन्य नेताहरूबीच तीव्र मतभेद देखिएको छ।

क्राइमियालाई आफूमा गाभेपछि समूहबाट निकालिएको रुसलाई फेरि समावेश हुन अमेरिकी राष्ट्रपतिले आश्चर्यजनक रूपमा आग्रह गरे। तर जर्मन चान्सलर एंगेला मर्केलले शिखर बैठकमा सहभागी युरोपेली संघका अरू सदस्य राष्ट्रहरू त्यस्तो हुनु हुँदैन भन्ने कुरामा सहमत रहेको बताइन्।

रुसी राष्ट्रपति कार्यालय क्रेम्लिनका एकजना प्रवक्ताले चाहिँ आफूहरू जी सेभेनको सट्टा ‘अरू संरचनामा इच्छुक रहेको’ प्रतिक्रिया दिएका छन्।

ट्रम्प प्रशासनले हालै स्टील र एलुमिनियम आयातमा लगाएको करसम्बन्धी विषय शिखर बैठकमा हावी भएको छ। क्यानडाले ट्रम्प प्रशासनले व्यापारमा लगाएको कर ‘गैरकानूनी’ भएको बताएको छ।

युरोपेली परिषद्‌का अध्यक्ष डोनाल्ड टुस्कले व्यापार, जलवायु परिवर्तन र इरानबारेको ट्रम्पको अडानले ‘वास्तविक खतरा उत्पन्न गराएको’ चेतावनी दिए।

यद्यपि ट्रम्पसँगको भेटवार्तापछि फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले कुराहरू अगाडि बढिरहेको र व्यापारको विषयमा प्रगति गर्ने सम्भावना अझै रहेको बताए। तर विस्तृत उनले रूपमा केही बताएनन्।

शिखर बैठकको अन्त्यमा संयुक्त वक्तव्य जारी नहुने हल्लापछि राष्ट्रपति ट्रम्पले त्यो जारी हुनेमा आफू विश्वस्त रहेको बताए। जी सेभेनको वार्षिक बैठकले क्यानडा, अमेरिका, ब्रिटेन, फ्रान्स, इटली, जापान र जर्मनीलाई एक ठाउँमा ल्याएको छ।

याे पनि पढ्नुहाेस

काठमाडौं– पेट्रालियम पदार्थको मूल्य बृद्धिको विषयलाई लिएर फेसबुक लगायत सामाजिक सञ्जालमा आफ्नो चरित्रहत्या भएको भन्दै सांसद तथा अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले प्रहरीमा उजुरी गरेकी छिन्। नक्कली फेसबुक आइडी बनाएर जभाभावी लेखी त्यसको ‘स्क्रिनसट’ बनाएर आफ्नो बेइज्जत गरिएको उनको भनाई छ।

पेट्रोलियम पदार्थको मूल्य बृद्धिमा केही नबोलेको भन्दै उनीमाथि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। केहीले नक्कली फेसबुक आइडी बनाएर जभाभावी च्याट गरेर त्यसको फोटो राखी प्रचार गरीरहेको लामाको भनाई छ। त्यसविरुद्ध साइबर क्राइम मुद्दामा आफुले छानबिनका लागि प्रहरीलाई आग्रह गरेको उनले बताइन्।

पेट्रोलियम पदार्थको मूल्य बृद्धिका लागि आपूर्ती मन्त्री मात्रिकाप्रसाद यादबलाई ज्ञापनपत्र समेत बुझाइसकिएको उनको भनाई छ। तर, राजनीतिक प्रतिशोधका आधारमा केही व्यक्तिहरुले आफ्नो चरित्रहत्याको प्रयास गरेको लामा बताउँछिन्।

सो विषयमा उनले फेसबुकमा लेखेकी छिन्–

प्रिय साथीहरू, पेट्रोलियम पदार्थको मूल्य बृद्विको बिषयमा लेखिएको स्टाटसलाई आधार बनाइ केही ब्यक्तिले मेरो चरित्रहत्या गर्ने उदेश्यले मैले नलेखेको कुरा मेरो नक्कली आइडी बनाई स्क्रिनसट गरी राखेको हो भन्ने जानकारी गराउन चाहन्छु। मैले आजसम्म सामाजिक सञ्जालको सदुपयोगमा जहिले पनि सावधानी अपनाउँदै आएको छु। मबाट त्यस्ता प्रकारका शब्दको किमार्थ प्रयोग हुँदैन। यस्ता गतिबिधिमा संलग्न जो कोही उपर पनि कानुनी कारबाहीमा जानेछु र अपराधीलाई कानुनको कठघरामा उभ्याउने छु।

नेपाल लाइभबाट

Add Comment