हिन्दु धर्म विकासको बाधक हो, पुँजीवादको पिँजडाभित्र बसेर विकास हुँदैन :डा.बाबुराम

काठमाडौं-पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराईले हिन्दु धर्म विकासको बाधक भएको कुरा बताएका छन्।काठमाडौंमा आइतबार आयोजना गरिएको ‘समृद्धिका आधार र प्रतिवद्धता नयाँ नेपालका लागी संकल्प’ बिषयक कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन्।

भट्टराईले भने-‘विचार,आचरण र संस्कृतिमा परिवर्तन ल्याएनौ भने हामीले विकास गर्न सक्दैनौं,लामो समयदेखि जसरी हामी जकडिएर बसेका छौं,हामीले राजनीतिक क्रान्ति त गर्यौ तर हाम्रो सामाजिक,सांस्कृतिक धरातल अत्यन्तै न्युन छ।

त्यो भनेको के-हो भने- हाम्रो धार्मिक,सांस्कृतिक जुन चिन्तन छ,त्यो विकास विरोधी छ। जुन धर्म र संस्कृतिले यो जन्ममा नै समृद्धि र विकास हासिल गर्नुपर्छ भन्दैन,अहिले दु:ख गर र अर्को जन्ममा पाउँछस् भन्छ,त्यो संस्कृतिले विकास गर्दैन।’

जातपातमा आधारित हिन्दु व्यवस्थालाई बदल्न पर्ने भट्टराईको भनाई छ।‘यहि जुनीमा नै हामीले समृद्धि हासिल गर्ने हो।मरेर गएपछि केहि पाईदैन,त्यसैले हाम्रो संस्कृति बदलौं’,भट्टराईले भने।

उदारबाद,पुँजीवाद र साम्यवादको बहसको युग पुरानो भईसक्यो,त्यसैले अब बैचारिक पिँजडाभित्र नअड्किन् आग्रह गर्दै भट्टराई भन्छन् -‘पुँजीवाद र साम्यवादको पिँजडाभित्र बसेर विकास हुँदैन।

सम्पादक : सुपादेउराली डटकमबाट साभार गरिएको ।

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *