हार्नै नजान्ने गौरवशाली वीर गोर्खाली सेनाको देशमा अर्को पल्ट आउदा एक्लै आउ मोदी !

आज बिम्स्टेकका बारेमा भन्नु पर्ने दिन हो । ७ राष्ट्रका विशिष्ट व्यक्तिहरुको दुर्लभ जमघट बिम्स्टेकलाई केलाई हाल्नु पर्ने खासै केहि पनि देखिएन ।

जसले जति मिलाएर, बनाएर, घुमाएर, कन्फ्युज गराएर जे भने पनि लामो इतिहास बोकेको सार्कलाई छाँयामा पार्ने राजनीतिक प्लेटफर्मका रुपमा पनि बिम्स्टेकलाइ लिन सकिने कयौ आधार प्रष्ट छन् ।

१४ वटा मुख्य उदेश्य रुपी देखाउने दाँत भएको बिम्स्टेकमा व्यापार प्रविधि, कृषी, यातायात, सञ्चार, पुर्वाधार, पर्यटन, माछा पालन, मानव संसाधन आदी क्षेत्रमा सहकार्य गर्ने भनिएको छ । हालसम्म बडापत्र समेत नबेनेको बिम्स्टेक बारे धेरैले सञ्चार माध्यम मार्फत भर्खरै केही बुझ्न खोजेको मात्र पाइन्छ ।

दक्षिण एसियाली सहयोग संगठन सार्कको उदेश्यहरु हेर्ने हो भने पनि भयङ्कर नै छ । तर कार्यान्वयनको हालत सबै सामु प्रष्ट छ । त्यसैले यो बिम्स्टेकबारे धेरै बोल्यो भने हेर्ने दर्शकहरुलाई सुपर बोर हुन्छ ।

बरु यतिका देशका राष्ट्र प्रमुख एकै ठाँउमा भेला भएको बेला हामी भन्दा समृद्ध र समृद्धितर्फ उन्मुख राष्ट्रका राष्ट्रध्यक्ष, सरकार प्रमुख, प्रवृद्ध डेलिगेट्सबाट केही सल्लाह र सुझाव लिनमा समय खर्च गर्दा राम्रो होला ।

यो समयको भरपुर सदुपयोग गरौ न । जस्तो नेपाल भारत बिचको १९५० को असमान सन्धीलाई पुनरावोलनक गर्न दुवै देशका ज्ञाताहरु सम्मिलित प्र्रवृद्ध समुह इपीजी बनेको थियो र त्यसले एउटा प्रतिवेदन तयार पारेको थियो गत असारमै ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको व्यस्तताले गर्दा उतm इपिजी को प्रतिवेदन बुझाउनै पाइएको छैन ।

आज भारतीय प्रधानमन्त्री मोदी यहि नेपालमै छन् । भारतको लागि बिम्स्टेक जरुरी होला तर हाम्रा लागि बिम्स्टेक भन्दा जरुरी छ, १९५० को असमान सन्धीको पुनरावोलन ।

इपिजिी प्रतिवेदन मोदीजीलाई बुझाइ दिउन । अर्को कुरा नेपालीहरु रहेको गोर्खा रेजीमेन्टले फ्रन्टलाइनमा बसेर भारतीय सीमाको सुरक्षा गर्न सक्ने तर नेपालकै सेना प्रति चाही भारतको अविश्वास किन ?

अर्काे कुनै देशको सरकार प्रमुखलाई सुरक्षा दिन त्यस देशका सेनाका बटालिएन उत्रनु नपर्ने तर भारतका त्यती धेरै कमाण्डोहरु चाही हाम्र्रो भुमीमा किन छ्यापछय्प्ती नी ? ट्रम्प र किमको ऐतिहासिक सिंगापुर वार्ताको सुरक्षा गर्न सक्ने गोर्खाली सेनाले नरेन्द्र मोदीको सुरक्षा गर्न सक्दैनन् ?

नेक्स्ट भिजिटमा एक्लै आउनुहोला मोदी ज्यु । यो वीर बहादुर र हार्नै नजान्ने गौरवशाली ईतिहास बोकेको गोर्खाली सेनाको देश हो । कोई सक ? थप कुरा पनि छ, विमस्टेक सम्मेलन लगत्तै भारतको पुनेमा सातै बिम्स्टेक सदस्य राष्ट्रहरुले संयुक्त सैन्य अभ्यास गर्दैैछन् ।

यसको अर्थ यी राष्ट्रहरुको संगठनबाट संयुक्त सैन्य गठबन्धन बनाउने योजना तय भएको छ । भारतमा हुने सैन्य अभ्यास र संयुक्त सैन्य गठबन्धनलाई लिएर हाम्रो अर्को छिमेकी चिनले यो कदमको समर्थन गर्ला ?

अर्को मित्र राष्ट्र पाकिस्तानले समर्थन गर्ला ? हाम्र्रो जस्तो देश जसको कसैसँग दुश्मनी छैन, त्यस्तो देशले त आपसी समन्वय बनाउन यो भुमिका खेल्नु पर्छ । पाकिस्तानले अझैसम्म सार्क सम्मेलान आयोजन गर्न सकेको छैन । के हामीले सहयोगी भुमिका निभाएर सार्कको अर्को सम्मेलन फेरी यहि नेपालमै गर्न सक्दैनौ ?

हामी सबैका मित्र हौ । प्राय सब देशहरुसँग सबै देशका आआफ्नै नयाँ पुराना, साना ठुला दुश्मनी छन् । हाम्रो कसैसँग केहि छैन । बस हाम्रो स्टे«न्थ नै त्यही हो । स्मरण रहोस्, चार राष्ट्र, बंगलादेश, भुटान, भारत र नेपाल मिलाएर विविआइएन नाम दिएर एउटा उपक्षेत्रीय संगठन बनाउने भारतको योजनालाई भुटानको संसदको दुई तिहाई बहुमतले अस्वीकार गरिदियो । हो ।

स्ट्यान्ड लिने त्यसरी नै हो । हामीले थप हवाई मार्गको रुट पर्मिट माग्दा भारतले हुन्छ भनिरहेको छ तर उसकै सेटलाइट प्रयोग गर्नु पर्ने पनि भनिहेको छ । र हामी भारतकै सेटलाइट प्रयोग गर्नु पर्ने अवस्थालाई लगभग स्वीकार गर्न बाध्य हुँदैछौ ।

केही समय धैर्य गर्न सके हाम्रो आफ्नै सेटलाइट हुने छ । यस्तो कुरामा हामीले अडान लिएको खोइ ? त्यसैले जुन देशको आन्तरिक नीति बलियो हुँदैन त्यस देशको बाह्य नीति बलियो हुनै सक्दैन ।

पाहुनालाई स्वागत गरौ, अतिथि देवो भव, बसु धैव कुटुम्बकम, संसार नै एउटा परिवार हो । हाम्रो आगनमा घरमा आएका पाहुनाको सत्कारमा एक रत्ती पनि कमी नआओस, पाहुनाको सत्कार हाम्र्रो संस्कार हो । भुइसम्मै निहुरिएर स्वागत गर्न सकिन्छ तर शिर झुकाउन कदापी हुँदैन । निहुरिनु र शिर झुकाउनु अलग अलग कुरा हुन ।

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *