सिंहदरवारभित्रै पसेर प्रर्दशन गर्छौँ : काँग्रेस प्रवत्ता शर्मा

काठमाडौं –काँग्रेस प्रवत्ता विश्वप्रकाश शर्माले सिंहदरवारभित्रै पसेर प्रधानमन्त्री कार्यलय अगाडि प्रर्दशनी गर्ने चेतावनी दिएका छन् ।

सुर्खेतमा नेविसंघका कार्यकर्तामाथि भएको प्रहरी धरपकडको विरोधमा उनले आज विज्ञप्ती जारी गर्दै सरकारको रवैया यस्तै रहे सिंहदरवारमा प्रर्दशनी गर्ने चेतावनी दिएका हुन् ।

उनले विज्ञप्तीमा भनेका तल लेखिएका कुरा छन् :

-हिजो मिति २०७५ जेठ ३१ गते सुर्खेतमा भएको घटनाका प्रति कांग्रेसको गम्भीरतापूर्वक ध्यानाकृष्ट भएको छ ।

-निरन्तर भएको मूल्यवृद्धिका विरुद्ध विद्यार्थीहरुले गरेको प्रदर्शन पश्चात नेपाली कांग्रेस सुर्खेतकै जिल्ला पार्टी कार्यालयमा समेत प्रहरीले प्रवेश गरी आक्रमण र धरपकड गर्नु सामान्य विषय होइन ।

-सडक पनि लोकतन्त्रमा फरक मत प्रस्तुत गर्ने अभिन्न अंग हो । पञ्चायतकालमा समेत नेपाली कांग्रेसको कार्यालयभित्रै पसेर प्रहरीले आक्रमण गर्ने घटना भएका थिएनन् ।

– तर कम्युनिष्ट सरकारको पालामा यस्तो घटना हुनुले सरकारको लोकतन्त्रप्रतिको विश्वासमा प्रश्न उठेको छ ।

-यस्तै रवैया रहे विद्यार्थीहरुले सडकमा मात्र होइन सिंहदरवारभित्रै प्रवेश गरेर प्रधानमन्त्रीकै कार्यालय अघिल्तिर प्रर्दशन गर्ने चेतावनी दिन चाहन्छु ।

तपाइको प्रतिकृया शेयर गर्नुहोला

Add Comment