संसदमा प्रधानमन्त्री ओलीको राजिनामा मागियो (भिडियोसहित)

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्।

गृह मन्त्रालयले लेनिन विष्टलाई विदेश जान रोकेको विषयमा सिंहले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन्। तर, उनले विष्टको नाम भने लिएनन्।

‘राहदानी बाहकलाई रोकटोक नगरी जान दिन अनुरोध गर्दछ। साथै, मद्दत गरिदिन परराष्ट्र मन्त्रालय अनुरोध गर्दछ लेखिएको छ’, सिंहले भने, ‘एउटा मन्त्रालयले बेरोकटोक जान दिनुपर्छ भन्छ। गृहले रोक्छ कारण देखाउँछ – सरकारी अनुमति नभएको। के हरेक व्यक्तिले अनुमति लिनुपर्छ।’

सिंहले सरकार निरंकुशतातर्फ अगाडि बढेको बताए।

‘सरकारले संविधान उल्लंघन गर्छ भने म यही रोष्टमबाट प्रधानमन्त्रीको राजीनामा माग्छु’, सिंहले भने, ‘हामीले राजा बनाएको होइन। प्रधानमन्त्री बनाएका छौं। मन्त्री बनाएका छौं।’

उनले बर्दियामा प्रहरी नियन्त्रणमा रहेका राममनोहर यादवले मृत्यु भएको विषयमा न्यायिक छानबिन समिति गठनको माग गरे।

‘मन्त्रीलाई कालो झण्डा देखाउँदा सरकार कस्टडीमा लिन्छ। कस्टडी भनेको जिम्मेवारी हो’, सिंहले भने, ‘जिम्मा लिएर हत्या गरेपछि। प्रहरीलाई कारबाही भएन। तुरुन्त न्यायिक छानबिन समिति गठन गरोस्।’

उनले मधेसी समुदायको मान्छे मारिएका कारण संसद मौन बसेको समेत आरोप लगाए।

बिदेश उपचार गर्न जाने नेताको लर्को रोक्न जनस्वास्थ्य विधेयकमा गगन थापाले हाले यस्तो संशोधन

जनस्वास्थ्य विधेयकमा गगन थापाले हाले यस्तो संशोधन, के अब रोकिएला विदेश उपचार गर्न जाने नेताको लर्को ?

काठमाडौं– सरकारले संसदमा दर्ता गराएको जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदको शिक्षा तथा स्वास्थ्य समितिमा छलफलका क्रममा छ।

उक्त विधेयकमा नेपाली कांग्रेसका सांसद गगन थापाले वर्तमान तथा पूर्व विशिष्ट व्यक्तिहरुको उपचार स्वदेशकै अस्पतालमा नै गर्नका लागि आवश्यक व्यवस्था गर्ने संशोधन प्रस्ताव दर्ता गराएका छन्।

सांसद थापाले वर्तमान तथा पूर्व विशिष्टलाई सरकारी कोषबाट विदेशमा उपचार गर्न नपाउने दफा नै थप गर्न संशोधन प्रस्ताव दर्ता गराएका हुन्।

यस्तो छ गगन थापाले हालेको संशोधन प्रस्ताब

विधेयकको दफा ९ पछि दफा १० थप गर्दै ‘सरकारी कोषबाट विदेशमा उपचार गर्न नपाउने’ व्यवस्थामा दुई वटा उपदफा थप गर्न सांसद थापाले संशोधन हालेका छन्।

यस्तै, नेकपाका सांसद खगराज अधिकारीले पनि विदेशमा उपचार गर्ने व्यवस्थामा संशोधन दर्ता गराएका छन्।

सांसद अधिकारीले भिआइपीको उपचार स्वदेशमा नै गर्ने तर नेपालमा उपचार सम्भव नभए मात्र उपचारका लागि विदेश लैजान मिल्ने व्यवस्था राख्न संशोधन दर्ता गराएका छन्।सांसद अधिकारीले विधेयकको दफा २८ पछि दफा २९ थप गर्दै उक्त व्यवस्था राख्न संशोधन हालेका हुन्।

यस्तो छ खगराज अधिकारीले हालेको संशोधन प्रस्ताब

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *