वल्ड ११ मा सन्दिपलाई १ ओभर मात्र खेलाएपछि भारतियहरुले अफ्रिदीको चर्को बिरोध गरे, स्वार्थी भन्दै यस्तो भिडियो बाहिरियो

A key objective when the Indian Premier League (IPL) was launched in 2008 was to unearth talent in the teams’ catchment areas, and help it grow in the environment of international stars.

That rule was flouted by franchises from the start as domestic talent came to the fore more by chance. But the world’s biggest T20 league is tapping into another catchment area.

 

याे पनि
चर्चित हाँस्यकलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल ‘धुर्मुस’ अहिले वीर अस्पतालको सरसफाइ अभियानमा लागिपरेका छन् । नेपालकै जेठो अस्पताल वीर अस्पतालको रङ-रोगनसहित सरसफाइ अभियानमा लागेका धुर्मुस अप्ठयारोमा परेको बताउछन् ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले सरकारी स्वास्थ्य संस्थालाई पूर्ण सरसफाइयुक्त बनाउन थालेको एकमहिने सरसफाइ अभियानमा धुर्मुस-सुन्तली फाउन्डेसनले वीर अस्पतालको सरसफाइको काम धमाधम गरिरहेको छ । उक्त अभियान नेपालको जेठो अस्पताल वीर अस्पतालबाटै सुरु गरिएको थियो । सरसफाइ अभियान दूतका रूपमा हाँस्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ रहेका छन् ।

धुमुर्स अस्पताललाई नमूना रूप दिन रंगरोगन तथा अन्य भौतिक व्यवस्थापन गरिरहेका छन् । धुर्मुस उधारोमा रंग धमाधाम लगाउँदै छन् । धुर्मुसका अनुसार अहिलेसम्म रंगरोगनमा ४८ लाख रुपैयाँ भन्दा बढी खर्च भइसकेको छ । रंगरोगनको काम अझै आधाउधी बाँकी छ । अहिले अस्पतालले रकम निकासी पनि गरिदिएको छैन ।

अस्पतालको सरसफाइको नाजुक अवस्था देखेपछि पर्यटन तथा व्यवसायीहरूको समूहबाट फाउन्डेसनललाई केही सहयोग आयो । तर मन्त्री अर्यालले सहयोग रकम उठाउन नपाउने बताएकी छिन् । गत वैशाख २३ गते स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल आफैले बोलाएर धुर्मुस सुन्तलीलाई वीर अस्पताल सफाइ अभियानमा साथ दिन आग्रह गरेकी थिइन् । तर अहिले अस्पतालको सरसफाइमा धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग गर्दा पनि सहयोग उठाउन नपाउने बताएकी छिन् ।

बिहीबार वीर अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले वीर अस्पतालको सरसफाइका लागि रकम संकलन गर्ने जिम्मा अभियन्तालाई नदिई सरकारले नै लिने बताइन् । मन्त्री अर्यालले अस्पतालको रंगरोगनका लागि बाहिरबाट चन्दा उठाउन नपाइने बताइन् ।

अस्पतालको प्यासेजमा नै सुतेर अनिधो भएर काम गरिरहेको बेला धुर्मुस सुन्तली फाउण्डेसनले लुटि रहेको छ भन्दा चित्ता दुखौनुको साथै आपत्ति पनि धुर्मुस जनाएका छन् । फाउन्डेसनले १४ लाख ६४ हजार ८ सय ३५ रुपियाँ उठाएको बताएका छन् । अहिले उनी रकम निकासाका लागि अस्पताल व्यवस्थापनसँग पहल गरिरहेका छन् । तर अस्पतालले आलटाल गरिरहेको छ । अस्पतालले रंगरोगनको लागि अहिलेसम्म एक पैसा दिएको छैन ।

वीर अस्पताल सरसफाइ अभियानको नाममा धुर्मुस सुन्तली फाउण्डेशनले चन्दा सङ्कन तथा रकम हिनामिना गरेको भन्दै टिका टिप्पणी पनि आएका थिए ।
याे पनि

काठमाडौँः नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं सांसद डा बाबुराम भट्टराईले बजेट निर्माण गर्दा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो देखिएको भनी टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७५/७६ को बजेटमाथिको जारी छलफलमा भाग लिँदै उहाँले झण्डै दुईतिहाइ बहुमतको सरकारले निर्वाचनका बेला घोषणापत्रमा बाँडिएको सपना बजेटसम्म आइपुग्दा मरेको भनी आलोचना गर्नुभयो ।

यो बजेट सामान्य अवस्थामा नआएको भन्दै सांसद डा भट्टराईले नयाँ युगमा नेपाल कसरी अघि बढ्छ भन्ने आधार हो भन्नुभयो । यो बजेट भिन्न परिवेशमा आएको भन्दै उहाँले भन्नुभयो, “मुलुकमा आर्थिक समृद्धिले फड्को मारोस् भन्ने सबैको आकांक्षा छ ।”

अर्थमन्त्री विज्ञ भएकाले सबैले बजेटमा धेरै अपेक्षा गर्नु स्वाभाविक भएको भन्दै उहाँले भन्नुभयो, “बजेटमा कतिपय राम्रा पक्ष पनि छन्, प्रधानमन्त्री रोजगार कार्यक्रम, शैक्षिक प्रमाणपत्रका आधार ऋण प्रदान गर्नेलगायतका केही कार्यक्रम प्रशंनीय छन् ।”

प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ उद्धृत गर्दै सांसद भट्टराईले बजेट दुई पाइलटले हाँकेको जेट प्लेनजस्तो हुुनुपर्ने तर सामान्य गाडी चलेजस्तो आएको भनी टिप्पणी गर्नुभयो ।

बजेटमा दृष्टिकोण र प्राथमिकता निर्धारण गर्न नसक्दा समस्या देखिएको उल्लेख गर्दै उहाँले वर्तमान परिवेशमा हिजोको ढाँचामा बजेट तय गर्नुपर्ने आवश्यकता छैन भन्नुभयो । आठ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्तिका लागि कृषि प्रधान अर्थतन्त्रलाई तीव्र आर्थिक वृद्धि गर्नुपर्ने अहिलेको प्राथमिकता हुनुपर्ने उहाँको धारणा थियो ।

समाजवाद उन्मुख अर्थतन्त्र आगामी यात्रा हुनुपर्ने धारणा व्यक्त गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका सांसद डा भट्टराईले पूर्वी र दक्षिण एशिया तथा भारतको आर्थिक विकासको मोडल नेपालका लागि उपयुक्त हुने धारणा व्यक्त गर्नुभयो ।

विकासमा एक चौथाइमात्र खर्च गरेर दाहोरो अंकको आर्थिक वृद्धिदर हासिल हुन सक्दैन भन्दै उहाँले बजेटमा शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्न खोजिएजस्तो देखिएको र निजी क्षेत्रलाई भने प्रोत्साहन गर्न नसकेको भनी आलोचना गर्नुभयो ।

उहाँले मध्यम र साना उद्योग मुलुकको उत्पादन र आर्थिक विकासका लागि महत्वपूर्ण हुने भन्दै त्यसतर्फ बजेटले पर्याप्त व्यवस्था गर्न नसकेको बताउनुभयो ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आवश्यकताअनुसार बजेट व्यवस्था नभएको भन्दै उहाँले मुलुकको प्राथमिकतामा स्थलमार्ग, जलमार्ग, रेलमार्ग र हवाईमार्ग के हो स्पष्ट निर्धारण गर्नुपर्ने बताउनुभयो । वर्तमान अवस्थामा सडकलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको धारणा थियो ।

सांसद डा भट्टराईले कर्मचारीको मनोबल बढाउन तलब वृद्धि गर्नुपर्ने बताउँदै करको क्षेत्रमा पनि दर होइन दायरा बढाउनुपर्ने सुझाव दिनुभयो । ज्येष्ठ नागरिकका लागि पनि सरकारले निर्वाचनका बेला घोषणापत्रमा प्रतिबद्धता गरेको विषय पनि नआएको भनी आलोचना गर्नुभयो ।

अर्थमन्त्री डा युवराज खतिवडाले यही जेठ १५ गते संघीय संसद्मा आगामी आवको राजश्व र व्ययको वार्षिक विवरण प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिसभामा बजेटमाथिको छलफल बिहीबारबाट शुरु भएको हो ।

याे पनि
कमै खेलाडी त्यस्ता हुन्छन् जसको एकल प्रयासका कारण टोलीले सफलता पाउने गर्दछ। फिफा विश्वकपको इतिहासमा पनि त्यस्ता थुप्रै खेलाडी उदाइसकेका छन्। तीमध्ये पनि कतिपय यस्ता खेलाडी छन् जसको चर्चा फिफा विश्वकपसँग अटुटरूपमा जोडिएको छ। यसै प्रसंगसँग जोडिएका केही सदाबहार खेलाडीको छोटो चर्चा ।

फ्रान्ज बेकेनबाउर

राष्ट्रियता जर्मनी
खेल्ने स्थान मिडफिल्डर
क्लब बार्यन म्यूनिख (१९६४–७७),
न्यूयोर्क कसमस (१९७७–८०), हामबर्ग एसभी (१९८०–८२), न्यूयोर्क कसमस (१९८३)
अन्तर्राष्ट्रिय क्यारियर १०३ खेलमा १४ गोल
विश्वकप सहभागिता सन् १९६६, १९७०, १९७० गरी १८ खेलमा ५ गोल
विश्वकपको उत्कृष्ट क्षण सन् १९७४ विश्वकपमा जर्मन टोलीको कप्तानको भूमिका रहँदा
टोलीमा योगदान विश्वकप विजेता सन् १९७४, उप–विजेता १९६६, तेस्रो स्थान १९७०

डिएगो अर्मान्डो म्याराडोना

राष्ट्रियता अर्जेन्टीना
खेल्ने स्थान आक्रामक मिडफिल्डर
क्लब अर्जेन्टीनोस जुनियर्स (१९७८–८०), बोका जूनियर्स (१९८१–८२), बार्सिलोना (१९८२–८४), नेपोली (१९८४–९१), सेभिल्ला (१९९२–९३), न्युवेल्स ओल्ड बोयज (१९९३–९४), बोका जूनियर्स (१९९५–९८)
अन्तर्राष्ट्रिय क्यारियर ९१ खेलमा ३४ गोल
विश्वकप सहभागिता सन् १९८२, १९८६, १९९०, १९९४ गरी २१ खेलमा ८ गोल गरेका
विश्वकपको उत्कृष्ट क्षण आफ्नो कप्तानीमा सन् १९८६ को विश्वकप उपाधि जित्दा
टोलीमा योगदान विश्वकप विजेता सन् १९८६, उप–विजेता सन् १९९०

रोनाल्डो लुइस नजारियो डे लिमा

राष्ट्रियता ब्राजिल
खेल्ने स्थान स्ट्राइकर
क्लब क्रुजिएरो (१९९३–९४), पिएसभी आइन्डहोभेन (१९९४–१९९६), बार्सिलोना (१९९६–९७),
इन्टर मिलान (१९९७–२००२), रियल मेड्रिड (२००२–०७), एसी मिलान (२००७–०८), कोरिन्थियन्स (२००९–११)
अन्तर्राष्ट्रिय क्यारियर ९८ खेलमा ६२ गोल
विश्वकप सहभागिता १९९४, १९९८, २००२, २००६ गरी १९ खेलमा १५ गोल गरेका
विश्वकपको उत्कृष्ट क्षण सन् २००२ विश्वकपको फाइनलमा निर्णायक २ गोल गर्दा
टोलीमा योगदान विश्वकप विजेता सन् १९९४ तथा २००२, उप–विजेता १९९८

जिनेदिन यजीद जिदान

राष्ट्रियता फ्रान्स
खेल्ने स्थान आक्रामक मिडफिल्डर
क्लब कान्नेस (१९८८–९२), बौर्डीओक्स (१९९२–९६), युभेन्टस (१९९६–०१), रियल मेड्रिड (२००१–०६)
अन्तर्राष्ट्रिय क्यारियर १०८ खेलमा ३१ गोल
विश्वकप सहभागिता १९९८, २००२, २००६ गरी १२ खेलमा ५ गोल गरेका
विश्वकपको उत्कृष्ट क्षण सन् १९९८ को विश्वकप फाइनलमा २ गोल गर्दा
टोलीमा योगदान विश्वकप विजेता सन् १९९८ तथा उप–विजेता सन् २००६

एड्सन अरान्टेस डो नासीमेन्टो (पेले)

राष्ट्रियता ब्राजिल
खेल्ने स्थान स्ट्राइकर र आक्रामक मिडफिल्डर
क्लब सान्तोस (१९५६–७४),
न्यूयोर्क कसमस (१९७५–७७)
अन्तर्राष्ट्रिय क्यारियर ९२ खेलमा ७७ गोल
विश्वकप सहभागिता १९५८, १९६२, १९६६, १९७० मा गरी १४ खेलमा १२ गोल गरेको
विश्वकपको उत्कृष्ट क्षण सन् १९७० ब्राजिललाई तेस्रोपटक विश्वकप उपाधि दिलाउँदा
टोलीमा योगदान विश्वकप विजेता १९५८, १९६२, १९७४

याे समाचार अाजकाे नेपाल समाचारपत्रबाट लिर्इएकाे छ ।

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *