यो नै यस्तो प्रष्ट प्रमाण हो कि निर्मलामाथिको अपराध अन्तै कतै भएको र शव अन्तै मिल्काइयो ? (भिडियो)

निर्मला पन्त बलात्कार र हत्या प्रकरण : रातभरी पानी पर्दा किन भिजेनन् यि किताब ? प्रहरी कहाँ–कहाँ चुक्यो ?

– निर्मला हराएकै दिन आमा दुर्गादेवीले चारवटा वडा प्रहरी कार्यालय गुहार्दा पनि जिल्ला हाकिमको आदेश भन्दै प्रहरी किन निर्मला हराएको बबिताको घरमा गएन ?
– भोलिपल्ट पनि किन दुर्गादेवीलाई बबिताको घर पस्न दिइएन र छानबिन गर्न गएका भनिएका सादा पोसाकका प्रहरी ग्यालरी घुमेर फर्के ? कोठाभित्र किन पसेनन् ?

– बबिताको घरबाट हराएकी थिइन् निर्मला, तर किन त्यो घर कहिल्यै प्रहरी अनुसन्धानको घेरामा परेन ?
– शव भेटिएको स्थानमा अम्बा पनि भेटिएको थियो । तर, बम परिवारले आफ्नो घर परिसरमा भएको अम्बाको बोट किन काटे ? र, त्यही दिनबाट सईको नेतृत्वमा १२ जना प्रहरीको प्रहरा बम परिवारलाई किन दिइयो ?

– निर्मला हराएको दिनभर र राति पनि पानी परिरहेको थियो । तर, भोलिपल्ट निर्मला भिजेको अवस्थामा र उनका किताब सडकछेउ किन सुक्खा अवस्थामा भेटिए ?
– तत्कालीन एसपी डिल्लीराज बबिता बमबारे किन कुरै सुन्न चाहँदैनथे ? किन उनले निर्मलाका परिवारलाई घरी सामूहिक बलात्कार हो र घरी एकल हो भनेर ढाँटिरहे ?

यो नै यस्तो प्रमाण हो, जसले स्पष्ट संकेत गर्छ कि निर्मलामाथिको अपराध अन्तै कतै भएको थियो र राति उनको शव ल्याएर यहाँ मिल्काइयो !!

यसै बीच निर्मला पन्त हत्याविरुद्ध अछाममा दबाब मूलक र्‍याली निकालिएको छ । घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कडा कारबाहीको माग गर्दै सदरमुकाम मंगलसेनमा र्‍याली निकालिएको हो ।

अन्तरपार्टी महिला संजाल र महिला मावनअधिकार रक्षक संजालको अगुवाइमा प्रदर्शन गरिएको र्‍यालीमा सहभागी सरोकारवालाहरुले घटनाका मुख्य दोषीलाई बचाउन खोजिए थप संघर्ष गर्ने चेतावनी दिएका छन् । ‘अब त अतिभयो, ’अन्तरपार्टीका जिल्ला अध्यक्ष विन्दु रावलले भनिन्,‘पीडितलाई झन् पीडा दिने काम भइरहेको छ ।

यो आपत्तिजनक काम हो ।’ कानुनलाई समेत चुनौति दिने गरि भइरहेको घटना बारेको छानविनले राज्यप्रति नागरिकको विश्वास गुम्ने खतरा देखिएको जिल्ला बार इकाईका अध्यक्ष कृष्णप्रसाद ढुंगानाले बताए ।

‘यस्ता गम्भीर बिषयलाई सामान्य रुपमा लिन मिल्दैन,’उनले भने,‘घटना ढाकछोप गर्न अनेक हत्कण्डा भइरहेको छ । यदि सत्य कुरा बाहिर नआए सहेर बस्न सकिने छैन ।’ छोरीहरु जोगाउनै मुस्किल भइरहेकाले यसबारे सरकार गम्भीर हुनुपर्ने उनले बताए ।

र्‍यालीपछिको कोणसभामा बोल्ने अधिकांस सरोकारवालाहरुले निर्मला हत्या बारे गहिरो ढंगले अनुसन्धान गरेर वास्तविक दोषीलाई कडा कारबाहीको माग गरेका थिए ।

सदरमुकाम मंगलसैनको खुला मञ्चबाट सुरु भएको र्‍यालीबीच बजार, क्याम्पस रोड, पिपल चौतारा हुँदै सालिक चोकमा पुगेर सभामा परिणत भएको थियो । र्‍यालीमा अगुवा महिला, मानवअधिकारकर्मी र पत्रकारहरुको उपस्थीति रहेको थियो ।

नया पतृका बाट

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *