यी हुन् गुम्बाभित्रै आनीलाई बलात्कार गर्ने रामबहादुर बम्जन, ललितपुरमा पर्दाफास

ललितपुर – बारा जिल्लाको जंगलमा तपस्या बसेर विवाद र चर्चामा आएका कथित तपसी रामबहादुर बम्जनले एक युवतीलाई दुई वर्षसम्म लगातार बलात्कार गरेको रहस्य बाहिर आएको छ ।

शनिबार ललितपुरमा पत्रकार सम्मेलन गरेर एकजना १८ वर्षीया युवतीले रामबहादुर बम्जनले आफूलाई बलात्कार गरेको आरोप लगाएकी हुन् ।

बम्जनको गुम्बामा आनी रहेकी ती युवतीलाई बलात्कार गरेको रहस्य खुलेको हो । बम्जनको गुम्बामा उनी आनी बन्न गएकी थिइन । ती युवतीले २ वर्ष पहिले आफूलाई बम्जनले बलात्कार गरेको बताइन् ।
बलात्कार भए लगत्तै आफूले प्रहरीलाई उजुरी गर्छु भन्दा बम्जनकी श्रीमतीले धम्काएको बताएकी छिन् । बलात्कारको विषयमा पीडा लुकाउनु हुँदैन भन्ने आवाज उठेपछि आफू महिलाअधिकारकर्मीमार्फत न्याय खोज्न घटना पत्रकार सम्मेलन गरेर बाहिर ल्याएको उनले बताइन् ।

Add Comment