यसकारन मेलम्चीको पानी काठमाडौँ लैजान नदिने कानुनमन्त्री शेरबहादुर तामाङ र स्थानीयको चेतावनी……

सिन्धुपाल्चोक- बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ औपचारिक रुपमा बिहीबार उद्घाटन भए पनि कानुनमन्त्री शेरबहादुर तामाङ तथा स्थानीयबासीले सिन्धुपाल्चोकबासीलाई बेवास्ता नगर्न चेतावनी दिएका छन्।

स्थानीयबासीले आफ्ना माग सम्बोधन नभए मेलम्चीको पानी काठमाडौँ लैजान नदिने चेतावनीसमेत दिएका छन्।
कानुनमन्त्री तथा सिन्धुपाल्चोकका सांसद शेरबहादुर तामाङले मेलम्ची, याङग्री र लार्केको पानी दिन सिन्धुपाल्चोक तयार रहेको बताए। उनले भने, ‘स्थानीयले मेलम्ची, याङग्री र लार्केको पानी दिन तयार छ। तर बेवास्ता नगर।’

उनले सिन्धुपाल्चोकको स्रोतले काठमाडौं समृद्ध बन्‍ने भए सिन्धुपाल्चोकबासीलाई माग्ने नबनाउन आग्रह गरे। उनले भने, ‘आयोजना सकिन लाग्दा सिन्धुपाल्चोक बासी भने चिन्तित बन्दै गएको यहाँको खानेपानीको समस्या हल होस्।’

यस्तै स्थानीय सरोकार समितिका अध्यक्ष उपेन्द्र तामाङले स्थानीयका माग सम्बोधन नगरे पानी लैजान नदिने चेतावनी दिएका छन्। स्थानीयवासीले लेबी पाउनु पर्ने माग गर्दै उनले भने, ‘स्थानीयलाई बेवास्ता गर्‍यो। अधिकार सुनिश्चित नगरे अवरोध गर्छौ। दुबैतिरबाट टनेल थुन्छौं। ढुक्क भए हुन्छ, यो पाराले पाँच वर्ष पानी जाँदैन काठमाडौं।’

खानेपानी मन्त्री बिना मगरले मेलम्ची बन्दै गर्दा काठमाडौंमा उमंग थपिंदै गएको तर स्थानीयलाई पीडा भएको स्वीकार गर्दै आयोजना कडा मेहनतले बनेको भन्दै अब जसरी पनि बन्ने र सरकारले स्थानीयको माग पनि सुन्ने बताइन्। ‘कानुन अनुसार सम्बोधन गर्छौं, स्थानीयलाई पीडित बनाएर काठमाडौं पानी लाँदैनौं, निराश नहुनुस् ।

सुन्दरीजलमा पानि खस्ने सुनिश्चित भयो अब काठमाडौंमा बाँड्न पनि सहयोग आवश्यक छ। कुनैपनि हालतमा काम नरोक्न र आयोजनालाई अब ढिलो गर्न छुट छैन,’ उनले भनिन्।
उनले स्थानीयकै सहयोगले आयोजना सकिन लागेको भन्दै स्वच्छ पानी पिउने अवसर काठमाडौंलाई दिएकोमा धन्यवाद दिँँदै स्थानीयका माग तत्काल सम्वोधन गर्ने बताइन्। ‘काठमाडौंलाई मेलम्चीको व्यग्र प्रतीक्षामा छ, नरोकिदिनुस्,’ खानेपानी मन्त्री मगरले भनिन्।
आयोजना प्रमुख रामचन्द्र देवकोटाले दशैँअघि नै राजधानीबासीलाई यहाँको पानी पुर्‍याउन टनेलको भुईँ ढलान, फिनिसिङ, वैकल्पिक पाइपलाइनजस्ता काम बाँकी रहेको र ती काम पनि समयमै सक्ने बताएका छन्।

उनले भने, ‘दशैँअघि पानी पुर्‍याउन टनेलको भुईँ ढलान, फिनिसिङ, बैकल्पिक पाइपलाइन जस्ता काम बाँकी नै छन् र समयमै सक्‍ने योजनामा छौँ।’

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *