यदि आन्दोलनकारि काङ्ग्रेस भए बलत्कारी जति कम्युनिस्ट होला नि नेताज्यु ?

कञ्चनपुरमा कांग्रेसले हिंसा भड्कायो : भीम रावल

काठमाडौं, ८ भदौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना र त्यसपछि भएको प्रदर्शनमा नेपाली कांग्रेसले राजनीतिक रंग दिएको आरोप लगाएको छ ।

नेकपाका नेता भीम रावलले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले घटनाको अनुसन्धानमा सहयोग नगरेको आरोप लगाए । नेपाली रेडियो नेटवर्कमा शुक्रबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै रावलले कांग्रेस निकटका नेता तथा कार्यकर्ताले हिंसा भड्काएको आरोप लगाए ।

‘निर्मला पन्त घटनामा कांग्रेसले कञ्चनपुरमा राजनीति गरेको छ । अनुसन्धानमा अबरोध गरेको छ’, उनले भने, ‘छानविनमा सहयोग गर्नुभन्दा पनि कांग्रेसले निर्मला पन्त घटनामा राजनीतिक रंग दिएको छ ।’ नेता रावलले केही तत्वले गलत सूचनाहरू सम्प्रेषण गरेर आफू अनुकुलको काम गरिरहेको बताए ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरी प्रशासनले अनुसन्धान गरिरहेको भन्दै नेकपाका नेता रावलले प्रदर्शन र हिंसा नभड्काउन आग्रह गरे । ‘कांग्रेसका केही नेताहरू अराजकतामा लागेका छन्’, उनले भने, ‘प्रहरी प्रशासनलाई सहयोग गर्नुपर्छ । प्रदर्शन गर्नु हुँदैन ।’

निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि एक महिना हुँदासम्म समेत दोषी पत्ता लगाउन नसकेको भन्दै कञ्चनपुरमा भएको प्रदर्शनका क्रममा झडप भएको थियो ।

स्थानीयको प्रदर्शनमा प्रहरीले बिहीबार हस्तक्षेप समेत गरेको थियो । झडपमा दुईजनाको अवस्था गम्भीर छ भने केही घाइतेहरूको अवस्था सामान्य रहेको छ ।

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *