‘म बन्छु जिम्मेवारः कर्तव्यसँगै अधिकार’ शताब्दी पुरुषसङ्ग एउटा नया अभियान आज बाट

काठमाडौं, बैशाख १ ।

नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले ‘म बन्छु जिम्मेवारः कर्तव्यसँगै अधिकार’ भन्दै आफ्नो निर्वाचन क्षेत्रमा अभियान सुरु गरेका छन् ।

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले नयाँ वर्षको अवसर पारेर शताब्दी पुरुष मोहन सत्यमोहन जोशीले प्रारम्भ गराएका हुन् । संस्कृतिविद् जोशीले यस्तो अभियान देशैभरीबाट सुरु गर्न आवश्यक रहेको भन्दै अधिकारको मात्र खोजी गर्नुको साटो कर्तव्यमा पनि जोड दिने अभियान चलाउनुपर्ने बताए । ‘हाम्रा नेताहरुको घैटौंमा घाम लागोस्,’ उनले भने, ‘हामी आफ्नैमा नलागेको भए पनि लागोस् ।’

नेपालीले कर्तव्य विर्सिएर अधिकार मागिरहेको भन्दै कार्यक्रममा सांसद थापाले यो वर्षलाई कर्तव्यको वर्ष बनाउन सांसद गगन थापाले सबैलाई आग्रह गरे ।

Add Comment