मूल्य वृद्धिका विरुद्ध नेविसंघले कम्युनिस्ट सरकारलाई झुकाउने, अब हुनेछ फैसला

काठमाडौं – नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले बढाएको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता गर्न सरकारलाई आग्रह गरेका छन् । मूल्य तत्काल फिर्ता नगरिने कडा आन्दोलनमा उत्रिने उनको चेतावनी छ ।

‘पेट्रोलियम पदार्थको मूल्य बढायर वली सरकारले फेरी जनताको ढाड सेक्ने काम गरेको छ’, उनले भने, ‘कर बृद्धि गरेर जनताको ढाड सेक्ने काम गरिरहेको वर्तमान बाम सरकारले १५ दिनकै अन्तरालमा फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गर्नु आपत्तिजनक छ ।’ देशमा अपराध, दण्डहिनता, भ्रष्टाचार मौलाइरहेको प्रति चिन्त व्यक्त गर्दै महरले सरकारलाई त्यस तर्फ गम्भिर हुन उनको आग्रह छ ।

जनताको ज्यूधनको सुरक्षा गर्न नसकिरहेको सरकारले जताबाट पनि जनतालाई पीडा दिने काम मात्र गरिरहेको उनको आरोप छ । सरकारको यस्तो कदम कदापी सुइकार्य नहुने उनको चेतावनी छ ।

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *