मलाई आशले पुग्दैन अब विश्वास गर्नुस्,कांग्रेसको साख फर्काउनेछु : शशांक कोइराला

सर्लाही : नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले आफुलाई आशाले मात्र नपुग्ने भन्दै अब विश्वास गर्न आग्रह गरेका छन् ।

अब पार्टी नेतृत्व लिनुपर्ने भन्दै अघिल्ला वक्ताहरुले कोइरालासँग आश गरेको बताएका थिए ।

सर्लाहीमा मंगलबार आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले जवाफमा आफुसँग आश मात्र होइन विश्वास गर्न आग्रह गरेका हुन् ।

‘मलाई आशले मात्र पुग्दैन अब विश्वास गर्नुस् । तपाईंहरुलाई विश्वासलाई पुरा गर्नेछु,’ महामन्त्री कोइरालाले भने, ‘मधेसमा तपाईंहरुको विश्वास जित्न आएको छु । साथ दिनुस् कांग्रेसको साख फर्काउनेछु ।’

उनले कम्युनिष्टहरु सपनाको र कांग्रेस सत्यको बाटोमा हिँडिरहेको भन्दै जित सँधै सत्यकै हुने बताए ।

उनले पार्टीको १४औं महाधिवेशन सबैभन्दा महत्वपुर्ण हुने भन्दै कांग्रेसमा अब गुटउपगुट अन्त्य हुने भन्दै त्यता नलाग्न आग्रह गरे ।

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *