बरु मर्न तयार तर अनशन तोडदिन, सलाम छ डा.केसी ज्यु लाई !

डा. गोबिन्द केसिलाइ शान्तिपुर्ण अनशन बस्न पनि नदिने केपि ओलि सरकार निकै लाजमर्दो रहेछ। तर डा. केसिले आफू बरु मर्न तयार भएको तर अनसन नटोड्ने बताएका छन। येसैबिच आज गगन थापा ज्युले भन्नुभएको छ:

ओलिको दलाल अनि पुजिपती समाजमा स्वागत छ – गगन थापा

दलाल पूँजिपतिको मात्रै मेडिकल कलेज खुलोस् भन्ने ओलीको समाजवादलाई स्वागत छ: गगनकोआक्रोश

सरकारले काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न पाउने गरी अध्यादेश प्रतिस्थापन विधेयक ल्याएपछि सदनमा बोल्दै नेपाली कांग्रेसका सांसद एवम् पूर्वस्वास्थ्य मन्त्री गगनकुमार थापाले चिकित्सा शिक्षा विधेयकबारे शून्य समयमा बोल्दै आक्रोश पोखेका छन्।

सरकारले संसदमा पेश गरेको चिकित्सा शिक्षा विधेयकमा राखिएको प्रावधानप्रति गम्भीर आपत्ति व्यक्त गर्दै थापाले प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा बोल्दै एक मिनेटभित्र सरकार र त्यसको नेतृत्वविरुद्ध उसले ल्याएको विधेयक र त्यसको विरोधमा उत्रिएका डाक्टर गोविन्द केसीविरुद्ध अपनाएको व्यवहारप्रति चोटिलो प्रहार गरे।

हेर्नुहोस् आजको शून्य समयमा सांसद गगन कुमार थापा बोलेको जस्ताको तस्तै

मेडिकल कलेज नभएको ठाउँमा सरकारले मेडिकल कलेज खोलोस्। जनताका छोराछोरीले निःशुल्क चिकित्सक बन्न पाऊन्। वा सस्तोमा पढ्न पाउन्। गाउँ गाउँमा स्वास्थ्य सेवा पुर्‍याइयोस् भनेर माग राख्ने डा गोविन्द केसीलाई शान्तिपूर्ण प्रदर्शन गर्न पनि नदिने।

दुई वटा कम्युनिष्ट पार्टीहरू एक भएको उपलक्ष्यमा दुई वटा कम्युनिष्ट पार्टीका महान अध्यक्षलाई आफ्नो घरमा बोलाएर चरेशको थालमा मार्सी धानको भात खुवाउने, कम्युनिष्ट परिभाषा अनुसारको दलाल पूँजिपतिको मेडिकल कलेज जसरी भए पनि खुलोस् भन्ने उद्धेश्यको साथ सदनका चिकित्सा शिक्षा विधेयक ल्याउने। सम्माननीय प्रधानमन्त्रीको यो समाजवादलाई नेपालमा हार्दिक स्वागत छ।

सरकारले काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न पाउने गरी अध्यादेश प्रतिस्थापन विधेयक ल्याएपछि सदनमा बोल्दै नेपाली कांग्रेसका सांसद एवम् पूर्वस्वास्थ्य मन्त्री गगनकुमार थापाले चिकित्सा शिक्षा विधेयकबारे शून्य समयमा बोल्दै आक्रोश पोखेका छन्।

सरकारले संसदमा पेश गरेको चिकित्सा शिक्षा विधेयकमा राखिएको प्रावधानप्रति गम्भीर आपत्ति व्यक्त गर्दै थापाले प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा बोल्दै एक मिनेटभित्र सरकार र त्यसको नेतृत्वविरुद्ध उसले ल्याएको विधेयक र त्यसको विरोधमा उत्रिएका डाक्टर गोविन्द केसीविरुद्ध अपनाएको व्यवहारप्रति चोटिलो प्रहार गरे।

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *