फेरी बढ्यो पेट्रोल डिजेलको भाउ , हेर्नुहोस कति पुग्यो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेसँगै निगमले मूल्य समायोजन गरेको हो। निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार नयाँ मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ।

बुधबार निगमले प्रतिलिटर पेट्रोलमा दुई रुपैयाँ, डिजेल र मट्टितेलमा ३-३ रुपैयाँ बढाएको हो। नयाँ मूल्य अनुसार प्रतिलिटर पेट्रोलको मूल्य एक सय ८ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९०-९० रुपैयाँ पुगेको छ। यसअघि प्रतिलिटर पेट्रोलको मूल्य एक सय ६, डिजेल ८७ र मट्टितेल ८७ रुपैयाँ थियो।

निगमले खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ।

Sumarized from hamro patro

Add Comment