पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस त्रिशुलीमा खस्यो !

पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस त्रिशुलीमा खस्यो !

काठमाडौं। पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस दुर्घटना भएको छ ।

बस त्रिशुली नदीमा खसेको बताइएको छ । चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटार मा सडकबाट बस नदीमा खसेको हो ।

दुर्घटनामा परेको ना ६ ख २५०६ नम्बरको बस नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

बसमा के कति यात्रु थिए र के कति क्षति भयो भन्नेबारे विस्तृत विवरण आएको छैन ।

Add Comment