पैसा हिनामिना गरेको प्रमाणित भए आफु धर्तीमा नरहने – धुर्मुसको जवाफ , शेयर गरि सबैलाइ जानकारी गराउ

धुर्मुस सुन्तली फ़ाउण्डेसन् माथि गम्भीर आरोप लागे पछि आज धुर्मुस ले स्पस्टिकरण दिएका छन्। सरकारले बिर हस्पिटल प्रारम्भिक चरण मा सरसफाइ मात्रै गर्ने हिसाबले चलेको थिए तर सर सफाई र मर्मत सम्भार पनि गर्न पर्ने देखे पछि धुर्मुस सुन्तली फाउन्डेसन ले नमुना अस्पताल बनाउन रङरोगन र मर्मत पनि गर्न आबस्यक अपुग रकम सहयोग मागिएको थियो ।

सोहि अस्पताल को मर्मत गर्न र रंग रोगन गर्न का लागि कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसले चन्दा संकलन गरेको आरोप लागेको थियो। अस्पताल प्रसासन ले अस्पताल आफैले खर्च गर्छ भनि रहदा धुर्मुस ले पैसा उठाएको आरोप लागेको थियो। आज को मिति सम्म १४ लाख दाता बाट उठेको छ भनेर धुर्मुस भने।

निकै भावुक हुदै धुर्मुस सुन्तली ले पारदर्शी रुपमा बिर अस्पतालको काम गर्दा पैसा उठाएर लुट गर्यो भन्ने खबर ले आफुलाई चित्त दुखेको बताएका छन्। घर परिवार पेसा लाइ छोडेर सामाजिक काम लागिरहेको स्थिति मा यस्तो आरोप ले झन् आफुलाई सचेत बनाएको बताए।

आफुले एक पैसा मात्र पनि हिनामिना गरेको प्रमाणित भए यो धर्तीमा आफ्नो अन्तिम दिन हुने बताए । काठमाण्डौको वीर अस्पतालमा आयोजित कार्यक्रममा बोल्दै उनले यदी एक पैसा पनि हिनामिना भएको भए यो धर्तीमा नहरने बताएका हुन् ।

कृपया सबै फेसबुक प्रयोगकर्ताले यो कुरालाइ शेयर गरि सक्दो जनमानसमाझ पुर्याउनुहोला र धुर्मुस सुन्तलीमाथि उठेको गलत बुझाइलाइ हटाउन सहयोग गर्नुहोला।

.……………………………………….

यो पनि पढ्नुहोस

उज्जन श्रेष्ठकी आमा रुँदै भन्छिन् – छोराको गल्ती नभई किन मार्‍यो ? यो सरकारले भन्दिनुपर्छ

काठमाडौं – गणतन्त्र दिवसको अवसरमा पूर्वमाओवादी नेता बालकृष्ण ढुंगेल रिहा भई अबिरमाला लगाएर भाषण गरिरहँदा उज्जन श्रेष्ठकी ८३ वर्षीया रामकुमारी श्रेष्ठ आँसु बगाइरहेकी थिइन्।

आफ्नो छोराको हत्यामा संलग्न दोषीलाई राज्यले कैद माफी दिएर छोडेपछि उनी निकै चिन्तित देखिइन् । राज्यले न्याय खोसेकाले अर्को न्याय माग्ने ठाउँ देखाउन उनले माग गरिन् । ‘मेरा छोराहरुको गल्ती के थियो र मारियो’, उनले भनिन्, ‘न्याय खोज्ने ठाउँ देखाउनुस्, हामी जान्छौं।’

‘राज्यले जे गरे’नि हुने र’छ । सामान लिन बजार ग’को छोरा मारेका थिए । धानको बिटो लाउँदालाउँदै अर्को छोरो मारिएको थियो’, उनले रुँदै थपिन्, ‘सरकार यस्तो छ, कसरी खप्ने !’ २०५५ असार १० मा दुईजना भरियासहित बजारमा सामान लिन जाँदा उनका छोरा उज्जन मारिएका थिए । छोरा मारिएपछि किटानी जाहेरी दिएर न्याय माग्न हिँडेको चार वर्षपछि अर्का छोरा गणेश पनि मारिएका थिए । गणेश घरमा धानको बिटो लगाउँदै गर्दा मारिएका थिए ।

द्वन्द्वकालमा दुई छोरा गुमाएकी रामकुमारीले छोरा मार्नेहरु गाउँघरवरिपरिकै भएको बताइन् । ‘मेरा छोराको गल्ती नभई किन मार्यो ? यो सरकारले भन्दिनुपर्छ’, उनले भनिन् । नागरिकसँगको भेटमा उनी निकैबेर डाँको छोडेर रोइन्।

ढुंगेल जेलबाट मुक्त भएपछि श्रेष्ठको लाजिम्पाटस्थित घर पुग्दा चारजना एकल महिला निन्याउरो अनुहारमा बसिरहेका थिए । राज्यले आफ्नो पतिका हत्यारालाई कैद सजाय माफी दिई पीडा उज्जनकी पत्नी लक्ष्मीमा छर्लंगै देखिन्थ्यो ।

उनले न्यायको अनुभूति गर्न नपाएको गुनासो गरिन् । सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही माओवादी र सेनाले घरमा आएर गरेको दुव्र्यवहार उनले भुलेकी छैनन् । उनले द्वन्द्वको समयमा घर, खेतबारी कब्जा गरिएको सम्झिन् । ‘माओवादी पाल्छस्’ भन्दै तत्कालीन सेनाले घरमा बम पड्काएको, गालामा थप्पड हानेको उनलाई हिजैजस्तो लाग्छ । द्वन्द्वको समयमा दुवै पक्षबाट सताइएकी लक्ष्मीले पति नै गुमाउनुपरेको थियो ।

आफ्ना पतिलाई मार्न संलग्नलाई सजाय माफ हुँदा उनलाई मनमा निकै डर लागेको छ । जेल पर्नुअघि सार्वजनिक रुपमै भाषण गर्दा ढुंगेलले दिएको धम्की बिर्सेकी छैनन् । उनले आफ्नो जीउधनको सुरक्षा दिन सरकारलाई भनिदिन समेत आग्रह गरिन् । ‘भुइँचालोले भत्केको घर बनाउँदैछु । अब कसरी गाउँ जाने, मलाई डर लागेको छ’, लक्ष्मीले भनिन्।

घटना येस्तो थियो

श्रेष्ठ परिवार ओखलढुंगा कोकनीमा कुटानीपिसानी मिलसाथै पसल गरेर बसेको थियो । उज्जन श्रेष्ठ पर्यटन क्षेत्रको काममा संलग्न थिए र दिदी सावित्री श्रेष्ठसँगै काठमाडौं बस्थे ।

असारको समय रोपाइँको बेला थियो । बुबालाई प्यारालाइसिस भएपछि सघाउन उज्जन काठमाडौंबाट घर गएका थिए । २०५५ असार १० मा उनी सामान लिन दुईजना भरियासहित रामेछाप हाटबजार जाँदै थिए । उनको बाटोमै हत्या भएको थियो।

भाइको हत्या खबर थाहा पाएपछि सावित्री घर पुग्दा आमा बेहोस थिइन् । भाइको अत्तोपत्तो थिएन । घटनास्थलमा रगतको टाटा देखिएको खबर पाएकी उनले भाइको आस मार्न सकिनन् । उज्जन हराएको सात दिनपछि प्रहरीले ‘जिउँदो छैन’ भनिदियो, परिवारले काजकिरिया सुरु गरे । त्यसपछि परिवार छिन्नभिन्न बन्यो ।

परिवार ओखलढुंगाबाट रामेछाप विस्थापित भयो । दुईजना भरियाले गाउँकै चिनजानेको व्यक्तिले हत्या गरेको देखेका थिए । हत्यापछि सावित्रीका दाजु गणेशकुमार श्रेष्ठले प्रहरीमा किटानी जाहेरी दिए ।

सावित्री भाइका हत्यारा आँखैअगाडि छाती फुलाएर हिडिरहँदा पीडा आँसुमा बगाउँथिन् । किटानी जाहेरी दिइएका हत्यारा लुकेर बसेको खबर प्रहरीसमक्ष पुर्याउँदा पनि पक्राउ गरिएन । उनले भनिन्, ‘हत्याराहरु बसेको ठेगाना दिँदा समेत प्रहरीले समाउन सकेन ।’ मुद्दा दर्ता गराएपछि गणेशलाई धम्की आउन थाल्यो । धम्की आएपनि दाजुबहिनी उज्जनका हत्यारालाई सजाय दिलाउने अठोटबाट डगमगाएनन्।

२०५९ मंसिरमा गणेश घरको पछाडिपट्टि धानको बिटा बाँध्दै थिए । गणेशकी छोरी रञ्जना सात कक्षा पढ्दै थिइन् । बुबाको साथी भएको बताउँदै अपरिचितले रञ्जनासँग सोध्यो, ‘तिम्रो बुबा खोइ ?’ उनले सत्य कुरा बताइन् । अपरिचित व्यक्तिलाई काम गर्दै गरेका बुबा देखाइदिन गइन् । साथी भनिएको व्यक्तिले छोरीकै अघि बाबुलाई गोली हानी मारिदियो । रञ्जना बेहोस भइन् ।

श्रेष्ठ परिवारमा अर्को बज्रपात भयो । परिवारमा एकपछि अर्को विपत्ति थपिँदै गयो । रञ्जनाले जेनतेन एसएलसी पास गरिन् । बुवालाई आँखैअघि गोली हानिएको दृश्यबाट मर्माहत रञ्जनाले तीन वर्षपछि आत्महत्या गरिन् ।

२०५९ मंसिरमा गणेश घरको पछाडिपट्टि धानको बिटा बाँध्दै थिए । गणेशकी छोरी रञ्जना सात कक्षा पढ्दै थिइन् । बुबाको साथी भएको बताउँदै अपरिचितले रञ्जनासँग सोध्यो, ‘तिम्रो बुबा खोइ ?’ उनले सत्य कुरा बताइन् । अपरिचित व्यक्तिलाई काम गर्दै गरेका बुबा देखाइदिन गइन् ।

साथी भनिएको व्यक्तिले छोरीकै अघि बाबुलाई गोली हानी मारिदियो । रञ्जना बेहोस भइन् । श्रेष्ठ परिवारमा अर्को बज्रपात भयो । परिवारमा एकपछि अर्को विपत्ति थपिँदै गयो । रञ्जनाले जेनतेन एसएलसी पास गरिन् । बुवालाई आँखैअघि गोली हानिएको दृश्यबाट मर्माहत रञ्जनाले तीन वर्षपछि आत्महत्या गरिन् ।

अदालतमा सावित्रीको ११ बर्ष

दाजुसमेत मारिएपछि पनि सावित्रीले हिम्मत हारिनन् । उनी लगातार १९ वर्ष न्याय माग्न जिल्ला अदालतदेखि सर्वोच्चसम्म धाइन् ।बालकृष्ण ढुंगेललाई २०६१ सालमा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनायो ।

जिल्ला अदालतको फैसला तत्कालीन पुनरावेदन अदालत राजविराजले उल्टाइदियो । फेरि सर्वोच्च अदालतमा पुनरावेदन पर्यो । २०६६ सालमा सर्वोच्चले जिल्ला अदालतको फैसला सदर गर्यो।

सर्वाेच्चले गत कात्तिकमा एक साताभित्र ढुंगेललाई पक्राउ गर्न नेपाल प्रहरीका तत्कालीन आइजिपी प्रकाश अर्याललाई आदेश दिएपछि बल्ल उनी पक्राउ परे । ढुंगेललाई कात्तिक १४ मा पक्राउ गरी डिल्लीबजार जेल चलान गरियो । ज्यानमुद्दाका दोषी ढुंगेललाई कारागार नियमावलीमा टेकेर सरकारले बाँकी कैद मिनाहा गरेको छ।

ढुंगेल गणतन्त्र दिवसको अवसरमा जेलमुक्त भइसकेका छन् । सर्वोच्चको संवैधानिक इजलासले २०७२ पुस २३ गते संविधानको धारा २७६ अनुसार राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुनबमोजिम माफी, मुल्तबी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था भए पनि ढुंगेलको हकमा अब कुनै पनि सजाय मिनाहा गर्न नमिल्ने फैसला गरेको थियो ।

– नागरिकन्युजबाट लिइएको यो खबर भाषा शर्माले लेखेकी हुन्।

प्रकाशित मिति : २०७५ जेठ १६,बुधबार

Add Comment