पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। पछिल्लो चार महिनामा पेट्रोलियम पदार्थमा करिब पाँचपटक भएको मूल्य वृद्धि चौतर्फी आलोचना भएपछि मूल्य घटाइएको हो।

अहिले साँझ पत्रकार सम्मेलन गर्दै निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि घटेको जानकारी दिएको हो। निगमले पेट्रोलमा तीन रुपयाँ मूल्य निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए। भारतबाट मूल्य घटेर आएका कारण पेट्रोलियम पदार्थको मूल्य घटाइएको उनले बताए।

यस्तै डिजेल र मट्टितेलमा २/२ रुपयाँ मूल्य घटेको छ। यसअघि डिजेल र मट्टितेलको मूल्य ९५/ ९५ थियो। २०७१ असोजदेखि स्वचालित मूल्य कायम गरिएको थियो। त्यसपछि १९ पटक अन्तराष्ट्रिय बजारमा मूल्य घटेअनुसार १९ पटक घटाएर समायोजन गरिएको छ।

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *