पार्टी एकता नभए सरकारबाट बाहिरिने कांग्रेस संग मिलेर सरकार बनाउने प्रचण्डको तयारी

काठमान्डौ – सूर्य चिन्ह एउटामात्रै पार्टीको हुने भयो, यसभित्र हँसिया हथौडा पनि राखौं भन्ने कुरा माओवादी पक्षको प्रस्ताव छ । तर नेकपा एमालेले त्यो कुरा मान्न तयार न भए पछि एमाले माओबादी पार्टी एकता नहुने संकेत देखा परेको छ। केहि समय पहिले नेकपा माओबादीले एमाले र माओबादीको बराबरी हैसियत नभए पार्टी एकता नहुने धारणा सार्बजनिक गरेको थियो ।

त्यस लगत्तै एमालेले पनि आफ्नो धारणा सार्वजनिक गर्यो। नेकापा एमालेका प्रभावशालि एक नेताले भने माओबादीले साँच्चै नै बराबरीको हैसियतकै अडान लिने हो भने यो एकता नहुने खालको अडान हो । प्रदेश र प्रतिनिधि सभाको चुनाव सकिए लगत्तै २ पार्टी एकता गरेर ठुलै बाम एकता भएको संदेश दिने भन्दै होमवर्कमा लागेका एमाले-माओवादीको सम्बन्ध आजसम्म आइपुग्दा यहि उखानसँग मेल खान पुगेको छ । दुई पार्टीका नेताहरु केपी ओली र प्रचण्ड एकताबाट पछि हट्न पनि नसक्ने र खतरा मोलेर अगाडी बढ्न पनि नसक्ने ठिक बीचको अवस्थामा पुगेका छन्।

नेकपा माओबादीको गोप्य स्रोतका अनुसार यदि एमाले – माओबादी एकता नभए सरकार मा बस्नु औचित्य नभएको बताएको छ । स्रोतका अनुसार यदि पार्टी एकता भएन भने हामी सरकार बाट बाहिरिन्छौ र अन्य बहुमत पुग्ने दल संग सहकार्य गर्न बाध्य हुने छ।

कार्यदलमा भइरहेको छलफलको जानकारी लिएपछि एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले ‘क्लियर कट’ शब्दमा भने, ‘जनयुद्ध र ५०/५० हुन्न । यो कुरा मैले प्रचण्डलाई भनिसकेको छु । हुन् त प्रचण्डलेजस्तै केपी ओलीले सार्वजनिक रूपमा पार्टी एकताका सन्दर्भमा आफ्नो बटमलाइन प्रष्ट राखेका छैनन् ।

उनी अहिले मात्र होइन, एमाले र माओवादीबीच पार्टी एकता प्रक्रिया सुरु भएदेखि नै सार्वजनिक अभिव्यक्ति दिँदा जोगिँदै आएका छन्। ओलीले भने जनयुद्ध स्वीकार गरिन्न भनेर आफूले प्रचण्डलाई पहिले नै भनिसकेको र ५०/५० को आधारमा एकीकरण हुन नसक्ने पनि बताइसकेको एमाले नेताहरूलाई सुनाएका छन्।

प्रदेश कमिटी पनि १५१ बाट शुरु गर्ने भनेका छौं । त्यहाँ पनि प्रदेश परिषदको व्यवस्था गरिएको छ । यो चाहिँ धेरै नेताहरु जिल्ला तहबाट माथिल्लो तहमा आएका नेताहरुलाई ब्यवस्थापन गर्ने भनेर राखेका हौं । यसमा कुन पार्टीबाट कति राख्ने भन्ने कुरामा पार्टी एकता संयोजन समितिमा छलफल होला । तर, अहिले बाहिर समानतामा आधारित एकता भनिएको छ । एमाले एक नेताले भने एकीकरण गर्दा संख्यामामात्र समानता हो ? हामीले खोजेको बिचार, दृष्टिकोण र समानता हो । हामीले ६०/४० गर्दा जनताले त्यो पोजिसन त दिएन ।

जनताले दिएको मतको आधारमा एकता गरौं । दुई-चार अंक तलमाथि हुनसक्छ तर, आधार चाहिँ जनमतलाई बनाउनुपर्छ। बिचारमा समानता, दृष्टिकोण, दर्शन र सिद्धान्तमा समानता गरौं । बिचारमा समानता भएपछि पार्टी एकता हुने हो । सम्मानजनक गरौं भन्ने कुरामा पनि मेरो सहमति छ । सबैभन्दा ठूलो कुरा जनतालाई सम्मान गरौं । पार्टी एकता भनेको केही नेतालाई सम्मान गर्नका लागि मात्र होइन । जनताको सेवा गर्न एकीकरण गर्न जाँदैछौं ।

जनतालाई सम्मान गर्ने भनेको भर्खरै जनताले दिएको मतलाई सम्मान गर्ने भनेको हो । जनमतलाई सम्मान गरेरमात्र एकता गरियो भने दिगो हुन्छ । तपाईको मतलब चुनावमा आएको परिणामका आधारमा एकता गर्ने ?

Add Comment