पहिला गाउगाउमा बाटो पुर्याउने कि रेलमा लगानी गर्ने ?

नेपाली कांग्रेसका नेता रमेश लेखकले सरकारले जनतालाई कामभन्दा बढि आश्वासनमा अल्झाएको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै लेखकले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा भएका सहमति कार्यान्वयनभन्दा बढि प्रचारलाई प्राथमिकता दिइएको बताए ।

भारत र चीनबाट नेपालमा रेल ल्याउनु सकारात्मक भए पनि चीनबाट रेल ल्याउने खर्चले नेपालभित्र २५ हजार किलोमिटर पक्की सडक बन्ने भएकाले कुनलाई प्राथमिकता दिने भन्ने कुरा महत्वपूर्ण भएको बताए ।

“गाउँगाउँमा यातायातको सुविधा दिनुपर्ने बेलामा राजधानीलाई चीनसँग जोड्ने कुरालाई मात्र प्राथमिकतामा राखिनु ठिक हो कि होइन ?” लेखकले भने ।

प्राथमिकताका आधारमा काम गर्नुपर्नेमा जोड दिदै उनले नेपालमा रेल ल्याउने कुराको विरोध भने नगरेको स्पष्ट पारे ।

पछिल्लो समय प्रदेश सरकारहरुले विपक्षी दललाई वेवास्ता गर्न थालेको भन्दै लेखकले आपत्ति जनाएका छन् । विपक्षी दलका सासंदलाई पेलेर जाने सरकारको नीतिले संसदीय अभ्यासलाई ध्वस्त बनाउन लागेको उनको आरोप छ ।

त्यस्तै पत्रकारले प्रश्न सोधेको भरमा कार्यक्रम नै प्रशारण रोकिएको भन्दै लेखकले सरकारको आलोचना गरे ।

.……………………..

पुलिस लगाएर डा.केसिलाइ रोक लगाइयो, सरकार काप्यो डा.केसि सङ्ग

Add Comment