नेपाल यातायात चढ्ने डा. केसि र जनताले तिरेको करबाट करोडौका गाडी चढ्ने ओलि-प्रचन्ड

डा. गोविन्द केसी, यो नामसँग अनशन लगभग प्राय बनेको छ । १६ दिन अगाडि डा. केसीले आफ्नो सबैभन्दा लामो २७ दिने अनशन तोडेका थिए ।

चिकित्सा शिक्षा विधेयकमा गरिएको तोडमोडको विरोधमा जुम्लाबाट सुरु भएको यसपटकको डा. केसीको अनशन काठमाडौँमा आएर तोडियो । बिचमा विभिन्न पक्षले उनको समर्थनमा आन्दोलन गरे ।

सरकारले उनका मागमा आलटाल गर्‍यो, टिमल्न खोज्यो तर उनले आफ्नो माग छोडेनन् । अन्ततः सम्झौता भयो र अनशन तोडे । केही दिन अस्पतालमा उपचार गराएपछि उनी तन्दुरुस्त भएर घर फर्किए अनि काममा पनि ।

तर सरकारले आफूसँग गरेको सम्झौता कार्यान्वयनमा उदासिनता देखाउँदा उनको मन कुँडिएको छ । यहि कुँडिएको मन र केही आशको सपना लिएर शनिबार डा. केसी देशको प्रशासकीय निकायको केन्द्र अर्थात कार्यकारी प्रमुखको निवास बालुवाटार पुगेका छन् ।

बालुवाटारमा बस्ने र त्यहाँ धाउनेहरु प्राय चिल्ला गाडीमा पुग्छन् । सार्वजनिक बसमा धक्का खाँदै बालुवाटारमा आफ्नो दुःखको पोको बिसाउन पुग्नेका लागि त्यति सजिलो छैन । तर डा. केसीले प्रधानमन्त्री निवास बालुवाटार पुग्नका लागि सर्वसधारण नागरिकले झैँ भिडम्भाड बसकै यात्रा रोजेका छन् ।

डा. केसी प्रधानमन्त्री केपी शर्मा ओलीसँगको वार्ताका लागि नेपाल यातायातको बस चढेर बालुवाटार पुगेका हुन् । उनी बसको लास्ट सिटमा बसे, भाडा तिर्न पैसा मिलाए अनि ओर्लिँदै गर्दा भाडा दिए अनि केही पल्तिर ओरालेकाले केही बेर हिँडेर बालुवाटार छिरे ।

बालुवाटार उनका केही सहयोगी र झोला थियो । डा. केसी बिहान सवा ११ बजेतिर त्रिवि शिक्षण अस्पताल अगाडिबाट बस चढेर बालुवाटार पुगेका हुन् ।

येति साधारण जीवन बिताएर आफ्नो कमाइको थोरै रकम आफ्नो लागि खर्छ गरेर बाकी पैसा दुखी र गरिब जनतालाइ बाड्ने डाक्टर केसि कहिलै पनि गलत हुन सक्दैनन ।

जनताले तिरेको कर बाट मोज गरेर लाखौ सम्पती बनाउने अनि करोडौका गाडी चढेर अफ्नो ऐस आरामको जिन्दगी जिउने ओलि- प्रचन्ड बरु देशप्रेमी हैनन किनकी देशलाइ प्रेम गर्ने मान्छेले येस्तो सत्याग्राही मान्छेलाइ रुवाउन सक्दैन।

धिक्कार छ कर बहादुरहरुलाइ ।

हेल्लो सरकार ! म बिहान ७.३० मा कलेज पुग्छु। म घरमा सुत्छु।। यो मेरो श्रमले बनाएको घर हो। मेरो पैसाले किनेको जमिन हो। म यसको कर तिर्छु। मेरो छिमेकीले कोठा भाडामा लगाएका छ्न। उनी तेसको पनि कर तिर्छन।
मैले बिहान खाएको पाउरोटीको पनि म कर तिर्छु। मैले बांच्न पनि कर तिर्नु पर्छ।
म दैनिक करिब ८देखी १० घन्टा काम गर्छु। मेरो दिमाग र श्रम बापत म तलब पाउंछु। तर तेसमा पनि कर लाग्छ।

म गाडी किन्छु।।तेस्मा कर तिर्छु। प्रतेक बर्ष कर तिर्छु। म पेट्रोल किन्छु तेसमा पनि कर तिर्छु। म सडकमा गाडी कुदाउंछु, तेस्को पनि कर तिर्छु।
म सन्तानलाई पढाएबापत कर तिर्छु।
म बिरामी हुन्छु, डाक्टरलाई जचाउदा पनि कर तिर्छु। म औसधि किन्छु तेस्मा पनि कर तिर्छु। म आखाका लागि चस्मा किन्छु, तेस्मा पनि कर तिर्छु।
म जुत्ता किन्छु, तेस्मा पनि कर तिर्छु।
म सर्ट किन्छु, तेसमा पनि कर तिर्छु।
म कट्टु किन्छु तेस्मा पनि कर तिर्छु।
म बिजुलीको सुल्क तिर्छु, तेस्मा पनि कर तिर्छु।
म पानी पिउछु, तेस्मा पनि कर तिर्छु।
म जीवनका प्रत्येक पाइलामा कर तिर्छु। मलाइ हर्ट एट्याक हुन्छ, औषधि गर्छु। मृत्युबाट फर्किदा पनि कर तिर्छु। दुर्घटना हुन्छ। मेरो खुट्टा काटिन्छ, तर म सङ्ग कर पनि लिइन्छ। बम पड्किन्छ, म बल्ल बल्ल बांच्छु, म सङ्ग कर उठाइन्छ।

तर यो कर बाट के किन्छ सरकार?
१. मन्त्री र हाकिमलाइ महङ्गो गाडी किन्छ।
२. मन्त्री र हाकिमले चड्ने गाडीमा हाल्न तेल किन्छ।
३. मन्त्री र हाकिम बिदेश यात्रा गर्न भत्ता दिन्छ सरकार। गत साल १४०० हाकिम र मन्त्रीले बिदेश डुले मैले अस्पतालमा उपचार गर्दा तिरेको करले।
४. दलका कार्यकर्तालाई खर्छ बांड्छ।
५. बाटोमा एक इन्चको पिच गरेर ठेकेदारलाई पैसा दिन्छ। हाकिम र मन्त्रीले ३५% प्रतिशत घुस खान्छ्न।
६. देशको ब्यापार घाटा सात गुना बढी भएको छ। टोल टोलका फलफुल दुकानमा अस्ट्रेलियाबाट ल्याएका स्याउ छ्न। तर जुम्लाका स्याउ भैसीले खादैंछ्न।

७. गरिब ले सिटामल पांउदैन। सुकुम्बासीको घर छैन। थुप्रै महिला शरीर बेच्न बाध्य छ्न।
८. किन?

म यो देशको सन्तान हुं। मेरो जिम्मेवारी छ यो देश जोगाउने। म नागरीक हुं यो देशको, मेरो जवाफदेहिता छ देशको संरक्षण गर्ने। तर मलाई सासन गर्छ्न मेरा देशका नेता। मलाइ सोषण गर्छ्न मेरा नेता।
मैले भर्खर एउटा सन्तान जन्माएं।

उस्ले यो देशलाइ जोगाउन ज्यान पनि दिन्छ भबुश्यमा। तर, उस्लाइ लिएर घर फर्किदा मैले उस्लाई जन्माए बापत कर तिंरे। अब उस्को नाम दर्ता गर्दा कर तिर्नु पर्छ। उसलाई स्कुल भर्ना गर्दा कर तिर्नु पर्छ। उस्को बिबाह दर्ता गर्दा कर तिर्नु पर्छ। उसको नागरिकता लिदां कर तिर्नु पर्छ।
कहिले सम्म म कर तिरिरहने अनि मन्त्री र हाकिम मेरो करबाट मस्ति गरि रहने?

म तपाइँलाई भोट हाल्न चाहन्छु, के मेरा यी प्रस्नको जवाफ तपाइँ सङ्ग छ?
के चुनाब मेरो श्रममा लगाएको करबाट बाजि खेल्न खेलमात्र हो? हरेक नागरिक सचेत हुन अवास्यक छ। सोध्नुहोस प्रस्न। लोकतन्त्रलाई आफ्नो हातमा लिने प्रयास गर्नुहोस। निरासा होइन चेतनाको खेती गरौं।

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *