निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानमा संलग्न सबै प्रहरीहरु निलम्बनमा

गृह मन्त्रालयले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा लापरवाही गरेको ठहर गर्दै अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकारीहरुलाई निलम्बन गरेको छ। सहसचिव हरीप्रसाद मैनालीको नेतृत्वमा गठित उच्चस्तरीय अनुसन्धान टोलीले गरेको सिफारिसका आधारमा ति प्रहरी अधिकारीहरु निलम्बनमा परेका हुन्।

निलम्बनमा पर्नेमा सिआईबीका डिएसपी अंगुर जिसी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी ज्ञानबहादुर सेठी लगायत प्रहरी निरीक्षकद्धय एकेन्द्र खड्का, जगदिश भट्ट र प्रहरी सहायक निरीक्षक रामसिंह धामी छन्। गृहले यसअघि नै अनुसन्धानमा लापरवाही गरेको ठहर गर्दै एसपी डिल्लीराज विष्टलाई निलम्बन गरिसकेको छ।

मैनाली नेतृत्वको टोलीले गृहमन्त्री रामबहादुर थापालाई आज प्रतिवेदन बुझाएको हो। गृहले केही संदिग्ध ब्यक्तिहरुलाई पनि अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिइसकेको जनाएको छ।

निर्मलाको बलात्कारपछि भएको हत्याका विरुद्ध कञ्चनपुरमा प्रदर्शन उग्र बन्दै गएपछि सरकारले ७ भदौमा मैनाली नेतृत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानविन समिति गठन गरेको थियो। सो समितिले १५ दिन भित्र प्रतिवेदन बुझाउने जिम्मेवारी पाएपनि केही ढिला गरी प्रतिवेदन बुझाएको हो।

स्रोतका अनुसार उच्चस्तरीय समितिले पनि बलात्कार तथा हत्याबारे ठोस सबुत पाउन सकेको छैन। तर, अनुसन्धानमा खटिएको प्रहरीले लापरवाही गरी प्रमाण नष्ट गर्न भूमिका खेलेको छानविन समितिको ठहर छ। शनिबार दिनभरी गृह मन्त्रालयमा भएको छलफलपछि ति प्रहरी अधिकृतहरुलाई निलम्बन गर्ने सनिर्णय गरिएको हो।

निर्मला हत्याकाण्ड विरुद्ध काठमाडौंसहित देशभर आन्दोलन चर्किंदै गएको छ। निर्मलालाई न्याय दिलाउन उनका बुवा आमासहित अधिकारकर्मी काठमाडौं आएका छन्।

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *