निर्मला पन्त बलात्कार र हत्या काण्डमा प्रहरी र अपराधको डरलाग्दो राजनीतिक कनेक्सन (भिडियो)

कञ्चनपुरको भिमदत्त नगरपालिका २ उल्टाखाममा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको अनुसन्धान झन जटिल बनेको छ । बलात्कार पछि हत्या भएको दुई महिना पुग्न लाग्दा समेत कञ्चनपुरकी निर्मला पन्तको बास्तविक बलत्कारी र हत्यारा को हो पत्ता लागेको छैन ।

सरकारले पन्तको हत्यारा र घटनाको सत्य तथ्य अध्ययन गरी प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिव हरि मैनालीको संयोजकत्वमा ५ सदस्यीय उच्चस्तरीय छानविन समिति गठन गरेको थियो ।तर, पन्तका बलत्कारी र हत्यारा कारबाहिको दायरामा आउने अवस्था नदेखेको भन्दै छानविन समितिकै एक सदस्यले अकस्मात राजीनामा दिएका थिए। यसले छानवीन प्रक्रिया माथि नै आशंका उव्जेको छ । गत साउन १० गते दिउँसो साथी रोशनी बमको घरबाट गृहकार्य गरेर फर्किएकी निर्मलाको ११ गते बिहान उखु वारिमा बलत्कार गरि हत्या गरिएको अवस्थमा शव भेटीएको थियो ।

तर अहिलेसम्म प्रहरीले प्रतिबद्धता अनुसार बास्तविक दोशी पक्रन नसकेको र नक्कली अभियुक्त खडा गरेको भन्दै स्थानीय आक्रोशीत् छन् । अहिले कै अवस्थामा निर्मला पन्तलाई न्याय नदिने षड्यन्त्र भइरहेको भन्दै उल्टै छानविन समिति भित्रै बाट बिद्रोह भएको छ । प्रहरीले १३ वर्षीया बालिका पन्तको हत्या गरेको अभियोगमा ४१ वर्षीय दिलिपसिंह विष्टलाई पक्रेर भदौ ३ गते सार्वजनीक गरेको थियो । तर स्थानीय, राष्ट्रिय मानवअधिकार आयोगलगायत अधिकारकर्मीको अध्ययन टोलीले नक्कली दोषि खडा गरिएको दाबी सार्वजनीक गरेका छन् । साथै, छानविन समितिकै सदस्यको राजीनामा आएपछि कानूनी शासन र न्यायपूर्ण समाज स्थापनाको संभावना फेरि पनि कमजोर भएको भन्दै कञ्चनपुरका आन्दोलीत् नागरिक शसंकीत् बनेका छन् ।

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *