धादिङ केन्द्र बनाएर ५ . ४.म्याग्निच्युडको भूकम्प

काठमाडौं : धादिङ केन्द्र बनाएर बिहीबार बिहान ५ ४.म्याग्निच्युडको भूकम्प गएको छ।भूकम्पले काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा धक्का महसुस भएको छ।

भूकम्प राष्ट्रिय मापन केन्द्रका अनुसार धादिङको सुनौलो बजारबाट ४.४ उत्तर पश्चिम केन्द्र बनाएर बिहान ९ बजेर ५२ मिनेट ४७ सेकेन्डमा भूकम्प गएको हो। यो नयाँ भूकम्प नभइ २०७२ बैशाख १२ कै भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ।

धादिङ- जिल्लाको उत्तरी क्षेत्र मार्पाक र सत्यदेवीमा बुधबार राती पहिरो जाँदा ७ घर पुरिएको छ भने ५ जना बेपत्ता भएका छन्। लागातारको वर्षाका कारण खनीयाबास गाँउपालिका–५ सत्यदेवीको साईश्वाँरामा गोले जेठा भनिने राजु गोलेको घर पहिरोले बगाउँदा गोलेको श्रीमतीसहित दुई नातिनीहरु पहिरोमा बेपत्ता भएका छन् ।

एक जनालाई घाइते अवस्थामा स्थानीयले उद्धार गरी सत्यदेवी स्वास्थ्यचौकीमा उपचारका लागि लगिएको जानकारी प्राप्त भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले बताउनुभयो ।

यही गाउँपालिका वडा नम्बर ४ चिउरीबोटमा पहिरोले एक घर पुरिएको छ । पहिरोमा परी सम्सेर घले र कोप्ची घले बेपत्ता भएको ईलाका प्रहरी कार्यालय दार्खाका प्रहरी हवल्दार मनोज श्रेष्ठले जानकारी दिनुभयो ।यसैगरि नेत्रावती डपजोङ गाउँपालिकाको मार्पाकमा पाँच घर पहिरोले बगाएकोे छ ।घटना स्थल सदरमुकामबाट एक दिनको पैदल दूरीमा पर्दछ ।

वर्षाका कारण जिल्लाको उत्तरी भेगतर्फ जाने सडक भत्किएकाले सदरमुकामबाट गाडी चल्न छाडेको छ । ईलाका प्रहरी कार्यालय दार्खाको प्रहरी टोली भने चिउरीखर्क पुगिसकेको छ भने साईश्वाँरामा प्रहरीकाे टाेली अझै पुग्न सकेको छैन ।घटनाको अन्य विवरण आउन बाँकी रहेको र घटना स्थलमा जति सक्दो छिटो प्रहरी पठाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।उज्यालोबाट

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *