देख्यौ प्रधानमन्त्री ओली, माईतिघर मण्डलामा सिमित भएको कांग्रेस कत्रो रहेछ (फोटो फिचरहरु)

संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशका विभिन्न जिल्लामा प्रदर्शन गरेको छ।

सरकार कानूनी शासनको खिल्ली उडाउन लागिपरेको आरोप लगाउँदै कांग्रेसले यसअघि नै घोषणा गरेको कार्यक्रम अनुसार नै देशभर प्रदर्शन गरेको हो ।

सभामुख र उपसभामुख अलग अलग पार्टीबाट हुनुपर्ने संवैधानिक व्यवस्थाको ठाडो उल्लंघन, देउवा सरकारले विधिसम्मत गरेका नियुक्तिहरू गैरकानूनी तवरले खारेजी, मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको जस्ता विभिन्न आरोप लगाउँदै कांग्रेस सडक संघर्षमा उत्रिएको हो ।

केहि दिन पहिले ”टुंडिखेलमा भाषण गर्ने हैसियतको नेपाली कांग्रेस पार्टी आज आएर माईतिघर मण्डलामा सिमित भएको छ” भन्ने प्रधानमन्त्री ओलीको प्रहारले पनि आजको विरोधमा नेपाली कांग्रेसका समर्थकहरु उर्लिएको खबर छ ।

माईतिघर मण्डलामा सिमित भएको कांग्रेस कत्रो रहेछ देखेयौ ओली भन्दै आपसमा केहि कांग्रेस समर्थक कुरा पनि गरेको सुनियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई लागेकोजस्तै मात लागेको गम्भिर आरोप लगाएका छन्।

मंगलबार झापामा सरकारविरुद्ध भएको प्रदर्शनमा बोल्दै पूर्व गृहमन्त्री समेत रहेका नेता सिटौलाले यस्तो आरोप लगाएका हुन् । उनले संख्याको आधारमा वर्तमान सरकार तानाशाह बन्न खोजेको पनि आरोप लगाए ।

नेता सिटौलाले भने,‘राजा ज्ञानेन्द्रलाईजस्तै अहिलेको सरकारलाई पनि मात लाग्यो। ज्ञानेन्द्रले जनता बिर्सेका थिए। शासन व्यवस्था आफ्नो हातमा लिएका थिए’ उनले भने, ’दुई तिहाइ संख्याको आधारमा सरकार तानशाह बन्न खोज्यो।’

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले

प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनवाइ विशेष समितिले अनुमोदन नगरे उनको नाम सिफारिस गर्ने संवैधानिक निकायका पदाधिकारीलाई पनि कारबाही गर्नुपर्ने बताएका छन् ।

कांग्रेस तनहुँले मंगलबार निकालेको र्‍यालीपछिको कोणसभालाई सम्बोधन गर्दै उनले उक्त धारणा राखेका हुन्। ‘संवैधानिक परिषद्को निर्णय सुनुवाई समितिले उल्टाउने हो भने, पहिलो कारबाही परिषद्कै पदाधिकारी प्रधानमन्त्री केपी ओली, सभामुखलाई कारबाही गर्नुपर्छ, सबै पदाधिकारीलाई निकाल्नुपर्छ,’ उनले भने।

उनले सरकारले देशमा सुशासन कायम गर्नुको साटो महँगी बढाउने, जथाभावी कर लगाउने, भ्रष्टाचार बढाउने कार्य गरेको आरोप लगाए। सरकारले वाइडबडी जहाज किन्दासमेत अर्बौं–अर्ब भ्रष्टाचार गरेको भन्दै पौडेलले यी भ्रष्टाचारका उदाहरण मात्र भएको बताए।

उनले ओली सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताए। सरकारलाई खबरदारी गर्नका लागि कांग्रेसले देशभर विरोध प्रर्दशन गरेको उनले बताए। ‘प्रधानमन्त्री ओलीलाई सच्चिओस् भनेर देशभर सांकेतिक विरोध कार्यक्रम हो।’ ओली सरकार नसच्चिए निर्णयक आन्दोलन गर्ने नेता पौडेलले चेतावानी दिए

Add Comment