तलब र वृद्दभत्ता दुवै बढेन, विदेशबाट फर्कनेलाई ३० लाख – हेर्नुस अरु के के आयो बजेटमा

सरकारले कर्मचारीको तलव यथावत् राख्दै महँगी भत्ता बृद्धि गरेको छ।अर्थमन्त्री युवराज खतिवडाले मंगलबार आव ०७५/०७६ को बजेट संसदमा पेश गर्दै महँगी भत्ता मासिक दुइ हजार बृद्धि गर्ने घोषणा गरे।निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले कर्मचारीको तलव बढाउन माग गरेको थियो। कार्यालय सहयोगीको तलव ३० हजार र मुख्य सचिवको तलव डेढ लाख पुर्‍याउन माग गरे पनि सरकारले तलव बृद्धि नगरेको हो।अर्थमन्त्री खतिवडाका अनुसार तलव पुनरावलोकन गर्न तलव आयोग बनाइनेछ। विदेशीबाट फर्केनेले १ सय ग्रामसम्म काँचो सुन ल्याउँदा कर तिर्न नपर्ने। आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्बको बजेट विनियोजन गरिएको छ।संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षका लागि चालुतर्फ ८ खर्ब, पूँजीगतर्फ ३ खर्ब तथा वित्तियतर्फ १ खर्बसहित १३ अर्ब १५ अर्बको बजेट विनियोजन गरिएको बताए।यसैगरी वृद्दभत्ता यथावत राख्दै विदेशबात फर्कनेलाई यहि ब्यबसाय गर्न सरकारले ३० लाख सम्म ऋण दिने भएको छ।

Add Comment