डा. केसीलाइ भेट्न सरकार पुगेन तर डा. भट्टराइ पुगे

नयाँ शक्तीका संयाेजक तथा पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराइले अनशनरत डा केसीकाे पक्षमा वकालत गरेका छन । साममजिक संजालमा लेख्दै उहाँले डा. केसीकाे स्वास्थ्य अवस्थाबारे चिन्ता समेत ब्यक्त गर्नु भएकाे छ ।

डा. भट्टराइले याे समय मेरो गोरुको बाह्रै टक्का वा तँ बलियो कि म बलियो भनेर विवाद गर्ने समय होइन बताउनु भएकाे छ । साथै दुई तिहाइ बहुमतको सरकारले यो कुरालाई मनन गरेर डा. केसीको सम्बन्धमा विवेकपूर्ण निर्णय लिन अाय्रह समेत गरेका छन ।

यस्ताे छ उनकाे फेसबुक पाेष्ट
डा. गोविन्द केसीको खस्कदो स्वास्थ्य स्थितिले चिन्ता बढाएको छ । सत्ता पक्षले आफ्नो सानो स्वार्थ समुहको स्वार्थको साटो करोडौँ नेपालीको हितमा हुने माथेमा प्रतिवेदन अनुसार कार्य गर्नु नै न्यायोचित हुन्छ । डा. केसीको जीवन जोगाऔं, स्वास्थ्य क्षेत्र सुधारको दिगो समाधान खोजौँ । यो समय मेरो गोरुको बाह्रै टक्का वा तँ बलियो कि म बलियो भनेर विवाद गर्ने समय होइन । अन्तमा सबैभन्दा बलिया र महान भनेका जनता नै हुन्छन् । दुई तिहाइ बहुमतको सरकारले यो कुरालाई मनन गरेर डा. केसीको सम्बन्धमा विवेकपूर्ण निर्णय लिओस् । #SaveDrKC

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *