जन्मदिन मनाउदै गर्दा किन भावुक भए त धुर्मुस सुन्तली?

आज सुन्तलिको जन्मदिन। धुर्मुस सुन्तली फाउण्डेशनका उपाध्यक्ष तथा हाँस्यकलाकार कुञ्जना घिमिरे सुन्तलीले मुसहर बालबालिकासँग आफ्नो जन्मदिन मनाएकी छन् । रौतहटको सन्तपुरमा रहेको मुसहर बालबालिकालाई स्टेशनरी सामग्री वितरण गरेर जन्म दिन मनाएकी हुन् ।

मुसहर बालबालिकाले सम्मान र शुभेच्छासहित कुञ्जनाको जन्म दिनलाई विशेष बनाइदिएका छन् ।

उनीहरुले गरेको सम्मानले आफूलाई भावुक बनाएको कुञ्जना घिमिरेले बताईन् । मुसहर बस्तीका बालबालिकामा आएको परिर्वतन देखेर आफूहरु भावुक बनेको उनको भनाई छ ।

एकिकृत नमुना बस्तीका बालबालिका नियमित पढ्न थालेका बताउँदै भविष्यमा उनीहरु केहि बनेर देखाउँदा हाम्रो अपेक्षा पुरा हुने उनको भनाई छ ।घरपरिवार र साथीहरुसँंग बसेर रमाईलो गरी जन्मदिन मनाउने चाहान भएपनि यस बस्तिको मायाले यहाँसम्म आउँदा आफुलाई भावुक बनाएको उहाँले बताइन् ।

त्यसैले जन्म दिनको अवसरमा यस बस्तीका बालबालिकालाई शैक्षिक सामग्री किनेर दिएँ, उनीहरुसँगै रमाईलो गरेर जन्म दिन मनाएको सुन्तलीले बताईन् ।

अहिले बस्तीमा रहेको करिव ५६ बालबालिका नियमित विद्यालय जान थालेका छन् ।बालविवाह, अशिक्षा, गरिबीलगायतका समस्यामा रहेका मुसहर समुदायमा धुर्मुस सुन्तली प्रवेश गरेपछि निकै परिर्वतन आएको छ ।

बस्ती हस्तान्तरण गरिसक्दा मुसहरहरुप्रतिको माया अझै बढेर गएकाले जन्मदिन मनाउन धुर्मुसलाई लिएर रौतहटको सन्तपुर आई पुगेको कुञ्जना घिमिरेले बताइन् ।सुन्तलीको जन्म दिनमा संयोगबस मुसहर बस्ती अवलोकनका लागि आएकाहरु पनि निकै खुसी थिए ।

तपाईंको प्रतिकृया कमेन्टमा पाउने आशा गर्दछौ

shitalnews बाट

Add Comment