छोराको हत्या, गंगामायालाई दुःखमाथि दुःख

काठमाडौं । साढे दुई महिना पछि फेरि त्यही वीर अस्पतालको दोस्रो तला, ७ नम्बर क्याविनमा छिरे । उनै गंगामाया अधिकारीलाई भेट्न । ढोकाभित्र छिर्ने वित्तिकै टक्कै चिनिन्, उनले । ‘नानी धेरै भयो तपाई नआएको । पोन गर्न खोजेँ तपाईको नम्बर टेलिफोन पुस्तिकामा भेटिन’, सुरुमै उनले गुनासो गरिन् ।

अवस्था पहिलेको भन्दा निकै विग्रिएको रहेछ, गंगामायाको । नविग्रियोस् पनि कसरी ? पानी ममेत लिन छोडेको ८ दिन वितिसकेछ । माघ १६ गते शहीद दिवसको दिनदेखि औषधि र पानी मात्रै लिँदै आएकी उनले गणतन्त्र दिवसको दिन जेठ १५ देखि औषधि र पानी समेत छोडि दिएकी छन् ।

निर्जल आमरण अनसनमा छिन्, उनी । सुरुमा केही सोध्ने आँट आएन । अनि उनले आफैले भन्न थालिन्, ‘भित्तामा अढेस लागेर पनि २ मिनेट बस्न सक्दिन । धेरैबेर सुतिरहन पनि सक्दिन । उठ्ने सुत्ने क्रम चलिरहन्छ । त्यसले जीउ थिर छैन । खुट्टा त चल्न छोडेको छ । जीउ पुरु भत्भति पोलिरहेको छ ।’ धन्न बोल्न भने सकिरहेकी छु । छोराको हत्या भएको दिन पनि आयो, आज २२ गते भयो । यही महिनाको २४ गते हत्या भएको हो, उनी निकै भक्कानिएर रोईन् ।

त्यतिन्जेलसम्म पनि केही सोध्ने आँट आएन । बन्द कोठा, गर्मीको समय । एकछिन् अडिन पनि गाह्रो तर, सिलिङमा पङ्खा त्यसै झुण्डीएको छ । त्यो घुमेको छैन । अनि भित्ताको चारैतिर कतै पनि एसी जोडिएको देखिएन । सिरानी छेरमा अक्सिजनको सिलिण्डर उभिएको छ । बेड मुनि हिटर राखिएको छ । अब भने नसोधिी बस्न सकिन ।

गर्मी हुँदैन, पङ्खा पनि चलाउनु भएको छैन ? जवाफमा उनले भनिन्, ‘गर्मी मानेर के गरौँ पङखा चलाउनु हुँदैन । सुन्निएर थेगिनसक्नु हुन्छ ।’ अनि हिटर चैँ ? उनले भनिन्, ‘खुट्टाको लागि हो । चिसो भएपछि तताउन ।’ औषधि पनि लिएको छैन । बेला बेलामा समस्या आउँछ त्यसैले ।’ अनि अक्सिजनको सिलिण्डर पनि राखेको साह्रो मात्रै हो, उनले भनिन्, ‘अक्सिजन लगाउनेवित्तिकै नाक पोलेर खप्न सकिँदैन । त्यसैले त्यो पनि सिरानी छेउमा थन्किएको छ ।’ उनलाई हेर्ने डाक्डर पनि फेरिछन् । नामै गोर्खाली । तर, ति गोर्खाली डाक्टर भने भेटिएनन् । नर्सहरु भने बेला बेला ढोकाबाट चिहाउँदा रहेछन् । कुरा गर्दा गर्दै चिहाएका मध्ये दुई जनाले आमाको युरिन के छ भनेर सोधे ? ‘सुरक्षा र हेरविचारका लागि बसेकाहरुले त्यही २० एमएल’ भनि जवाफ फर्काए । उनलाई हेर्न प्रहरी अस्पतालबाटै एक जना स्टाफ नर्स १ जना र दुई जना महिला सुरक्षाकर्मी खटिएका छन् ।

यो पल्ट मलाई एउटा दृष्यले जिज्ञासा उब्जायो । सोधिहाले, दुवै हातको नङ किन लामो राख्नु भएको ? जवाफमा उनले भनिन्, ‘काटेको छैन । कपाल पनि कोरेको छैन । धेरै भयो । त्यही पहिले काट्थे । शहीद दिवसको दिनदेखि त्यो पनि काटेके छैन ।’ दुबै हातका नङ सेता, लामा भएछन् । अनि जीउ पनि पुरै सेतो, रगत छैन जस्तो ।

अनि अर्को कुरा, बेडमा कालो प्लाष्टिक ओछ्याइएको छ । बेडमा लगाईका विछ्याैना सबै प्लाष्टिकले छोपिएको छ । विगत एक डेढ महिना देखि । ठाउँ ठाउँमा सेतो टेप लगाईएको छ । मैले अफ्ठ्यारो मानि सोधेँ । यस्तो गर्मीमा यो प्लाष्टिकमाथि सुत्नु भएको छ, अफ्ठयारो हुँदैन ? जवाफमा उनले भनिन्, ‘पोल्छ नि ! अनि प्लाष्टिकमा,, पसिना आएजस्तो पानी छुट्छ ।’ अनि किन प्लाष्टिक राख्नु भयो ? ‘उडुसले टोकेर हैरान पारे । प्लाष्टिक राखेपछि माथि टोक्न आउँदैन भनेर प्लाष्टिक ओछ्याएको हो ।’ उडुस परेको कुरा त्यहाँ बस्ने सुरक्षाकर्मीले पनि सुनाए ।

गंगामायाले लगाएको लुगा पनि मैलो थियो । उनले भनिन्, ‘बेड मैलो भएपछि अस्पतालले सफा गरिदिन्छ । लुगा मैलो भएपछि यिनै नानीहरुले धोई दिन्छन् । तर, मनको मैलो कसले धोईदिनु । ६ वर्षदेखि यरी थन्किदा मन कति मैलिएको छ, त्यो मलाई थाहा छ ।’ उनी भक्कानिएर रोईन् ।

अहिले पछिल्लो समय मानवअधिकारकर्मी र अन्य सरोकारवालाहरु भेट्न आइरहेको उनले सुनाईन् । तर, सरकारी पक्षबाट भने अहिलेसम्म कोही नआएको जानकारी दिईन् । जेठो छोरा नुरप्रसाद अधिकारी बुबा नन्दप्रासदलाई आइसीयुमा राखिएको बेला भेट्न आएपछि अहिलेसम्म सम्पर्कमा नआएको उनले बताईन् ।

मुखमा अन्नपानी नपरेको तीन सय साठी दिनपछि वीर अस्पतालमै २०७१ असोज ६ गते नन्दप्रसादको निधन भएको थियो । उनको शव अहिले पनि त्रिवि शिक्षण अस्पतालको शवगृहमै छ । जेठो छोरासँग कुरा गर्न पाए हुन्थ्यो भनिरहेकी छन्, उनी । छोरा सम्पर्कमा छैनन् ।

कान्छो छोरा कृष्णप्रसादको हत्या भएको जेठ २४ गते १३ वर्ष पुगेर १४ वर्ष लाग्दै छ । जेठो छोरा कान्छो छोरा दुबैलाई सम्झेर उनी धेरै बेर रोईन् । उनले रुँदै, सम्झिईन् ‘जेठ २१ गते मामा घर (चितवन) जानुअघि दही मागेर खाएर हिँडेको थियो । पछि दुई दिनपछि हत्या भएको खबर आयो ।’

तत्कालीन विद्रोही माओवादीले अपहरण गरेर २०६१ जेठ २४ मा हत्या गरेका १७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाही हुनुपर्ने माग गर्दै गंगामाया न्यायको लडाई लडिरहेकी छन् । गोरखाको फुजेलबाट कृष्णप्रसाद आमाले दिएको दही खाएर मामाघर जान भनि चितवन हिँडेकै बेला अपहरणमा परेका थिए । पछि उनको हत्या भएको थियो । पछि उनका दाई नुरप्रसादले किटानी जाहेरी दिए । अहिले पनि मुद्दा विचाराधीन छ । मुद्दाबारे गंगामायालाई केही थाहा छैन ।

hamrakura.com

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *