गरिबका छोराछोरीले पनि डाक्टर बन्न पाउनु पर्छ भन्ने माग प्रधानमन्त्रीलाई मन परेन

काठमाडाैं । डा. गोविन्द केसी अनसन बसेको दोस्रो दिन वितीसक्दा पनि सरकार टसमस भएको छैन ।चिकित्सा शिक्षा अध्यादेश पारीत गरिनुपर्ने माग गर्दै डा.केसी शनिबारदेखि जुम्लामा अनसन बस्नुभएको छ ।

डा.केसीले विधेयक तत्काल संसदमा पेश गरेर स्नातकोत्तर तहपछिको सेवा अवधिबाहेक अन्य बुँदाहरुमा कुनै परिवर्तन नगरी यथारुपमा पारित गरिनुपर्ने र चिकित्सा शिक्षा आयोगलाई कार्यकारी उपाध्यक्षसहित अविलम्ब पूर्णता दिनुपर्ने अडान राख्नुभएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अनशन बस्ने योजना बुनेका डा. केसीलाई जुम्ला प्रशासनले त्यहाँ बस्न निषेध गरेपछि जिल्ला खेलकुद विकास समितीको कभर्ड हलमा सारिएको छ । डा. केसी अनशन बस्न लाग्दा शनिबार दिउँसो जिल्ला प्रशासन कार्यालय जुम्ला परिसरबाट प्रहरीले पक्राउ गरेको थियो ।

डा. केसी चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरुपमा जारी गर्नुपर्ने, मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, सबै विपन्न नागरिकहरुको सस्तो, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार तथा सबै विद्यार्थीको योग्यताका आधारमा निःशुल्क वा सस्तो शुल्कमा चिकित्सा विषय पढ्ने अधिकारका लागि लड्दै आउनु भएको छ ।

बरु मर्न तयार तर अनशन तोडदिन, सलाम छ डा.केसी ज्यु लाई !

डा. गोबिन्द केसिलाइ शान्तिपुर्ण अनशन बस्न पनि नदिने केपि ओलि सरकार निकै लाजमर्दो रहेछ। तर डा. केसिले आफू बरु मर्न तयार भएको तर अनसन नटोड्ने बताएका छन। येसैबिच आज गगन थापा ज्युले भन्नुभएको छ:

ओलिको दलाल अनि पुजिपती समाजमा स्वागत छ – गगन थापा

दलाल पूँजिपतिको मात्रै मेडिकल कलेज खुलोस् भन्ने ओलीको समाजवादलाई स्वागत छ: गगनकोआक्रोश

सरकारले काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न पाउने गरी अध्यादेश प्रतिस्थापन विधेयक ल्याएपछि सदनमा बोल्दै नेपाली कांग्रेसका सांसद एवम् पूर्वस्वास्थ्य मन्त्री गगनकुमार थापाले चिकित्सा शिक्षा विधेयकबारे शून्य समयमा बोल्दै आक्रोश पोखेका छन्।

सरकारले संसदमा पेश गरेको चिकित्सा शिक्षा विधेयकमा राखिएको प्रावधानप्रति गम्भीर आपत्ति व्यक्त गर्दै थापाले प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा बोल्दै एक मिनेटभित्र सरकार र त्यसको नेतृत्वविरुद्ध उसले ल्याएको विधेयक र त्यसको विरोधमा उत्रिएका डाक्टर गोविन्द केसीविरुद्ध अपनाएको व्यवहारप्रति चोटिलो प्रहार गरे।

हेर्नुहोस् आजको शून्य समयमा सांसद गगन कुमार थापा बोलेको जस्ताको तस्तै

मेडिकल कलेज नभएको ठाउँमा सरकारले मेडिकल कलेज खोलोस्। जनताका छोराछोरीले निःशुल्क चिकित्सक बन्न पाऊन्। वा सस्तोमा पढ्न पाउन्। गाउँ गाउँमा स्वास्थ्य सेवा पुर्‍याइयोस् भनेर माग राख्ने डा गोविन्द केसीलाई शान्तिपूर्ण प्रदर्शन गर्न पनि नदिने।

दुई वटा कम्युनिष्ट पार्टीहरू एक भएको उपलक्ष्यमा दुई वटा कम्युनिष्ट पार्टीका महान अध्यक्षलाई आफ्नो घरमा बोलाएर चरेशको थालमा मार्सी धानको भात खुवाउने, कम्युनिष्ट परिभाषा अनुसारको दलाल पूँजिपतिको मेडिकल कलेज जसरी भए पनि खुलोस् भन्ने उद्धेश्यको साथ सदनका चिकित्सा शिक्षा विधेयक ल्याउने। सम्माननीय प्रधानमन्त्रीको यो समाजवादलाई नेपालमा हार्दिक स्वागत छ।

सरकारले काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न पाउने गरी अध्यादेश प्रतिस्थापन विधेयक ल्याएपछि सदनमा बोल्दै नेपाली कांग्रेसका सांसद एवम् पूर्वस्वास्थ्य मन्त्री गगनकुमार थापाले चिकित्सा शिक्षा विधेयकबारे शून्य समयमा बोल्दै आक्रोश पोखेका छन्।

सरकारले संसदमा पेश गरेको चिकित्सा शिक्षा विधेयकमा राखिएको प्रावधानप्रति गम्भीर आपत्ति व्यक्त गर्दै थापाले प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा बोल्दै एक मिनेटभित्र सरकार र त्यसको नेतृत्वविरुद्ध उसले ल्याएको विधेयक र त्यसको विरोधमा उत्रिएका डाक्टर गोविन्द केसीविरुद्ध अपनाएको व्यवहारप्रति चोटिलो प्रहार गरे।

एकपटक देश कता जाँदै छ भनेर सबै जनताले सोच्ने कि ?

देशको शैक्षिक माफिया बिरुद्ध लडाइँ गर्दै आमरण अनशन बस्ने डा.गोविन्द के.सीको हाथमा हत्कडी र सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको सजाय तोकेको बालकृष्ण ढुङेलको घाँटी भरी फुलमाला,
अनि कहाँ बाट बन्छ देश,
एकपटक गम्भीर भएर देश कता जाँदै छ भनेर सोच्ने कि??? सबैले शेयर गरेर सचेत गराउ

रबि लामिछानेको उस्तै कान्ड

देशको लागि लडने मान्छे सहिद भएछ

देशद्रोही नै देशको येश मालिक भएछ ”

देशप्रेमी पत्रकार रवि लामिछाने लाई ३ बर्स जेल र तीस हजार जरिवाना हुन सक्ने कुराले आज चिन्तित छु र निराश पनि छु । देशमा अराजकता मच्चाउने , दिनदहाडै लुटपाट , ठगि गर्ने जस्ताको बिरोध मात्र हैन बिल्लिबाठ लगाउन खोजेका रवि लामिछाने लाई जेल हाल्न खोज्नु कतिको उचित हो?

हिजो सर्बोच्च अदालतले हत्यारा भनेर साबित गरिएका बालकृष्ण ढुङ्गेल आज रिहा भए तर देशको लागि लडने पत्रकारलाइ दोशी ठहराउन खोज्ने , यो कस्तो नियम हो? हत्यारालाइ आम माफी दिने ओलि सरकार, एक असल पत्रकारलाइ चाहिँ जेल चलान गर्ने दाउमा छ । अनि हामी जनता चाहि तालि बजाउने मात्र हो?

हामी चुप बस्दैनौ अब । येदि रविलाइ जेल हुने कुनै सजाए सुनाइएमा देशभरि चर्को बिरोध हुनेछ ।

होला केही कारणबस उनी आप्रबासी भए होला 2-४ बर्स देशको अबस्ता अनुसार । तर उनको आचरणमा खोट लगाउने ठाउँ भने कतै छैन ।

बरु, प्रधानमन्त्री केपि ओलिको आचरण मलाइ गलत लाग्छ। जनतालाइ हावा हावा गफ दिएर अनेक आशामा राख्ने तर काम भने सिन्को पनि नभाच्ने ओलिलाइ कारबाही गरे कसो होला?

अस्तिसम्म बृद्धभत्ता भनेर उफृने ओलिले खै भनेको जति भत्ता देका? बुढाबुढिलाइ झुटो आश देखाउन लाज लाग्दैन र उनलाइ??

चुला चुलामा ग्यासको पाइप वाला बोली खै कता गयो?? आज 3 बर्स पूरा भयो येसो भनेको । खै रेलको परियोजना?

हत्यारालाइ किन रिहा गरेको?

अनगिन्ती गलत काम गरेका ओलिलाइ बरु ८-१० बर्स जेल हालौ । रवि लामिछाने जस्ता सपुतलाइ सबैले साथ दिउ। असल मान्चेलाइ जेल हाल्ने अनि गलत मान्छेलाइ रिहा गर्ने यो कस्तो प्रथा हो?

के हामी हेरेर मात्र बस्ने हो? येदि रवि लाई जेल हाल्ने कुरा अगाडि बढेमा अबस्य सबैले बिरोध गर्नुहोला।

देशको सान पत्रकार रवि लामिछाने ले फेसबुक लाइभमा आयेर भनेका छन , उनी कुनै गलत काम गरेका छैनन र गलत काम नगरेपछि किन डराउने?

उनले अमेरिकाको नागरिकता बिधिपुर्बक टोडेको र केही व्यक्तिगत कारणबस अमेरिका बस्न परेको बताए । उनले चाडै कारण पनि खुलाउने बताए । भावुक हुदै उनले भने , तीन त के तीस बर्स जेल राखेपनी गलत कामको बिरोधमा सधै आफू लागि पर्ने कुरा उनले बताए ।

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *