गगनले प्रमाणसहित भने: तथ्य सहि छ तर, माफी माग्छु !

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नो अभिव्यक्तिले बंगलादेशमा एमबीबीएस अध्ययन गर्ने विद्यार्थीहरुलाई चोट पुगेकोमा माफी मागेका छन् ।

आफ्नो उद्देश्य अध्ययन गरेर डाक्टरहरुलाई चोट पुर्‍याउनु नभएको उनले बताए । मंगलबार फेसबुक लाइभमार्फत थापाले भने, जसले राम्रोसँग पढ्नु भएको छ, मेहनत गर्नु भएको छ । मेरो कारणले तपाईहरुको आत्मसम्मानमा चोट पुगेको छ । यसले मलाई पनि दुःख लागेको छ ।’

थापाले हालै मात्र एक कार्यक्रममा बंगलादेशमा पढने ९० प्रतिशत नेपाली विद्यार्थी प्रमाणपत्र पाउने निश्चित भएपछि अध्ययन गर्न गएको दाबी गरेका थिए ।

आफूले सामान्यीकरण गर्नु र कुन तथ्यका आधारमा यो भनिएको हो प्रष्ट पार्न नसक्नु कमजोरी थाएको कांग्रेस सांसद थापाले स्वीकार गरेका छन् ।

तर, उनले बंगलादेशका धेरै निजी मेडिकल कलेजमा राम्रो पढाई नहुने अडान दोहोर्‍याएका छन् । बंगलादेश मेडिकल काउन्सिलका अध्यक्षले अन्तर्वार्ता र विभिन्न आलेखहरुलाई उनले प्रस्तुत गरेका छन् ।

बंगलादेशमा राम्रा कलेज पनि रहेको तर, त्यहा नगन्य नेपाली विद्यार्थी रहेको बताए ।

उनले नेपाल मेडिकल काउन्सिलले लिएका परीक्षामा विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेर आउनेहरु ३२ पटकसम्म फेल हुने गरेको तथ्य राखेका छन् । भिडियो हेर्नुस र भिडियो भन्दा तल पढ्नुस गगन्लाइ फसाउन के के गर्छन अरु

<iframe src=”https://www.facebook.com/plugins/video.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fthapagk%2Fvideos%2F1916310321746204%2F&show_text=0&width=267″ width=”267″ height=”476″ style=”border:none;overflow:hidden” scrolling=”no” frameborder=”0″ allowTransparency=”true” allowFullScreen=”true”></iframe>

गगन थापा हिराको टुक्रा हुन, खिया लागेको घनले हान्दैमा टुकृदैनन

गगनलाई रोक्न नसकेपछि मेडिकल माफियाको प्रयोग गरी यसरी खेलियो नया खेल;

प्रतिनिधि सभा संसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य युवा नेता गगन थापा बिरुद्द सत्तापक्षले नया खेलको सुरुवात गरेको छ।

संसदमा सरकारको मनपरितन्त्र र अधिनायकबादि शैलिका बिरुद्द चट्टान बनेर उभिने एवम् कडा बिरोध गर्ने उनको शैलिबाट सिंगो देश प्रभाबित भैरहेको अबस्थामा गगनलाई निस्तेज पार्ने उद्देश्यले बेला बेलामा उनि बिरुद्द बिभिन्न षडयन्त्रहरु हुने गेरको छ।

केहि बर्ष अघि तत्कालिन माओबादि सम्बद्ध एक अनलाईनले गगन थापाले भन्दै नभनेको बिषयलाई गगन थापाले “नेपाली जनता भेडा हुन, नेपाल भारत संग झुक्नु पर्छ।” भने भन्ने शिर्षकको समाचार प्रकाशित गरि त्यस समाचारको लिंकलाई फेसबुक पेजमा महंगो शुल्क तिरेर Boost गरियो र केहि समय भित्रै उक्त समाचार भाईरल भयो।

जसको कारणले गगन थापा स्वयमले अपराध अनुसन्धान महाशाखामा गएर उक्त अनलाईन संचालक बिरुद्द निबेदन दिनुपर्यो।र प्रहरी अनुसन्धानले उक्त अनलाईनका संचालक माओबादि निकटको पत्रकारहरु संगठनको महासचिव रहेको र सुनियोजित ढंगले उक्त समाचार पेश गरेको तथ्य सार्बजनिक गर्नुको साथै निज ब्यक्तिलाई बिद्युतिय अपराध(Cyber Crime) को मुद्दामा जेल चलान समेत गरियो।

चुनावको मुखमा उनलाई बाख्रा फार्म संचालन गर्न राज्यबाट करोडौ लिएको भन्ने तथ्यहिन आरोप लगाईयो र उक्त आरोपलाई जरासम्म गएर बुझ्दा उनले रृण लिदै नलिएको ब्यहोरा पुष्टि हुन आयो। मौसम अनुसार पार्टि बदल्ने छेपारो नेताको रुपमा परिचित एमालेका नेता केशब स्थापितले लगाएको उक्त आरोप सम्बन्धित सस्था स्वयमले गगन थापाले उक्त रमक नलिएको र आफैले रृण प्रकिया खारेज गरेको ब्यहोरा प्रेश बिज्ञप्ति मार्फत सार्बजनिक गरियो।

त्यस लगत्तै गगन थापाको प्रतिद्वन्दिको रुपमा एमालेबाट निर्बाचनको टिकट पाएका राजन भट्टराई र उनका समर्थकको सक्रियतामा एउटा भिडियो बनाईयो, जसमा गगन थापाले पटक पटक गरि धेरै ठाउमा दिएका अभिब्यक्तिहरुको केहि अंश मात्रै राख्दै गगन थापाले काठमाण्डौ क्षेत्र नम्बर ४ मा केहि काम नै नगरेको तर काम गरे भनेर झुठो गफ मात्रै गरेको भन्ने प्रमाणित गर्न भरपुर प्रयास गरियो। जुन भिडियोमा स्थानिय नागरिक र आम जनताको भूमिकामा पेश गरिएका ब्यक्तिहरुको बास्तबिकता केलाउदै जादा उनिहरु बिसुद्द एमाले कार्यकर्ता भएको र चुनाबि कार्यक्रमहरुमा एमालेका झण्डा, फेटा बाधेर हिडेको पनि भेटियो।गगन थापाले गरेकालकाम समेत उनले गर्दै नगरेको र गरेको भएपनि आफैले गरेको भनेर जबरजस्ति दाबि गर्ने दूश्प्रयास गरियो।

त्यस भिडियो बजारमा भाईरल बनाईए पश्चात अनुसन्धान मुलक पत्रकारिता गर्ने केहि पत्रकारिताको धर्म नछोडेका ईमान्दार पत्रकारहरुले धेरै मेहेनत गरेर उक्त भिडियो बनाउनुको उद्देश्य गगन थापालाई नैतिक पतन गराउनु मात्रै भएको प्रमाणित गरिदिए।

चुनावि प्रचार प्रसार कार्यक्रमकै क्रममा गगन थापा नेतृत्वको टोलि माथि अतिबादि, आतंकबादि समूह द्वारा बम प्रहार गरियो।र उक्त बम गगन कांग्रेसले नै पड्काएको हो भनेर तात्कालिन एमालेको अध्यक्ष के पि ओलि स्वयमले सार्बजनिक कार्यक्रममा सर्बसाधारणको अघि गैर जिम्मेवार पूर्ण तर्क गरे।

त्यस लगतै उक्त आक्रमणमा सामिल केहि ब्यक्तिहरुलाई प्रहरीले पक्राउ गरि उक्त बम बिस्फोटन कम्यूनिष्टहरुको गठबन्धनले नै गराएको ब्यहोरा प्रमाणित भयो।

यसरी केवल १ पटक मात्रै हैन पटक पटक गगन थापा बिरुद्द सुनियोजित षड्यन्त्रहरु रचि त्यसलाई पार्टिको प्रत्यक्ष प्रायोजनमा कृतिम तरिकाले भाईरल बनाएर गगन थापाको प्रभाव र तेज रफतारलाई निस्तेज पार्ने एमाले र माओबादि पार्टिले एकपछि अर्को गर्दै श्रृंखलाबद्द तरिकाले प्रहार गरेको समस्त नेपाली जनताका माझ उदांग भईसकेको छ।

त्यसै गरि पछिल्लो समय एमालेमा माओबादिको बिलय पश्चात बनेको नया पार्टि नेकपा बहूमतमा रहि कांग्रेस प्रतिपक्षको भूमिकामा संसदमा रहे पश्चात अधिनायकबादि शैलिमा संबिधानको मर्म बिपरित गरेका अपरिपक्क तथा गैर जिम्मेवारीपूर्ण निर्णय बिरुद्ध कडा रुपमा प्रस्तुत हुदै कम्यूनिष्ट सरकारले जनतामा गरेका छर्दै आएको भ्रम र जनताको भावना र आकांक्षा बिरुद्द गरेका कठोर र अन्यापूर्ण निर्णयका बिरुद्द हरेक पटक गर्जिदै लम्पसारबादि, गैरजिम्मेबार तथा अपरिपक्क सरकारको कमि कमजोरीमा औला उठाएकै कारण कम्यूनिष्टहरु द्वारा अनेकन प्रोपोगाण्डा रचि पुन गगन थापा माथि प्रहार सुरु भएको छ।

आज मात्रै केशब स्थापितको शैलिमा दूर्गा प्रसाई नाम गरेका सर्बत्र आलेचित मेडिकल माफिया द्वारा गगन थापा आफु स्वास्थ्य मन्त्रि भएको बेला १४ करोड भ्रष्ट्राचार गरिएको भनेर प्रचारबाजि सुरु गरिएको छ।

तत्कालीन स्वास्थ्यमन्त्री थापाले घुस खाएको प्रमाण दिन सक्नुहुन्छ भनेर सोधिएको प्रश्नमा प्रसाईंले, “घुस भन्ने कुराको प्रमाण हुँदैन । यो त लेनदेनको विषय हो, लिने र दिनेलाई मात्रै थाहा हुन्छ, तर हामीलाई सूचना छ ।” भन्ने किसिमका आधारहिन अभिब्यक्तिहरु दिई आफुलाई चोख्याउने र गगन थापालाई बदनाम गराउने घिन लाग्दो षडयन्त्रको प्रारम्भ गरेका छन।

खुलेयामा रुपमा आफु प्रचण्डको भक्त भएको कुरा उनि आफैले पटक पटक भनेका छन।

माओबादि एमालेमा बिलय हुने अभियानमा आफुले महत्वपूर्ण भूमिका निर्बाह गरेको उनको ठहर छ।

प्रचण्ड र के पि ओलिले पार्टि बिलयका लागि गरेको भेटमा दूर्गा प्रसाइको घरमा खाना खाएको फोटो समाजिक संजालमा बाहिरिए संगै,

‘माफियाको घरमा पहिलो भोजन हुनु नराम्रो संकेत’ अथवा ‘देश भित्रिरुपमा पूर्णतया माफिया द्वार संचालित रहेको’ बुद्धिजिवि तथा बिश्लेषक हरुले टिप्पणि गरेका थिए।

आखिर प्रतिपक्षको बेन्चमा बसेर सरकारलाई कमजोरीको ऐना देखाईदिने एउटा शाहासि योद्धा गगन थापा जस्ता उर्जाशिल र जनताको आशा-भरेसा बोकेको ब्यक्तिलाई एउटा माफियाको माध्यमबाट खुईल्याउन खेजिन्छ या बदनामित पार्न खोजिन्छ भने,

यो सरकारले आफु जनताको नभएर माफिएको संरक्षणकर्ता हैन भनेर कसरी प्रमाणित गर्छ?

सरकारको नैतिकता र माफिया तथा दलालहरुको संजालबाट देशलाई कसरी जोगाउन सक्छ?

गगन थापा हिराको टुक्रा हो।

जो शोरुममा साजएर राखेपनि हिरा नै हो र फोहोरको बिचमा राखे पनि हिरा नै हो।

एउटा हिराको टुक्रालाई नैतिकतामा खिया लागेका कुनैपनि फलामे घनले हान्दैमा टुक्रिन्छ भन्नु आफैमा मिठो भ्रममात्रै हो।

डम्पिंग साईडमा फ्याकिएको एउटा फोहोरको पोको हिराको नजिक राख्दैमा हिराबाट दूर्गन्ध आउदैन।

पटक पटक राज्य र जनतालाई गद्दारी गरेर, ठुला नेताका कालो धनलाई सेतो बनाउन मोहोरा बनाईएका आफैमा नैतिक पतन र दूर्गन्धित नबधनाढ्य ब्यापारी(माफिया) हरुले रचेका मनगणन्ते कथाले अब कुनैपनि पाठक या श्रोतालाई बहकाउदैनन, बरु उल्टो गगन थापाको नैतिक छबिलाई उच्च बनाउन मद्दत गर्नेछन।

गगन थापा हजारौ नेपाली युवाहरुको मन मुटुमा बसेको छ,

कृपया कसैले पनि गगन थापालाई खुल्याउने प्रयत्नमा आफ्नो अमुल्य समयको बर्बादि नगरिदिनुहोला।

गगनलाई उसको उद्देश्य र रफतारबाट बिचलित पार्न यस्ता एक/दुई माफिया मात्रै हैन माफियाको कुनै शक्तिले पनि सक्दैन।

जय नेपाल

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *