के हुदैछ नेपालमा ? ७९ वर्षीया वृद्धाको सामूहिक बलात्कार, जिब्रो पनि काटे………

१७ वैशाख, काठमाडौं ।

इलामको रोङ गाउँपालिका-१, शान्तिपुरमा ७९ वर्षीया वृद्धाको सामूहिक बलात्कार भएको छ । उनलाई गएराति ११ बजे अज्ञात व्यक्तिको समूहले बलात्कार गरेको हो ।

बलात्कारपछि वृद्धाको जिब्रो समेत काटिदिएको जिल्ला प्रहरी कार्यालय, इलामले जनाएको छ । प्रहरी नायब उपरीक्षक रमेश बस्नेतका अनुसार अहिले अनुसन्धानका लागि एक जना प्रहरी निरीक्षक नेतृत्वको टोली शान्तिपुरतर्फ गएको छ ।

पीडित वृद्धालाई उपचारका लागि झापाको बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा ल्याइएको छ । हस्पिटलका डा. अनिल बस्नेतका अनुसार महिलालाई सोमबार राति नै हस्पिटल ल्याएको हो । ‘केही चोटपटकहरु देखिएका छन् ।

सुरुमा इमर्जेन्सी वार्डमा राखेर उपचार भएको थियो’, बस्नेतले अनलाइनखबरसँग भने, ‘अहिले ओपीडी वार्डमा राखेर उपचार भइरहेको छ ।’

यो बलत्कारिलाइ फासिको सजाये हुनपर्यो। सबै फेसबुक प्रयोगकर्ताले यो पोस्टलाइ शेयर गरि सक्दो जनमानसमा पुर्याउ र बलत्कार बिरुद्द अवाज उठाउ! सरकारलाइ दबाब दिउ कि बलत्कारिलाइ फाँसी दिने कानुन बना भनेर!

अनलाईन खबरवाट साभार

नेपाल जस्तो सानो मुलुक भयेर येति धेरै घिनलाग्दो बलात्कार को घटना सुन्दा साच्चै सतिले सरापेकै देश जस्तो लाग्छ। अब यसरी हुदैन ! नेपालमा पनि बलत्कारिलाइ फासिको सजाय हुनपर्यो । जस्ले बलत्कार गर्छ तेसलाइ फासिको सजाये दिनपर्ने कानुनको माग गरौ सबै जनताले । “बलत्कारी लाई फाँसी दे सरकार” ! मेरो देशलो इज्जत नालिमा बगिराको छ। अब भयेन । सबैले येसको बिरोध गरौ !

यो पोस्ट सबैमाझ पुराउ र बलत्कार बिरुद्द आवाज उठाउ। सबैले यो पोस्टलाइ शेयर गर्नुहोला।

share

Add Comment