किसानले बाख्रा बेचेर तिरेको करले ओलि सरकारका मन्त्रीले कार किनेका छन् : डा.सुरेन्द्र केसी

काठमाडौं – प्रा. डा. सुरेन्द्र केसीले संघियताको प्राक्टिस र स्थानीय तहमा वृद्धि भएको करको बिषयमा मुख खोलेका छन्।

‘इतिहास र अनुभूति’ भिडियो स्तम्भमा बोल्दै उनले केन्द्र सरकारले राम्रो नियमन र व्यवस्थापन गर्न नसक्दा स्थानीय तहरले लागू गरेको करहरु विवादमा परेको बताएका छन् ।

उनले भनेका छन्, ‘एक जना पहिलेका माओवादीका मन्त्रीले भन्दै थिए कि संघीयता खर्चिलो हुन्छ, कर जनताले तिर्ने हो ।

अनि संघीयता सफल पार्ने हो । यस्तो बुझाइ सरकारको भएपछि जनतामाथि कर त थोपरिने नै भयो नी । सरकारले खर्च कम गर्ने नीति भन्दा पनि कर बढाउने नीति लिएको छ ।

अनावश्यक विदेश भ्रमण, महंगा मोटरगाडी खरिद आदिका कारण समस्या सिर्जना भएको उनको धारणा छ ।

औषधि उपचारका नाममा पैसाको खोलो बगाउने नेताहरुले जनताका लागि सिटामोलको पनि प्रबन्ध नगरेको उनको तर्क छ । उनले अगाडी थपे, काठमाडौं भनेको कचौरा जत्रो सानो जिल्ला छ । यो जिल्लाको महानगर झन सानो छ ।

यति सानो महानगरमा गुड्न पनि मेयरहरुले २ करोडको गाडी चढ्छन् । ‘गत वर्ष नै गाडी किन्ने प्रक्रिया सुरु भएको हो । मेयर आएपछि गाडी आइपुगेको मात्रै हो । मेयरज्यूले महंँगो गाडी चढ्न खोज्नु भएको होइन जस्ता भाषा मिलाइन्छ ।

जसरी भए पनि राज्यको दोहोनमै सबैको ध्यान गएको छ । किसानले बाख्रा बेच्दा पनि कर उठाइएको छ । त्यो करले कार किनिएको छ ।

जताततै कर लाग्न थालेपछि आम मानिसले संघीयतालाई श्रापको रुपमा बुझ्न थालेको डा केसीको विश्लेषण रहेको छ ।

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *