कानुनले दोशी ठहराएको ढुंगेललाई आममाफी दिएर ओली सरकारले कानुनको खिल्ली उडायो!

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेता गगन थापाले गम्भीर फौजदारी अभियोग लागेका बालकृष्ण ढुंगेललाई आममाफी दिएर सरकारले विधिको शासनको खिल्ली उडाएको बताएका छन् ।

उनले मंगलबार दिउँसो ट्विट गरेर अपराध स्वीकार नगरेर अदालतलाई चुनौती दिने ढुंगेललाई आममाफी दिएर सरकारले अदालतलाई हेपेको दावी गरेका छन् । यस्तो छ गगनको ट्विट

“गणतन्त्र दिवसमा ढुङ्गेल रिहा!
गम्भिर फौजदारी अभियोगमा दण्डित व्यक्ति जो अपराध स्वीकार्दैन बरु अदालतलाई चुनौती दिन्छ।के ‘राम्रो आचरण’भनेर माफी दिन मिल्छ?अर्कोतर्फ अदालतमा छलफलरत विषयमा निर्णय गरेर सरकारले अदालतलाई हेपेको छ। यसले विधिको शासनको खिल्ली उडाएको छ।”

११ औं गणतन्त्र दिवसको अवसर पारेर मंगलबार सरकारले तत्कालिन माओवादी नेता ढुंगेलसहित ८१६ जना कैदीलाई माफी दिएको छ । उनी उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जेल सजाय भोगिरहेका थिए ।

सरकारको सिफारिसमा राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा मन्त्रिपरिषदको सिफारिसमा ११ औं गणतन्त्र दिवसको उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका ८१६ जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको उल्लेख छ ।

जबकी सर्बोच्च अदालतले नै दोशि ठहराएको ढुङ्गेललाइ जेलमुक्त गर्न मिल्छ भने अब यो देशमा के कानुन छ भन्नू र खै? ?

येसको घोर बिरोध गर्नै पर्छ । फेसबुक प्रयोगकर्ताले सक्दो शेयर गर्नुहोला ।

Add Comment