काङ्रेस चुप बस्दैन , आज नेपाली काङ्ग्रेसले गरेका ४ निर्णयहरु हेर्नुहोस

प्रेस विज्ञप्ति

आज मिति २०७५।०३।२० गते बुधबारका दिन नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता माननीय शेरबहादुर देउवाज्यूको अध्यक्षतामा नेपाली कांग्रेस संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबारमा बस्यो । बैठकमा निम्न प्रस्ताव माथि छलफल गरी निर्णय गरियो ।

१.जुम्लामा अनसनरत डा. गोविन्द केसीको माग प्रति ऐक्यबद्धता जनाउँदै डा. के.सी.को स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेस संसदीय दलले तीन सदस्यीय संसदीय प्रतिनिधि टोली जुम्ला पठाउने निर्णय गर्दछ । उक्त टोलीमा प्रतिनिधि सभा सदस्य माननीय प्रकाश रसाइली स्नेही, माननीय रंगमती शाही र प्रदेश सभा सदस्य माननीय दिनबन्धु श्रेष्ठ रहनु हुनेछ ।

२.आफ्नो छोरा कृष्ण अधिकारीको हत्यामा संलग्न अपराधीलाई कानूनी कारवाहीको माग राखी लामो समयदेखि काठमाडौं स्थित वीर अस्पतालमा अनसनमा रहनु भएकी गंगामाया अधिकारीको माग प्रति नेपाली कांग्रेस एक्येबद्धता जनाउँदै उहाँको स्वास्थ्य अवस्था बुझ्न संसदीय दलको तर्फबाट तीन सदस्यीय संसदीय प्रतिनिधि टोली पठाउने निर्णय गर्दछ । उक्त टोलीमा प्रतिनिधि सभा सदस्य माननीय पार्वता डि.सी चौधरी, माननीय डा. अमरेश कुमार सिंह र माननीय देव प्रसाद तिमिल्सिना रहनु भएको छ ।

३.शान्तिपूर्ण रुपमा भेला भई आफ्ना विचार राख्ने जनताको अधिकारलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेकोमा नेपाली कांग्रेस संसदीय दलको यो बैठक घोर आपत्ती प्रकट गर्दछ । अबिलम्ब निषेधित क्षेत्र घोषणाको निर्णय फिर्ता लिन सरकारलाई संसदीय दलको यो बैठक माग गर्दछ । सरकारले तत्काल उक्त निर्णय फिर्ता नलिए जनताको तर्फबाट नेपाली कांग्रेसले निषेधाज्ञा अवज्ञा समेत गर्ने निर्णय गर्दछ ।

४.दिनानुदिन महङ्गी बढी रहेकोले जनताको जीवनमा कठिनाई भइरहेको छ । जनताको आम्दानी घट्दै जाने र खर्च बढद्ै जाने यो असहज अवस्थालाई सरकारले गम्भीरतापूर्वक लिन र तत्काल महङ्गी नियन्त्रण गर्न सरकालाई माग गर्दछ ।

बालकृष्ण खाण
प्रमुख सचेतक
नेपाली कांग्रेस संसदीय दल

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *