कांग्रेसलार्इ बचाउने हाे भने सबै तहका समिति विघटन गराैँ : पूर्वमहामन्त्री गुरुङ

काठमाडौँ : नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं केन्द्रीय सदस्य कुलबहादुर गुरुङले पार्टीलाई वर्तमान गम्भीर अवस्थाबाट बचाउन जुनसुकै जिम्मेवारीका साथ पार्टी सञ्चालन गर्ने प्रण गर्नुभएको छ ।

नेता गुरुङले शुक्रबार अायाेजित पार्टी कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै काँग्रेस गुटमा मात्र रुमलिइरहे विलीन भएर जाने चिन्ता व्यक्त गर्नुभयो । पार्टी नेतृत्वको कार्यशैलीका कारण काँग्रेसका कार्यकर्ताको गला अवरुद्ध भएको, पुराना काँग्रेस नेताहरुमा निराशा आएको र तरुण पुस्तामा विद्रोहको भावना आएको आफूले महसुश गरेको बताउनुभयो ।

अहिले नेपाली काँग्रेसले आफ्नो स्थापनाकालीन नीति र सिद्धान्त एवम् जननायक बी.पी. कोइरालाले अवलम्बन गर्नुभएको विचार र चिन्तनलाई छोडेको कारण पार्टी आजको दयनीय अवस्थामा पुगेको उहाँको धारणा थियो ।

निर्वाचनमा भएको पराजयको सम्पूर्ण जिम्मेवारी टिकट वितरण गर्ने संसदीय समिति, वर्तमान केन्दीय कार्यसमिति र यसको नेतृत्वले लिनुपर्ने उहाँको विचार थियो ।

नेता गुरुङले नयाँ संविधानअनुसार काँग्रेसको विधानमा समयानुकूल परिमार्जन गरी, सबै तहका समितिलाई विघटन गरी, तदर्थ समिति बनाई सबै तहको अधिवेशन आगामी ६ महिनाभित्र सम्पन्न गरी नयाँ नेतृत्वको चयन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

……………….

वि.सं.२०७५ साल जेठ १९ गते। शनिबार। इश्वी सन् २०१८ जुन २ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३८ । अधिक ज्येष्ठ कृष्णपक्ष। तिथि– चतुर्थी, २६:०३ बजेउप्रान्त पञ्चमी। नक्षत्र– पूर्वाषाढा, ७:३४ बजेउप्रान्त उत्तराषाढा। योग– शुक्ल, १८:५७ बजेउप्रान्त ब्रह्म। करण– वव, १३:०१ बजेदेखि वालव, २६:०२ बजेउप्रान्त कौलव। आनन्दादिमा मातंग योग। चन्द्रराशि– धनु, १४:१४ बजेउप्रान्त मकर। काठमाडौँमा सूर्योदय– ५:१० बजे, सूर्यास्त– १८:५४ बजे र दिनमान ३४ घडी २० पला।

मेष(चू,चे,चो,ला,लिई,लू,ले,लो,अ) : अध्ययन अध्यापनमा अरूलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुँनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउँनेछ । रमाइलो यात्राको तय हुँने तथा व्यापारबाट मनग्गे नाँफा कमाउँन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको महसुस गर्नेछन् ।

बृष (ई,ऊ,ए,ओ,वा,बि,वू,वे,वा) : ऋण,रोग तथा शत्रुको सामना गर्नुपर्दा दैनिक कामहरू प्रभावित हुँनेछन् । प्रेम सम्बन्धमा मनमुटावको अवस्था सिर्जना हुँनेछ भने पति पत्नीबिच अविश्वास पैदा हुँन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रीय घटना नघट्ला भन्न सकिन्न । मध्यान्हबाट समय राम्रो रहेकोले धार्मिक यात्रा तथा शैक्षिक यात्रा हुनेछ । आफ्ना तथा आफन्तअरुको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : माया प्रेममा नजिक हुने तथा आफन्त तथा प्रियजन भेटिने हुँदा मन प्रसन्न रहनेछ । रमाइलो यात्राको तय गर्न सकिनेछ । परिवार सँगै बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्ने हुनाले मन खुसी रहनेछ । पढाई लेखाइमा राम्रो नतिजा ल्याउँदै अगि बढ्न सकिनेछ । मध्ध्यान्हबाट समय मध्यमय रहेकोले काम गर्दा वा सवारी साधन चलाउँदा ध्यान दिनुहोला ।

कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो) : मामा तथा मावलिबाट तपाईँको काममा सहयोग हुँनेछ भने परिवारका आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । अदालत तथा न्यालयबाट हुँने न्यायिक निर्णयहरू तपाईँ आफ्नै पक्षमा हुँनेछन् । पढाई लेखाइमा अरूभन्दा अग्र पंतिमा तपाईँको नाम आउँने तथा विजयको योग रहेको छ । व्यापार व्यावसायमा प्रशस्त नाँफा कमाउँन सकिनेछ भने व्यावसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउँन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : सरकारी कार्यालयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । प्रेममा नजिक हुने योग रहेको छ । पुराना ऋण तथा रोगबाट छुटकारा पाइने समय रहेको छ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाइनेछ । कुनै पनि प्रतिस्पर्धामा तपाईँको नमः अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्तहरू सँग भेट घाटले मन प्रफुल्लित हुनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आय आर्जनका स्रोतहरू बढ्नेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : लामो समयदेखि थाती रहेको काम बन्नेछ भने विभिन्न अवसरको सदुपयोग गरी मनग्गे धन तथा सम्पनि सङ्ग्रह गर्न सकिनेछ । आर्थिक मुद्दाहरू हल भएर जानेछन् भने मित्रहरूको सहयोग रहनाले सकयमा कामहरू बन्नेछन् । पढाई लेखाइमा पहिले भन्दा सुधार भएर जानेछ भने अलि बढी मेहनेत गर्दा नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पत्ति तथा बिलाशि बस्तुको प्रयो गर्न पाइने हुँदा मन प्रफुल्ल हुनेछ । अध्ययनको सिलसिलामा यात्रा गर्न सकिने समय रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : प्रणय सम्बन्धमा सुधार हुँनेछ भने एक अर्काको सहयोगले खोजमुलक विषयमा मन जानेछ । आम्दानी बढाउँन गरिने कामहरू समयमा नै सम्पन्न गरी आर्थिक स्थिति मजभुत पार्न सकिनेछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणाम मुखि कामगर्न सकिनेछ । मध्यान्हपछि समय मध्यमय रहेकोले तपाईँको व्यावहारले मान्यजन तथा आमाको मन दुख्नेछ ध्यान दिनुहोला । अरूकै काममा समय बित्ने हुँदा आफ्नो काम थाती रहनेछ ।

बृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) : व्यापार व्यावासायमा बाट मनग्गे आम्दानी हुनेछ भने आम्दानी बढ्ने हुनाले काम गर्न जोस जाँगर आउनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै जान सकिने हुनाले मन प्रसन्न रहनेछ । कला, साहित्य तथा यस्तै क्षेत्रमा समय खर्चिने हरूले मनग्गे धन तथा सम्पत्ति कमाउन सक्नेछन् । पढाई लेखाइमा थोरै समय दिए पनि सफलता हात लाग्नेछ । कुटुम्बबाट आवश्यक सहयोग पाइने हुनदा मन खुसी रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,डा,भे) : पढाई लेखाइमा सुधार गरी नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ । नौलो प्रकृतिको काम गरेर आम्दानीका स्रोत बढाउँन सकिनेछ भने व्यापारमा आजको दिन लगानी गर्नाले पछिसम्म लाभ मिल्नेछ । पारिवारिक जमघट वा घर परिवारमा आफन्त सँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुँनाले सबै खुसी रहनेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : सामान्य स्वास्थ्य सम्बन्धी समस्या बाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जाँगरमा कमी आउनेछ । अरूको भर पर्दा काम नबन्ने तथा चिताएको काममा विलम्ब हुनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले आफन्त तथा घर परिवारको सहयोग पाइने योग रहेको छ । नयाँ काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ । पढाई लेखाइमा मन जाने हुनाले नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सु,से,सो,दा) : व्यापार व्यावसायमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउँन सकिनेछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुँनेछ । माया प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेको छ । सवारी साधन तथा अन्य भौतिक सम्पतिहरु लाभ हुँनेछ । पढाई लेखाइमा सुधार हुँने हुनाले अरू भन्दा अगाडि बढ्न सकिनेछ । साँझपख लामो दुरीको यात्रा हुनेछ भन विदेश यात्राको गतिलो सम्भावना रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : समाजसेवा तथा राजनीतिमा समय दिनेहरूले जनताको प्रत्यक्ष सहभागिता सहितको सहयोग पाउँनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरू फराकिला हुँनेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईँको बौद्धिकताक सबैले सम्मान गर्नेछन् । गीत सङ्गीत तथा कला साहित्यमा समय दिनेहरूले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ ।

तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी गणेश काफ्ले

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *