कांग्रेसमा देउवा इतरको समुहबाट गगन थापा निर्विकल्प महामन्त्रीका उम्मेद्वार !

काठमाडौंः गत साउन ९ गते कांग्रेस नेता डा. शेखर कोइरालाले सार्वजनिक कार्यक्रममै युवा नेता गगन थापालाई मिलेर पार्टी जोगाउन आह्वान गरे ।

अहिले उक्त आह्वान नेपाली कांग्रेसको नेतृत्व देखि तत्लो तहको कार्यकर्ताबीच तातो बहसको रुपमा चर्चा पाएको छ ।

नेपाली कांग्रेसको आगामी १४ औ महाधिवेशनको दौड सुरु भइसकेको छ । भने नेताहरु जिल्ला दौडाहमा लागि सकेका छन् । १३ औ महाधिवेशनमा सवैभन्दा धेरै मत ल्याएर केन्दिय सदस्यमा निर्वाचित शेखर कोइराला सभापतिको दौडमा छन् ।

भने कोइराला परिवार भित्रैबाट महामन्त्री डा. शशांक कोइराला पनि सभापतिमा लड्ने संकेत गरेका छन् । यद्यपी शशांकले शेखर, सुजता र आफु मध्ये एक जना सभापतिको उम्मेदवार हुने बताएका छन् ।

नेपाली कांग्रेसको आगामी १४ औ महाधिवेशनको दौड सुरु भइसकेको छ । भने नेताहरु जिल्ला दौडाहमा लागि सकेका छन् । १३ औ महाधिवेशनमा सवैभन्दा धेरै मत ल्याएर केन्दिय सदस्यमा निर्वाचित शेखर कोइराला सभापतिको दौडमा छन् ।

भने कोइराला परिवार भित्रैबाट महामन्त्री डा. शशांक कोइराला पनि सभापतिमा लड्ने संकेत गरेका छन् । यद्यपी शशांकले शेखर, सुजता र आफु मध्ये एक जना सभापतिको उम्मेदवार हुने बताएका छन् ।

यता देउवा समहूमा भने त्यतिधेरै विवाद छैन । देउवा चुनाव नलडेको खन्डमा विमलेन्द्र निधी सभापतिका दावेदार हुन् । निधी पनि आन्तरिक रुपमा देउवा भन्दा आफू सभापति लड्नुपर्नेमा लविङ तिव्र पारेका छन् ।

कुन समूहमा जाने भन्नेमा विजयकुमार गच्छादारले टुंगो लगाएका छन् । पार्टीनै समाहित गरेका गच्छादारको सहयोग पनि महाधिवेशनमा निर्णायक हुनसक्छ ।

देउवा नजिक देखिएका गच्छादारले आगामी दिनमा लिने निर्णयले पार्टी भित्रको आन्तरिक समिकरणमा ठुलै प्रभाव पार्ने देखिन्छ ।

देउवाइतर समूहमा सभापतिको दावेदार धेरै देखिएपनि महामन्त्रीमा भने गगन थापा सर्वसम्मत उम्मेदवारको रुपमा देखिएका छन् ।

गत महाधिवेशनमा करिव ६ सयमत ल्याएका थापा महामन्त्रीका सवैभन्दा बलिया उम्मेदवार हुन् ।

यता देउवा समूह पनि युवा उम्मेदार उठाउने योजनामा रहेको छ । प्रकाशशरण महत, बालकृष्ण खाँड वा विश्वप्रकाश शर्मा मध्ये एक उम्मेदवार बनाएर जाने तयारीमा लागेका छन् ।

यता शेखर कोइराला र गगन थापाबीच बाक्लो कुराकानीले नयाँ टिम जन्मिन सक्ने आंकलन समेत गरिएको छ ।

तर देउवाइतर टिममा धेरै आकांक्षी देखिएपनि देउवालाई हराउन एकै ठाँउमा उभिनुको विकल्प नभएको भन्दै आंकक्षीबीच छलफलहरु तिव्र पारिहेको एक नेताले जानकारी दिए ।

‘कुनै पनि बाहानमा पुनः देउवालाई पार्टी सभापति बनाउनु भनेको कांग्रेसको दुर्भाग्य हुने छ, रोक्न हामी एक ठाउमा हुन्छौ,’ ति नेताले भने ।

‘देउवाको चुनौती चिर्न शेखर समूहले पौडेल, सिंह, सिटौला र थापाहरूको युवा जमातलाई एकैठाउँ ल्याउन सक्नुपर्छ ।

पौडेल, शेखर, सिंह जोसुकै सभापतिका लागि लडे पनि देउवाइतरको निर्णायक समूहलाई विश्वास दिलाउन सक्नुपर्नेमा ती नेताले जोड दिए ।

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *