कर्मचारीको तलब बढेन, भत्ता २ हजारले बढ्यो, २ लाखसम्मको बीमा गर्दा ५० प्रतिशत सरकारले तिरिदिने


काठमाडौं

सरकारले राष्ट्रसेवक निजामति कर्मचारीहरुको तलब बढाएन । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट सार्वजानिक गर्दै कर्मचारीको तलब नबढाइएको जानकारी दिए ।
तर, तलब वृद्धिका लागि पुनरावलोकन आयोग गठन गर्ने अर्थमन्त्रीले जानकारी दिए ।

तर, सरकारले कर्मचारीको भत्ता भने २ हजार रुपैयाँले बढाएको छ । कर्मचारीहरुले अब वार्षिक १० हजार रुपैयाँ पोशाक भत्ता पाउने छन् ।

त्यसैगरी, निजामति कर्मचारीको २ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा गर्ने व्यवस्था मिलाइएको र त्यसको ५० प्रतिशत प्रिमियम सरकारले नै तिरिदिने अर्थमन्त्रीले बताए । ५० प्रतिशत बीमाशुल्क भने सम्बन्धीत कर्मचारीले नै तिर्नुपर्ने छ । सरकारले बजेटमार्फत कर्मचारीको तलब नबढाउने भएको छ । तर, भत्ता भने बढाउने भएको छ ।सरकारले बजेटमार्फत कर्मचारीको तलब नबढाउने भएको छ । तर, भत्ता भने बढाउने भएको छ ।

सरकारले बजेटमार्फत कर्मचारीको तलब नबढाउने भएको छ । तर, भत्ता भने बढाउने भएको छ ।

त्यस्तै, तलब वृद्धिको बिकल्पमा सरकारले सबै कर्मचारीहरुको स्वास्थ्य बीमा गरिदिने भएको छ ।

कर्मचारीलेहरुले तलब बढाउनुपर्ने माग गर्दै आएका थिए । तलब वृद्धिको माग गर्दै अर्थ मन्त्रालय पुगेका कर्मचारी युनियनका नेताहरुलाई अर्थमन्त्री डा. युवराज खतिवडाले ढुकुटी रित्तो भएकाले तलब बढाउन नसकिने जवाफ दिएका थिए ।

अर्थमन्त्रीले तलब नबढाउने निश्चित भएपछि कर्मचारी युनियनका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ पुगेका थिए ।

Add Comment