कमल थापाले राखे काँग्रेससँग पार्टी एकताका प्रस्ताव,कम्युनिष्ट सरकारमा हलचल उत्पन्न !

काठमाडाै । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली काँग्रेसलाई बैचारिक एकतासँगै पार्टी एकताको लागि आब्हान गरेका छन् । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको आयोजनामा शुक्रबार हेटौंडामा भएको प्रदेश ३ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा थापाले काँग्रेस सहित अन्य प्रजातान्त्रिक बिचार बोकेका दलहरुलाई पार्टी एकता गर्न आब्हान गरेका हुन् ।

उनले कांग्रेस बेलैमा आफ्नो वैचारिक कित्तामा नआए प्रजा परिषदको हैसियतमा पुग्ने दाबी समेत गरेका छन् । काँग्रेसलाई आफ्नो बैचारिक धरातल नबिर्सिन आग्रह गर्दै थापाले प्रजातान्त्रिक शक्तिहरु मिल्नुको बिकल्प नभएको बताए ।

फरक प्रसँगमा उनले फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन नहुने गरी नियमावली पारित गरेर राजनीतिलाई अपराधिकरणतर्फ उन्मुख गराउनु दाबी समेत गरेका छन् ।

तपाइकाे खबर बाट

यो प्रस्ताव तपाइलाइ कस्तो लागेको छ ? कृपया कमेन्टमा प्रतिकृया दिनुहोला

Add Comment