ओली सरकार ढल्दै, नयाँ प्रधानमन्त्री को ? दिल्लीबाट भयो सनसनीपूर्ण खुलासा

काठमाडौं – पाँच वषका लागि गठन भएको र स्थायी भनिएको केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकार धेरै नटिक्ने भएको छ। ओली सरकार अबको डेढ वर्षभित्र ढल्ने र नयाँ सरकार बन्ने खुलासा भारतको राजधानी नयाँ दिल्लीबाट भएको छ।

भर्खरै भारतको भ्रमण गरेका नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिल्लीमा यस्तो खुलासा गरेका हुन्। उनले भारतीय नेताहरुसँग दुई वर्षभित्र प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद आफूले पाउने समझदारी भएको कुरा शेयर गरेका हुन्।

चारदिन भारत भ्रमणमा गरेर हालै स्वदेश फर्किएका दाहालले भारतीय पत्रिका हिन्दुस्तान टाइम्ससँगको अन्तरवार्तामा आफूले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भएको समझदारीका बारेमा भारतीय नेतालाई पनि जानकारी गराएको बताएका छन्।

‘तपाईहरुको बीचमा कस्तो समझदारी भएको छ रु ओलीले दुई वर्ष भित्रमा प्रधानमन्त्री, पार्टी अध्यक्ष वा दुवै पद दिने प्रतिवद्धता जनाउनुभएको छ रु’ भन्ने प्रश्नको जवाफ दिँदै अध्यक्ष दाहालले दुई मध्य एक पद दिने समझदारी भएको बताएका छन्।

यदि दिएनन् भने नि रु भन्ने प्रश्नमा दाहालले भनेका छन्, ‘त्यसपछि हेरौँला, अहिले हामी इमान्दारीसाथ अघी बढिरहेका छौँ । म त्यसैअनुसार अघी बढेको छु । यो विषयमा मैले भारतीय नेतासँग पनि भनेको छु।’

उसो त प्रचण्डको भारत भ्रमणलाई सत्ता हस्तान्तरणको वातावरण बनाउने प्रयासको रुपमा पनि लिइएको छ। प्रचण्डको भ्रमणपछि धेरैले उनलाई भावी प्रधानमन्त्री भनेर चित्रण गरिरहेका छन्।

Add Comment