ओली सरकारलाई घुँडा टेकाउने चिकित्सकहरूलाई कांग्रेसले दियो साथ

भरतपुर – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभिन्न माग राखेर सडकमा उत्रिएका चिकित्सकहरूको आन्दोलनप्रति समर्थन रहेको जनाएका छन् ।

कांग्रेस सभापति देउवाले चिकित्सकहरूका मागलाई पूरा गर्न कम्युनिस्ट सरकारसँग आग्रह गरे । भरतपुरमा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले चिकित्सकहरूका माग सम्वोधन हुनुपर्ने बताए ।

सभापति देउवाले सरकारका पछिल्ला कामकारबाही सहि ढंगले अघि नबढेको आरोप लगाएका छन् । विमस्टेक सम्मेलन भने सफलतापूर्वक सम्पन्न भएको छ’, उनले भने, ‘सार्क र विमस्टेक फरक–फरक संगठन भएकाले एकलाई अर्कोसँग जोड्न हुँदैन ।’

विम्स्टेक सम्मेलनका राष्ट्रबीच हुन लागेको संयुक्त सैन्य अभ्यास सहमति अनुसार हुन लागेको कांग्रेस सभापति देउवाले बताए ।

देशमा पछिल्लो समयमा बढेका बलात्कारका घटनाप्रति देउवाले चिन्ता व्यक्त गरे । ‘दोषीको पहिचान गरी कारबाही गराउन सरकार असफल भएको छ’, उनले भने ।

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *