ओलीलाई माग्नेबुढाको सल्लाह- डाक्टरको उपाधि मोदीलाई नै फिर्ता दिनुस तर देशको सिमा जोगाउनुस

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदो २८ वैशाखमा नेपाल भ्रमणमा आउँदैछन् । मोदी समक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले के-कस्ता मुद्दा उठाउने हुन्, त्यो हेर्न बाँकी छ । हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ले भने प्रधानमन्त्री ओलीलाई सिमा क्षेत्रमा भएका हस्तक्षेपको मुद्दालाई उठाउन सुझाव दिएका छन् ।प्राय देशका समसामयिक विषयबारे फेसबुकमा आफ्नो भावना पोख्ने माग्नेबुढाले फेसबुकबाटै प्रधानमन्त्रीलाई यो सुझाव दिएका हुन् । उनले आफ्नो स्टाटसमा भारत भ्रमणमा जाँदा प्रधानमन्त्रीले पाएको डाक्टर उपाधि फिर्ता गर्नसमेत आग्रह गरेका छन् ।माग्नेबुढाको स्टाटस यस्तो छ:केपी बा, हजुरले मोदि काकालाई रातो कार्पेट ओक्ष्याउनै लाग्दा उता मोदिका भतिजाहरुले सिमानामा थाॅग्नो ओक्ष्याएछन । रास्ट्र्बादीको बिल्ला भिरेको सरकारले कुटनीतिक तबरले यो समस्या समाधान नगर्ने हो भने नेपाली जनताले अर्को चुनावमा हजुरहरुलाई त्यही थाॅग्नामा लगेर सुताउछन्। देखिएका समाचार सत्य हुन भने ” सिमानामा ठोस संरचना बन्यो भने भोलि सिमाना सार्न सकिदैन ” भन्ने आशयले नेपाल भित्र आएर खम्बा उखेलेका रहेछन। अस्ती हजुरलाई डाक्टरको उपाधी भिराएर पठाका छन क्यार , मोदि काका आॅउदा त्यो उपाधी हातमा थमाएर भन्नुहोला ” उपाधी लानोस ,सिमाना छोड्नोस।– शिघ्र समस्या समाधान होस भनि माग गर्दछु। जय मातृभूमि।

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *