ओलीको गाँऊकी बृद्धले रेडियोमा भत्ता बढेको नसुनेपछि फोन गरेर के भनिन् विश्वप्रकाशलाई ?

काठमाडौं, १६ जेठ । बृद्धभत्ता ५ हजार पु¥याउने उद्घोष सहित चुनावमा जित हासिल गरेका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारे बृद्धि भत्ता भने बढाएको छ्रैन ।

मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटमा बृद्ध भत्ता बढएका छैनन् । त्यसो कटाक्ष गर्दै नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले ट्वीट गरेका छन् ।

यस्तो छ ट्वीट
वृद्धभत्ता ५ हजार दिने भनेका थिए,
रेडियोले त्यो भनेन बाबू,के भाझको हो,लौ न बुझ्दिनु

मोबाइलमा फोन गर्न लगाएर वृद्ध माता छांयादेवी कार्किले झापा बाहुन्डांगिबाट मलाई प्रश्न गर्नुभयो, जवाफमा मैले भनें –आमा त्यो चुनाव जित्ने फण्डा थियो,चुनाव सकियो कुरा सकियो,तीनलाई माफ गरिदिनु

यो पनि पढ्नुहोस

कानुनले दोशी ठहराएको ढुंगेललाई आममाफी दिएर ओली सरकारले कानुनको खिल्ली उडायो!

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेता गगन थापाले गम्भीर फौजदारी अभियोग लागेका बालकृष्ण ढुंगेललाई आममाफी दिएर सरकारले विधिको शासनको खिल्ली उडाएको बताएका छन् ।

उनले मंगलबार दिउँसो ट्विट गरेर अपराध स्वीकार नगरेर अदालतलाई चुनौती दिने ढुंगेललाई आममाफी दिएर सरकारले अदालतलाई हेपेको दावी गरेका छन् । यस्तो छ गगनको ट्विट

“गणतन्त्र दिवसमा ढुङ्गेल रिहा!
गम्भिर फौजदारी अभियोगमा दण्डित व्यक्ति जो अपराध स्वीकार्दैन बरु अदालतलाई चुनौती दिन्छ।के ‘राम्रो आचरण’भनेर माफी दिन मिल्छ?अर्कोतर्फ अदालतमा छलफलरत विषयमा निर्णय गरेर सरकारले अदालतलाई हेपेको छ। यसले विधिको शासनको खिल्ली उडाएको छ।”

११ औं गणतन्त्र दिवसको अवसर पारेर मंगलबार सरकारले तत्कालिन माओवादी नेता ढुंगेलसहित ८१६ जना कैदीलाई माफी दिएको छ । उनी उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जेल सजाय भोगिरहेका थिए ।

सरकारको सिफारिसमा राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा मन्त्रिपरिषदको सिफारिसमा ११ औं गणतन्त्र दिवसको उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका ८१६ जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको उल्लेख छ ।

जबकी सर्बोच्च अदालतले नै दोशि ठहराएको ढुङ्गेललाइ जेलमुक्त गर्न मिल्छ भने अब यो देशमा के कानुन छ भन्नू र खै? ?

येसको घोर बिरोध गर्नै पर्छ । फेसबुक प्रयोगकर्ताले सक्दो शेयर गर्नुहोला ।

आत्तिनुपर्ने अवस्था आएको छैन, आउने चुनावमा बहुमत ल्याइन्छ : सभापति देउवा

काठमाडौँ, १२ जेठ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चुनावमा आफ्नै नेताका कारण कांग्रेस हारेको दाबी गरेका छन् । चुनाव सकिएको एक वर्षसम्म पनि देउवाले चुनावलाई बिर्सन सकेका छैनन् । उनले हरेक कार्यक्रममा कांग्रेसले पार्टीभित्रकै अन्र्तघातका कारण हारिएको बताउँदै आएका हुन् । देउवाले कम्युनिष्ट एकतालाई काँग्रेसले अवसरका रुपमा लिनुपर्ने बताएका छन् ।

काँग्रेसको भातृ संगठन नेपाल सांस्कृतिक संघको १२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै देउवाले पार्टीभित्र एकता आवश्यक रहेको बताए । अरू एक हुँदा आत्तिनुपर्ने अवस्था छैन, अब हामी एक भएर अघि बढौँ, आउने चुनावमा जितिन्छ,’ उनले भने ।काँग्रेस सभापति देउवाले प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा पार्टीभित्र आफ्नै नेतालाई हराउन आफ्नै नेताहरु लाग्दा धेरै स्थानमा पराजय बेहोर्नु परेको दाबी गरे ।

‘चुनाव हारेको छ भन्ने मानसिकता त्यागेर पाँच वर्षभित्र काम गरेर हारलाई विजयमा परिणत गर्न लाग्नुपर्छ, उनले भने, ‘गुट–उपगुट त्यागेर अगाडि बढ्नुपर्छ ।’पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसका लागि वर्तमान अवस्था चुनौतीपूर्ण रहेको बताएका छन् । ‘वर्तमान चुनौतीको सामना गर्दै कम्युनिष्ट शक्तिसँग लड्न काँग्रेसीहरु एक हुनु जरुरी छ,’ उनले भने ।

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *