एक दिनमा ६० हजारको पानी पिउने ओलीले गरिब जनताको लागी सोच्दैनन् : रामहरि खतिवडा

नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद रामहरि खतिवडाले अरनिको टेलिभिजनको कार्यक्रम दृष्टिकोणमा कुराकानी गर्दै केपी ओली सरकारले हावादारी मात्रै कुराकानी गरिरहेको आरोप लगाएका छन्।

बृद्धभत्ता बढाउने लगायतका धेरै आश्वासन बाँढेर चुनाव जितेर जनतालाई ओलीले झुक्काएको खतिवडाको भनाई छ।

कांग्रेसले तत्कालीन एमाले-माओवादी पार्टीलाई लोकतन्त्र सिकाएको बताउँदै खतिवडाले कांग्रेसले नेपाली जनतालाई स्वतन्त्रता दिलाउन ठूलो भूमिका खेलेको बताए।

‘प्रधानमन्त्री केपी ओलीले एक बोतलको पन्ध्र हजार मूल्य पर्ने दिनमा चार बोतल पानी पिउँछन्।

दिनभरीमा ओलीले पिएको पानीको खर्च मात्रै साठी हजार हुन्छ।त्यस्तै पर्यटनमन्त्रीले ६० करोड आफ्ना नजिकका मान्छेलाई बाँडेर सिध्याएर ढुकुटि खोक्रो पारेका छन्।

पाँच हजार बृद्धभत्ता बाँढ्दा देशभरिका जनताले पाउँथे तर आसेपासेलाई मात्र पैसा बाँढेर ६० करोड ओली सरकारले सिध्यायो’,खतिवडाले भने।

छोराको हत्यारालाई कारवाहीको माग राख्दै अनसनमा बसेकी गंगामायालाई न्याय नदिलाएको भन्दै ओली सरकारको आलोचना गर्दै खतिवडाले प्रश्न गर्दै भने-

‘हिजो कांग्रेस सरकार भएको समयमा गंगामायाका श्रीमानको निधन भएकोमा हामि दुखी छौ र त्यतिबेला पनि गंगामायाले न्याय पाउनु पर्थ्यो।तर कांग्रेसको सरकारले जे गल्ती गर्यो त्यहि गल्ती दोहर्याउन दुई तिहाईको सरकार बनेको हो?’

प्रकाशित मिति : २०७५ असार २९,शुक्रबार

Add Comment