एक खुट्टाले साईकल चलाएर रारा तालसम्म पुगे यमलाल

मुगु: कैलालीका यमलाल रसाईली एक खुट्टे अपाङ्गता भएका साईकल यात्री सुर्खेतबाट मुगुको रारा तालसम्म पुगेका छन् ।

अपाङ्गगता भएका नागरिकको सम्मान तथा सामाजिक न्यायमा सुनिश्चितता सहित रसाईली नेपालको राष्ट्रिय झन्डा सहित साइकल यात्रामा निस्किएका हुन् । साईकल चलाएरै उनी कर्णाली प्रदेशको सुर्खेत, दैलेख, कालीकोट, नाग्मासम्म र नाग्मदेखी जुम्लाको सिन्जा र मुगुको रारासम्म एक खुट्टाले साईकल चलाएर पुगेका हुन् । रसाइलीले अहिलेसम्म नेपालका ३८ जिल्लामा साईकलको यात्रा गरी सकेका छन् ।

२०७५ साललाई कर्णाली प्रदेशलाई पर्यटन बर्ष घोषण गर्न बैशाख १ गते मुगु पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीमा विद्यार्थी भर्ना अभियान सुरु गरेपनि अपाङ्ग तथा बालमैत्री बिद्यालय नभएकोमा रसाइलीको असन्तुष्टि रहेको छ । अपाङ्गता भएका व्यक्तिमा पनि क्षमता रहने भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

……

उर्लाबारी, मोरङ। मोरङको रंगेली नगरपालिका–८ मा सोमबार साँझ ट्रयाक्टरकाे ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।

को २ त ५०६७ नम्बरको ट्र्याक्टरले को २ प १३९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार कटहरी गाउँपालिका बस्ने ४० वर्षीया लतिया पासवानको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

स्थानीय चिसाङ खोलाबाट बालुवा लिएर आउँदै गरेको ट्र्याक्टरले रंगेली–दोहमना सडकखण्डमा उक्त मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलका चालक सोही ठाउँका ५० वर्षीय पुरुषोत्तम रिजाल सामान्य घाइते भएका छन् । उनको रंगेली अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने ट्र्याक्टर र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय, रंगेलीले नियन्त्रणमा लिएको छ ।

…..

मुग्लिन । निर्माणाधीन मुग्लिनदेखि नारायणगढ सडकखण्डमा पहिराे खस्दा अाज बिहानैदेखि बन्द भएकाे छ । ‘चारकिलो’ भन्ने ठाउँमा पहिरो खसेपछि सडक दुर्इतर्फी रूपमै बन्द भएकाे हाे ।

सडककाे पहिराे पन्छाउने क्रममा थप पहिराे खसेपछि सडक पूर्ण रूपमा रूपमा अवरूद्ध भएकाे हाे । रातिदेखि परिरहेकाे पानीका कारणा चारकिलोमा बिहान ५ बजेतिर पहिरो खसेकाे जिल्ला प्रहरी ट्राफिक कार्यालय, चितवनले जनाएकाे छ । पानीका कारण पहिराे पन्छाउन समेत समस्या भएकाे छ ।

दुई दिनअघि पनि यही स्थानमा पहिरो खस्दा तीन घण्टाभन्दा बढी सडक अवरुद्ध भएको थियो । नरायणगढ-मुग्लिन सडकखण्ड चौँडा पार्ने काम अहिले अन्तिमतिर पुगे पनि भित्तो काटिएको क्षेत्रमा बेलाबेलामा पहिरो खस्ने गर्छ ।

…..

एजेन्सी :

भारतीय विदेशमन्त्री सुष्मा स्वराज ब्रिक्सका सदस्य देशहरूको सम्मेलनमा भाग लिन दक्षिण अफ्रिका जाने क्रममा शनिबार उनी चढेकाे विमान हरायाे । उनी चढेको विमान १४ मिनेटसम्म सम्पर्कविहीन भएपछि स्थिति निकै तनावग्रस्त भएको थियाे ।

सुष्माको दक्षिण अफ्रिकाको यात्राको क्रममा मोरिससको एयर ट्राफिक कन्ट्रोल (एटीसी) ले एक अलर्ट जारी गरेपछि १४ मिनेटसम्म स्थिति असामान्य रहेको बताइएको छ । सुष्मा स्वराज भारतीय वायुसेनाको जुन विमानमा सवार थिइन्, करिब १४ मिनेटसम्म उक्त विमान मोरिससको एटीसीसँग सम्पर्क नै नभएपछि अलर्ट जारी गरिएको थियो ।

दक्षिण अफ्रीकाका राष्ट्रपति सिरील रामाफोसासँग भेटघाटका क्रममा स्वराज

एयरपोर्ट अथोरिटी अफ इन्डियाका जनरल म्यानेजर (कर्पोरेट कम्युनिकेशन) जेबी सिंहका अनुसार मोरिससले एकतर्फी अलर्ट जारी गरेको थियो । यस्तो प्रकारको अलर्ट कुनै विमान आधा घण्टासम्म सम्पर्कमा नरहे जारी गरिन्छ, तर सुष्मा सवार विमान १४ मिनेट सम्पर्कमा नरहँदै अलर्ट जारी गरियाे । उनी भीभीआईपी भएकाले अलर्ट जारी गरिएकाे बताइन्छ ।

‘त्यो वायुसेनाको विमान थियो र हाम्रो एयरस्पेसमा थिएन । माले (मालदिभ्सको राजधानी) ले मोरिससलाई उक्त विमानसँग सम्पर्क गर्नका लागि संदेश दिएको थियो,’ सिंहले भनेका छन्, ‘मोरिससका एटीसीले १४ मिनेटसम्म विमानबाट रेडियो सम्पर्क स्थापित गर्न सकेको थिएन ।’

एम्बार १३५ विमान इन्धन लिनका लागि त्रिरुवनन्तपुरम र मोरिससमा रोक्नु परेको अधिकारीले जानकारी दिए । उक्त विमानले शनिबार अपरान्ह २ बजेर ८ मिनेटमा तिरुवनन्तपुरमबाट उडान भरेको थियो ।

भारतीय अधिकारीहरूका अनुसार, भारतीय वायुक्षेत्रपछि विमानको भारतीय समयअनुसार बेलुका चार बजेर ४४ मिनेटमा माले एटीसीसँग सम्पर्क भयो । त्यसलगत्तै यसको जिम्मा मोरिसस एटीसीलाई सुम्पिएको थियो । मोरिसस एटीसीले भारतीय समयानुसार बेलुका ४ बजेर ५८ मिनेटमा मात्र विमानसँग सम्पर्क स्थापित गर्न सकेकाे थियाे । अनि मात्र बल्ल मोरिससदेखि भारतसम्मका विमानस्थल र सुरक्षा अधिकारीले राहतकाे सास फेर्न सके ।

स्वराजले दक्षिण अफ्रिकामा ब्रिक्स सम्मेलनका साथै आइबीएसए (भारत, ब्राजिल र दक्षिण अफ्रिकी देशहरूकाे संगठन) काे बैठकमा समेत समावेश हुने बताइएकाे छ । (बिबिसी हिन्दीबाट)
….

काठमाडौं । वीर अस्पताललाई नमुना अस्पताल बनाउन लागिपरेका धुर्मुस-सुन्तली फाउण्डेसनलाई भ्रष्टाचार गरेको आरोप लगाउने वीर अस्पतालका भ्रष्ट कर्मचारीहरुको भागाभाग सुरु भएको छ । एउटै उपकरण खरिदमा नौ करोडसम्म भ्रष्टाचार गर्न पल्किएका वीरका भ्रष्ट कर्मचारीहरु राष्ट्रिय सतर्कता केन्द्रले आइतबारबाट छानविन थालेसंगै भागाभाग सुरु भएको हो ।

वीर अस्पतालमा विगत ३ वर्षदेखि व्यापक अनियमितता हुँदै आएपछि राष्ट्रिय सतर्कता केन्द्रले उपसचिव यमप्रसाद भुसालको संयोजकत्वमा ३ सदस्यीय अनुसन्धान समिति गठन गरी वीर अस्पतालको छानविन थालेको उच्च स्रोतले जनाएको छ। अस्पतालका कर्मचारीहरुले औषधि उपकरणदेखि मेसिनरी सामानहरुको खरिदमा करोडौंको अनिमियता गर्दै आएका थिए ।

वीर अस्पतालमा कति धेरै भ्रष्टाचार हुने गरेको छ भन्ने जान्न केही अगाडि महालेखा परिक्षकको कार्यालयले सार्वजानिक गरेको प्रतिवेदन पल्टाए पुग्छ । महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनले मात्र होइन । सार्वजानिक खरिद अनुगमनको कार्यालयले केही महिनाअगाडि वीर अस्पतालमा खरिदसम्बन्धी अनुगमन गर्दा त्यहाँ सबैभन्दा बढी अनियमितता हुने गरेको फेला परेको थियो ।

अनियमितताको विषयमा विगतको सरकार प्रमुख प्रधानमन्त्री, अर्थमन्त्री, राष्ट्रिय सतर्कता केन्द्र, महालेखा, सार्वजनिक खरिद अनुगमन कार्यालयका साथ विभिन्न चरणमा गरेको अनुसन्धान प्रतिवेदनले वीर अस्पतालमा व्यापक अनियमितता भएको भन्दै छानविनका लागि स्वास्थ्य मन्त्रालयमा प्रतिवेदन पेस भएको थियो।

यस्ता भ्रष्ट कर्मचारीहरुलाई केही निर्देशक, खरिद लगायतका आकर्षक ठाँउमा बसेर तर मार्न पल्किएका हाकिमहरुलाई वीर अस्पतालको सरसफाई र रंग लगाउन धुर्मुस सुन्तली खटिएको मन परेन । कारण उनीहरु आफैंले रंग रोगनको काम गर्न पाएको भए लाखौं कमिसन आफ्नै पोल्टामा पर्ने थियो । यही कमिसन चाख्न नपाएर छटपटिएका त्यहाँका भ्रष्ट कर्मचारीहरु नै सामाजिक अभियन्ता धुर्मुस सुन्तली विरुद्ध मिडियाबाजी गर्दै बदनाम गराउन उद्धत रहेको भेटिएको छ ।

धुर्मुस सुन्तलीलाई काम मात्र लगाएको तर सबै खर्च अस्प्तालले बेहोरेको बताए पनि धुुर्मुसहरुले बैंक अफ काठमाडौंले दिएको एक लाख रुपैंया बाहेक अरु सहयोग अस्पतालबाट पाएनन् । रंग लगाउनै पर्ने थियो, काम लगाएकालाई पारिश्रमिक पनि दिनैपर्नै थियो । उनले सहयोगीहरुको हात खोजे । धुर्मुस-सुन्तलीका कामको प्रंशशा गर्दै सहयोगीहरुले सहयोग पनि दिए । यो अवधीमा उनले जति सहयोग पाए आफ्नो आधिकारिक वेव पेजमा सबै सार्वजानिक गरिदिएका छन ।

धुर्मुस सुन्तली फाउन्डेसनको वेब पेजमा हालसम्म स्वस्फुर्त सहयोग गर्नेहरुबाट १४ लाख ६४ हजार ८ सय ३५ रुपैयाँ संकलन गरिएको विवरण उल्लेख गरिएको छ । ८२ जना पेन्टरहरुलाई पारिश्रमिक समेत जोड्ने हो भने ४८ लाख ६४ हजार १ सय ४४ खर्च भएको धुर्मुसको भनाइ छ । उनकै भनाइलाई आधार मान्ने हो भने धुर्मुस वीर अस्पताल सरसफाइ गर्दा झण्डै ३४ लाख ऋणमा छ छ फाउन्डेसन।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले सरकारी स्वास्थ्य संस्थालाई पूर्ण सरसफाइयुक्त बनाउन थालेको एकमहिने सरसफाइ अभियानमा धुर्मुस-सुन्तली फाउन्डेसनले वीर अस्पतालको सरसफाइको जिम्मा लिएको थियो । गत बिहीबार वीर अस्पतालमै आयोजित पत्रकार सम्मेलनमा राज्यमन्त्री पद्मा अर्यालले वीर अस्पतालको सरसफाइका लागि रकम संकलन गर्ने जिम्मा अभियन्तालाई नदिई सरकारले नै लिने बताएकी थिइन्।

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *