आगामी पुस १६ मा पानीजहाज चढेर कोलकाता जान प्रधानमन्त्री ओलीले दिए निम्तो

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमार्फत् जनताले दिएको जिम्मेवारी पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आफूले नाकाबन्दीको युग समाप्त गरेको भन्दै उनले अबदेखि छिमेकी मुलुकको हेपाहा प्रवृत्ति सहन नपर्ने जिकिर गरे ।

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ६७औं जन्मजयन्तीको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पानीजहाजको कुरा गर्दा विरोध गर्नेहरुलाई आगामी पुस १६ मा पानीजहाज चढेर कोलकाता जान निम्ता दिए ।

विकासको बाधककारुपमा रहेका दूरदराजका बस्तीलाई सुगममा एकीकृत बस्ती निर्माण गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुकलाई समाजवादतर्फ उन्मुख गराउनसकेमात्र कम्युनिस्ट पार्टी एकीकरणको औचित्य पुष्टि हुने धारणा राखे ।

यस्तै, नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले मुलुकको विकासका निम्ति सरकारलाई सधैं सहयोग रहने भन्दै सरकारले पनि प्रतिपक्षको समर्थन जुटाउन सक्नुपर्ने बताइन् ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले मुलुकलाई आर्थिकरुपमा सक्षम बनाउनसकेमात्र समाजवादको दिशातर्फ जानसकिने धारणा राखे ।

कार्यक्रममा वरिष्ठ कलाकार हरिप्रसाद शर्मा र पर्वतारोही लाक्पा शेर्पालाई मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको थियो ।

इमेजखबरबाट

…………………. यो पनि पढिहाल्नुस :

प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठ भन्छन्, ‘रवी लामिछानेले आफूलाई राजा महाराजा भन्दा चर्को ठाने’

तपाईंलाई एक टेलिभिजन पत्रकारले केही गम्भिर आरोपहरु लगाईरहनु भएको छ । तपाईंको परिचयसँग यी आरोपहरु कसरी मेल खान्छन् ?

यी आरोपहरु बेतुकको मनाको तुष्टी मात्रै हो । पत्रकार रवी लामीछानेजीले आफैले भन्नु भएको छ,‘म पत्रकार होइन । पत्रकारको प्रेस पास लिनुभन्दा जुत्ता पालिस गर्छु भन्नु भएको छ ।’ त्यसकारण उहाँ पत्रकार होइन । उहाँले पत्रकारिताको परिक्षा पास गर्नु भएको छैन । तर, श्रमजीवि ऐन अन्तर्गत हेर्ने हो भने उहाँले गरिरहेको काम पत्रकारिता पेशा भित्र पर्छ । पत्रकारिता पेशामा रहेको गैर पत्रकार भन्नुपर्ने हुन्छ किन भने सुचना विभागको पत्र अनुसार उहाँले प्रेस पास लिनु भएको छैन । श्रमजीवि पत्रकार ऐन अनुसार न्युज २४ टेलिभिजनले दिएको दरबन्दीमा १९ नम्बरमा त्यही रुपमा परिभाषित गरिएको छ । उहाँले जसरी अरोप लगाउनु भएको छ । त्यो आरोपको के दम र अर्थ छ ?

उहाँले अहिलेसम्म २ सय वटा कार्यक्रमको श्रङ्खला चलाउनु भएको होला । त्यसमध्ये २ वटामा उजुरी पर्यो । उहाँको कार्यक्रम नराम्रो छ वा जनताको भावना विरोधी छ भनेर कहिल्यै भनेका छैनौँ । हामीले हेर्ने भनेको पत्रकार आचार संहिता पालना भयो की भएन भनेर मात्रै हो । उहाँको कार्यक्रम मर्यादित, सन्तुलित, र जिम्मेवार भयो या भएन हेर्ने मात्रै हो । त्यो क्रममा २ वटा उजुरी पर्यो–कैलाश लोहनी र लक्ष्मण विकको ।

उजुरी परेपछि काउन्सिलको काम हो – उजुरी सुन्ने । जसरी अदालतले मुद्दाको सुनुवाई र फैसला गर्छ । प्रहरीले अनुसन्धान गर्छ । त्यस्तैगरी प्रेस काउन्सिलले पनि मिडिया अनुगमन गर्ने काम गर्छ । गत पौषमा हामीले उहाँलाई सोध्यौँ । उहाँले चैत्र २१ गते जवाफ दिनु भयो,‘म विदेशी होइन ।

श्रमको अनुमति लिएको छु । म प्रेस पास लिन्न बरु जुत्ता पालिस गरेर बस्छु ।’ यी तीनवटा कुरा गर्नु भयो । अर्थात उहाँले नेपालको अध्यागमन, श्रम र प्रेस कानुन गरी ३ वटा कानुन तोड्नु भयो ।

जवाफ दिने तरिका त्यो थिएन । हामीले टेलिभिजनका अध्यक्ष अनिल जोशीलाई पनि बोलायौँ । तर, आउनु भएन । यसको मतलब राज्यको एउटा निकायले सोधेको प्रश्न उहाँहरुकै लागि थियो । उहाँहरु आएर जवाफ दिएको भए पछिसम्मका लागि राम्रो हुन्थ्यो ।

जस्तोकी प्रहरीले कसैलाई केही मुद्दामा बयान लिन बोलायो तर मानेन भने प्रहरीले जबरजस्ति उठाएर ल्याउँछ । पेन्सन पाएको कर्मचारीले पनि मर्यादामा बसेन भने उसको पेन्सन खोसिन सक्छ । प्रधानन्यायधीश गोपाल पराजुलीकै बारेमा पनि समस्या आइरहेको छ । राज्यको नियममा बसेपछि मान्नुपर्छ नत्र त जंगली समाज भएन र ? अमेरिकाको त्यत्रो विकसित समाजमा सिकेर पढेर आउनु भएको भनिएको रवीजीले यत्ति कुरा पनि ख्याल गर्नु भएन ।

उहाँले पत्रमा लेख्नु भएको छ,‘म प्रेस काउन्सिलले दिने वा सिफारिस गर्ने प्रेस पास लिन्न । उहाँलाई यति सामान्य जानकारी पनि रहेनछ की प्रेस पास बाँढ्ने काम सुचना विभागको हो । नेपाल सरकारको आधिकारिक निकाय विभाग नै हो । सुचना विभागको अभिलेखमा उहाँले प्रेस पास लिनु भएको देखिँदैन तर पत्रकारीता गरिरहेको देखिन्छ ।

उहाँले छल्नु भएको छ । सन् २०१४ को जुन ५ देखि नेपाल आउने गरेको देखिन्छ । तर, दाजु हरिशरण लामिछानेको रिलेशनसिप भिषामा हुनुहुन्छ । त्यो भिषा अन्तर्गत नेपालमा आम्दानी हुने कुनैपनि आंशिक वा फूलटाइम काम गर्न पाइँदैन ।

तपाईंको भनाई अनुसार रवी लामिछानेले तीन वटै कानुनहरु तोडेको देखिन्छ । के कारबाही गर्नुहुन्छ ?

उहाँले अमेरिकन नागरिकता छोडिसकेको अवस्थामा अर्कै कानुन आकर्षित होला । हामीले हेर्ने भनेको आचार संहिता नै हो । उहाँको नागरिकताको विषयमा गृहमन्त्रालयले बोल्छ । हामी बोल्दैनौँ । उहाँको कार्यक्रममा प्रेस काउन्सिललाई चार्ज सिट र टार्गेट गरेर बोल्नु भयो ।

साम्प्रदायीक सद्भाव भड्काउने विषयलाई ठाउँ दिनु भएको छ । केही लाईभ फोन कल रिसिभ गर्नु भएको छ । जसमा प्रेस काउन्सिलका पदाधिकारीलाई हान्ने, काट्ने र मार्ने कुरा समेत छन् । त्यो वान्छित हुन्छ की हुँदैन ? मधेस आन्दोलनमा तराईमा ‘धर्ती पुत्रहरु भाला, बर्षा लिएर आउ’ भनिएको थियो । त्यस्तै भयो की भएन ।

भोली उहाँको कार्यक्रमबाट उत्प्रेरित भएर कुनैपनि मान्छेले प्रेस काउन्सिलका पदाधिकारी वा कुनै पत्रकार, गृह मन्त्रालयका पदाधिकारी जसले श्रम स्विकृति दिन जरुरी छैन भनेर टिप्पणी लेखे उनीहरुमाथि हातपात भयो भने रवी लामिछानेजी जिम्मेवार हुनुहुन्छ की हुनुहुन्न ? त्यसैले पनि हामीले उहाँलाई मर्यादित बनाउन खोजेको हो ।

आइजिपी नियुक्ती प्रकरणमा कार्यसम्पादन मुल्यांकनको विषय आएको थियो । उच्च अदालत पाटन र प्रहरीले ३ दिन भित्र स्रोतसहित बयान दिन आउनु भनेर ३ वटा अनलाईनलाई पुर्जी काटिएको थियो । हामीले ती साथीहरुलाई पत्रकार भएको र प्रेस काउन्सिलमा सुचिकृत भएका कारण जोगायौँ । रवीको पक्षमा केही मान्छेहरु होलान् ।

स्वभाविक रुपमा उहाँले जनताको आवाज मुखरित गर्नु भएको छ भने उहाँलाई ‘हाई हाई’ गर्ने तप्का पनि छ । तर, अर्को पक्ष पनि हुन्छ । सिक्काको दुई वटा पाटा हुन्छन् । उहाँको कारण पीडित अर्को पक्षले आएर उहाँलाई आक्रमण गर्यो भने पत्रकार महासंघ र प्रेस काउन्सिलले बक्तव्य निकाल्ने, सरकारसँग कारबाहीको माग गर्ने अवस्था हुन्छ की वा यो यस्तै फेसबुकमा मनलाग्दी मनको विरह पोख्ने एउटा कार्यक्रम प्रस्तोता हो त्यसकारण सरोकार छैन भनेर हामीले वक्तव्य दिने ।

जसरी प्युठानका पत्रकार सोनु कुमार सुनारलाई कपिलवस्तुको रेडियो स्टेशनबाट ल्याएर सेन्टर जेलमा राखिएको छ । पत्रकार महासंघ र काउन्सिलले उहाँलाई जोगाएको छैन किनकी उहाँले सामाजिक सञ्जालमा राष्ट्रपतिप्रति अमर्यादित टिप्पणी गर्नु भयो । पत्रकार भएर पनि हामीले बोल्न सकेनौँ भने रवी जि त गैर पत्रकार हो । गैर पत्रकारमाथि भोली केही भयो भने के होला ? उहाँको टिप्पणी लेखाइ वा अन्य कुनै कारणले नेपालको साइबर कानुन आकर्षित भयो भने उहाँलाई कसले बचाउँछ ।

भिडले आएर बचाउँछ ? भिडले कर्ण हेजुलाई बचायो ? भक्तपुरमा कर्ण हेजुको मरण कसरी भयो ? भोली कुनै भिडले आएर प्रेस काउन्सिल वा सरकारको पदाधिकारीमाथि कुनै आक्रमण भयो भने जिम्मेवारी रविजीले लिनुहुन्छ ? उहाँ अमेरिकामा सुसंस्कृत समाजमा बसेर आएको मान्छे यस्तो भिडतन्त्रमा विश्वास गर्न सुहाउँछ ? प्रश्न त्यहाँनेर हो ।

उहाँले सामाजिक सञ्जाल मार्फत काउन्सिल र व्यक्तिगत हिसाबले किशोर श्रेष्ठलाई खुला मैदानमा ‘लड्न’ आउन आह्वान नै गर्नु भएको देखिन्छ । किशोर श्रेष्ठ अब लड्नेकी भाग्ने ?

यो व्यक्तिगत लडाई होइन । रवी लामिछानेले मेरो खोरिया फाँडिदिएको होइन । मैले उहाँको केही विगारिदिएको पनि होइन । यसलाई सामान्यकरण गर्न हुँदैन । प्रेस काउन्सिल सरकारले मिडियालाई नियमन गर्न बनाएको आधिकारिक निकाय हो । त्यो संस्थाले विशुद्ध रुपमा आएका उजुरीमाथि छानबीन गरेको हो । केही दिन अघि अन्नपूर्ण पोस्टका सम्पादकलाई पनि बोलाइएको छ ।

कान्तिपुरका सम्पादकलाई पनि बोलाइएको छ । कानुन सबैलाई निरपेक्ष रुपमा समान हिसाबले लागु हन्छ । म कार्यरत जनआस्थालाई पनि यहाँबाट पुर्जि काटिएको छ । क्षमता ढकालको सन्दर्भमा मैले खण्डन छापेको छु । म चाहीँ कानुनभन्दा बाहिर हुन्छु र ?

तपाईंकै कारण श्रीषा कार्कीले आत्महत्या गर्न बाध्य भइन् भन्ने छ । यो प्रकरण फेरी चर्चामा आएको छ नी ?

तपाईंमाथि यो आरोप किन लागिरहन्छ ?
यो ५९ साल जेठको २३ गतेको कुरा हो । राजाले पहिलोपटक देउवा सरकारलाई बर्खास्त गरेर टेकओभर गरेको बोला हो । घटनाको श्रङ्खला छ । त्यसपछि कृष्ण सेनको हत्या भयो । जनआस्थाको भूमिका हेर्नु भयो भने दरबार र सेनासँग जुधेको छ । त्यतिबेलाको संस्थापनसँग जुधेको पत्रिका कोही थियो भने जनआस्था मात्रै हो ।

उसलाई बन्द गराउन संविधानले दिँदैन थियो । जनआस्था बन्द गराउने प्रपञ्च अन्तर्गत भएको एउटा घटना हो । फोटो छापेको हो किशोर श्रेष्ठले । त्यो समाचारमा श्रीषा कार्कीको फोटो छ तर पात्रहरुको नाममा लोकमान सिंह कार्की, खुम बहादुर खड्का, केशव स्थापित सहित ४५ जनाको नाम छ । त्यो फोटो छापिएको ६ दिनपछि उनले आत्महत्या गरिन् त्यसको प्रकरण अर्कै हो ।

अस्ति रवी लामिछानेले कार्यक्रम प्रशारण गर्नु अघि मलाई फोन गर्नु भएको थियो । बेलुका ६ः५६ बजेको थियो । उहाँलाई मैले सोधेँ,‘तपाईं सर्वोच्च अदालत भन्दा माथिको हो ? ’ उहाँले भन्नु भयो,‘होइन ।’ मैले सोधेँ,‘श्रीषा कार्की प्रकरणबारे तपाईंलाई कति थाहा छ ? त्यो प्रकरणमा सर्वोच्च अदालतले टुङ्ग्याइसक्यो । मलाई सफाइ दिइसक्यो ।’

जस्तो रवी लामिछानेको कार्यक्रमका कारण कोही मान्छेले आत्महत्या ग¥यो भने उहाँलाई हामीले ज्यान मुद्दामा जेल हाल्ने हो ?’

रवी लामिछानेले भन्नु भयो,‘त्यस्तो मिल्दैन ।’ सर्वोच्च अदालतले भनिसकेपछि टुङ्गिन्छ । अब कसरी भन्न पाइन्छ । पत्रकारीताको जीवनमा अनेकौँ अरोह अवरोह आइरहन्छन् । त्यो दुखद घटना हो । तर, रवीजीले विषयन्तर गर्नु भयो । उहाँलाई सोधियो,‘आचार संहिताको विषयमा तपाईं विरुद्ध यस्तो उजुरी परेको छ के भन्नु हुन्छ ?’

यस्तो प्रश्नको जवाफ म चिन गएँकी गइनँ । विदेश घुमेकी घुमिनँ भन्ने हुन्छ र ? म त विश्वको ५० वटा मुलुकमा घुमेको छु नी । म विश्व प्रेस काउन्सिलको उपाध्यक्ष हुँ । साउथ एशियन प्रेस अलाइन्स गठनका निम्ती अग्रसरता लिइरहेको पात्र हुँ । यो संस्थाको जिम्मेवार मान्छे हुँ । मैले गएर अन्तर्राष्ट्रिय फोरममा गएर नेपालको प्रतिनिधित्व गरेँ भने कसैको लागि आरिस लाग्दो विषय हुनसक्छ र ? त्यसमाथि त्यस्ता कार्यक्रमहरुमा जाँदा कहिले आयोजकले खर्च बेहोर्छन् त कहिले नेपाल सरकारले बेहोरेको हुन्छ । मैले देशको प्रतिनिधित्व गरेको अवस्था हो ।

उहाँ अमेरिका गएर बस्यो भनेर हामीले पनि नेपाली नागरिकता त्यागेर अमेरिकन नागरिकता पाउँ प्रभू भनेका छौँ र ! त्यो विषय वेग्लै कुरा हो । उहाँले आफ्नो जवाफ दिने हो । विषयन्तर गर्ने होइन । उहाँले सतही, खुद्रे मसिने कुरा गरेर, भूराभूरीलाई उफार्ने काम गर्नु भयो । नेपाली युवाहरु जो नेपालमा रोजगारीको अवसर नपाएर खाडी मुलुकमा गएर पसिना बगाइराख्नु भएको छ । उहाँहरुको भावनाको रवीले शोषण गरिरहनु भएको छ । उत्तेजित बनाउने भड्काउने काम गर्नु भएको छ । त्यसले भोली ती नेपाली युवालाई कानुन लाएर डिपोट हुन पर्ने अवस्था आयो भने, यहीँ पक्राउ परेर ५ वर्ष जेल जाने अवस्था आयो भने रवी जिले जिम्मेवारी लिनु हुन्छ की हुन्न ?
त्यस्तो केही तयारी छ ?

प्रेस काउन्सिलले केही गर्छ । प्रेस काउन्सिल चुपो लागेर बस्दैन । यो अथोरिटि हो । नचाहिँदो कुरामा यसले हात हालेको छैन । प्रेस काउन्सिलले रवीलाई तीन वर्ष जेल हाल्न खोज्यो भनेर उहाँले हल्ला मच्चाउने, भड्काउने र सेन्टिमेन्ट क्याच गर्न खोज्नु भएको छ । त्यो गलत कुरा हो । प्रेस काउन्सिल प्रहरी चौकी होइन । गत साल देशान्तर साप्ताहिकका सम्पादक कविर राणालाई निर्वाचन आचार संहिता तोडेको अभियोगमा तीन दिन भित्र बुझाउनु भन्ने थियो ।

यही प्रेस काउन्सिलले हाम्रो क्षेत्राधिकार भित्र पर्दैन, तिम्रो काम पनि होइन पत्रकारलाई थुन्ने, चित्त नबुझे खण्डन पठाउ । प्रेस काउन्सिलले जवाफ त्यसपछि दिन्छ भनेर जवाफ दिने संस्था यही नै हो । थुनिएका सुशिल पन्त लगायत पत्रकारलाई छुटाएर ल्याउने संस्था पनि यही हो । पत्रकारलाई समस्या पर्दा सहयोग गर्ने, विरामी पर्दा उपचार खर्च दिने, लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने, समानुपातिक विज्ञापन प्रणालीको पक्षमा सर्वोच्च अदालत र सरकार विरुद्ध लड्ने निकाय हो । यसले मिडियालाई थुन्ने निकाय होइन । यो अध्यागमन होइन । यो गृहमन्त्रालय होइन ।

यो त पत्रकारहरुलाई मर्यादित बनाएर आचार संहिता पालना गराउने संस्था हो । रवी लामिछानेलाई भोली कसैले अन्याय ग¥यो भने जोगाउने पहिलो निकाय प्रेस काउन्सिल नै हो र हुनेछ ।

उहाँले प्रेस पास पनि लिनु भएको छैन र पत्रकार पनि होइन भन्नु भएको छ । कसरी जोगाउनु हुन्छ ?

उहाँले होइन भनेपनि दुनियाँले देखेको छ । उहाँले गरिरहनु भएको कर्म के हो ? उहाँ टेलिभिजनमा कार्यरत हुनुहुन्छ । तरकारी पसलमा काम गरिरहनु भएको होइन । रवी लामिछाने दाल चामल पसलको व्यापारी होइन । उहाँ सञ्चार मान्त्रालयबाट इजाजत लिएको न्युज २४ नामक टेलिभिजनको कार्यक्रम प्रस्तोता हो । त्यो सञ्चार कर्म हो । मिडिया कर्म हो । त्यो मान्छेले आफूलाई बाँच्नका लागि वा विषयन्तर गर्नका लागि होइन भनेतापनि कामले के देखाउँछ ?

भन्नाले रवीले आफ्नो झूटबाट बाँच्नका लागि ‘आफूलाई पत्रकार होइन’ भनेका हुन् त ?

धेरै कुरा हुनसक्छन् । केही कुरा छिटै आउलान् । हामीले पहिलो कुरा उहाँलाई नै सोध्ने हो । हामी केरकार गर्ने निकाय होइनौँ । प्रहरी संयन्त्र पनि होइनौँ । तर, समय क्रममा प्रक्रियामा जान्छ ।

तपाईंहरुले रवी लामिछानेको विषयमा आफ्नो दायरा भन्दा माथि गएर खोज गर्नु भएको होइन र ?

हामीलाई उहाँले चैत्र २६ गते लेखेको पत्र वैशाख ६ गते दर्ता हुन आयो । लिखित जवाफमा उहाँले ‘अन्टेसन्टे’ जवाफ दिनु भयो । उल्टो व्यक्तिगत आक्रमणमा उत्रिनु भयो । किशोर श्रेष्ठ व्यक्ति होला । उसको व्यावसायीक संलग्नता अन्तै पनि होला । तर, अहिलेको मितिमा यो कुर्सीमा बसेर भन्दा म प्रेस काउन्सिलको अध्यक्ष पनि हो । त्यसकारण उसले गरेको कर्म व्यक्तिगत हुनसक्दैन । त्यसलाई च्यालेन्ज गर्ने काम भयो । जुन १३ तारिखमा फेसबुकमा ‘म अब कुर्न सक्दिनँ । मेरो धैर्यताको बाँध टुट्यो । तिमी ब्ल्याकमेलरहरु, तिमी अपराधीहरु र ज्यानमाराहरु’ भन्ने आसयमा लेख्नु भयो । त्यसपछि प्रेस काउन्सिलले ल ठिकै छ उहाँ पत्रकार पनि होइन भन्नु हुन्छ ।

म विदेशी पनि होइन भनेपछि विदेशी हो की होइन त बुझ्नु पर्यो नी । हामीले अध्यागमनको रेकर्डबाट एक वर्ष अघि नै पाइसकेका थियौँ । गत साल डिसेम्बर आसपासमा फेसबुक मार्फत हामीलाई च्यालेन्ज गर्नु भयो । मैले फेसबुकमा लेखेको छु,‘तिमी विदेशी नागरिक नेपालीलाई गाली गरेर खोक्दै छौ । यस्तो नगर हिसाब किताव आउँदैछ । केही घण्टामा आउँछ ।’

अध्यागमनबाट हिसाब केही घण्टामै आयो । उहाँले १२० डलर तिरेर मल्टिपल भिषा लिनु भएको हो । अन्तत ः अमेरिकी नागरिकता त्यागेबाट पनि उहाँ विदेशी भनेर पुष्टि भयो की भएन । जब उहाँले होइन भनेर च्यालेन्ज गर्नु भयो त्यसपछि खोज्नु परेन ? हामीले विदेशी र नचाहिँदो मान्छेलाई पो सोधपुछ गर्दै छौँकी भनेर आफू सुरक्षीत हुनका लागि पनि हामीले प्रमाण जुटाउनु पर्ने भयो । हामीले सुचना चोरेका होइनौँ । आधिकारिक निकायसँग पत्र लेखेर जवाफ मागेका छौँ । २४ घण्टा भित्र हामीलाई लिखित जानकारी आएको छ । ४ गते जवाफ आएपछि ४८ घण्टापछि अध्यागमन विभाग र गृहमन्त्रालयमा उहाँ पुग्नु भएको होइन ? ल है मैले त्याँगे है, छोडे हैँ भन्न गएको होइन ? त्यो भन्दा अघि जानु भएको थियो ? जुन १३ को मितिमा उहाँले स्ट्याटस लेख्दासम्म उहाँ जानु भएको थियो ? हामीले भनेको राम्रो होइन ? हामीले भन्यौँ,‘अमेरिकी नागरिकता त्यागेर नेपाली नै हुनुस् । नेपालको मायाँ गरेर १५वर्ष अमेरिका बसेर आउनु भयो । आउनुस् नेपाली नै भएर कार्यक्रम चलाउनुस् । मिलिजुली सहकार्य गरौँ भनेर आग्रह गरेका हो नी । यो हाम्रो सदासयता होइन ?

भनेपछि तपाईंहरुको आग्रहलाई रवीले स्विकार गर्नु भयो भन्ने हो ?

उहाँको पक्षमा होहल्ला गर्ने मान्छेले यो कुरा खोइ बुझेको । के कारणले उहाँले नागरिकता त्याग्नु भो ? उहाँ एउटा चेलिको उद्दार गर्न युएइ जानु भयो । नेपाली पासपोर्ट लिएर जानु भो ? अमेरिकी पासपोर्ट लिएर जानु भयो । हामीले भनेको नेपाली पासपोर्ट लिएर नेपालीको उद्दार गर्न जानुस् न । हामी पनि सँगै हिडिदिन तयार छौँ तपाईंका लागि । हामीले केही अन्यथा ग¥यौँ र ?

तपाईं जीवित व्यक्तिलाई श्रद्धाञ्जली दिने तहसम्म एउटा भिड लागीपरेको छ । कस्तो अनुभूति हुँदैछ ?

व्यक्तिगत रुपमा किशोर श्रेष्ठ धेरैपटक मरेर बाँचेको मान्छे हो । आज जसरी व्यक्तिगत तहमा गिरेर गालीगलौज गर्दै हुनुहुन्छ । उहाँहरुले यसरी बोल्न पाउने अधिकारका लागि लडेको मान्छे हो किशोर श्रेष्ठ । किशोर श्रेष्ठ जेलनेल भोगेको मान्छे हो । १६ वर्षको उमेरदेखि जेल बसेर यो ठाउँमा आएको मान्छे हो । शाही शासन कालमा ज्यान मुद्दा लगाएर जेल हाल्न खोजिएको मान्छे हो । ६२÷६३को आन्दोलनमा गौशालामा टाउको फुटेको मान्छे हो । यो एउटा इतिहास हो । सेनाले पटक पटक थुनेको मान्छे हुँ ।

तर सामाजिक संजाल प्रयोगकर्ताहरुले तपाईंलाई मतियारको रुपमा प्रस्तुत गरेका छन् नी ?

किशोर श्रेष्ठ भौतिक रुपमा मरोस् तर यो संस्था जीवित रहन्छ रहनुपर्छ । नेपालका ऐन कानुनहरु जीवित रहनुपर्छ । सुशासन कायम गर्न राष्ट्र र जनतालाई योगदान दिनुपर्छ । किशोर श्रेष्ठ एउटा व्यक्ति केही पनि होइन । यो समुन्द्रमा बिलाउँछ ।

तपाईंले पत्रकारिताको जीवनकालमा धेरै असहज परिस्थितिको सामना गर्नु भएको छ । पछिल्लो समय फेरी आएको यो परिस्थितिलाई कसरी हेर्नु भएको छ ?

मलाई यो चुनौतीको क्षण हो जस्तो लागेको छ । यो हाम्रो पेशालाई अझै सुद्ध गर्नु पर्ने अवस्था रहेछ । हामीले क्वान्टिडिको पत्रकारिता गर्यौँ तर क्वालिटीको गर्न सकेनौँ । गुणात्मक पत्रकारिताको विकास गर्नुपर्छ । यो एउटा शिक्षा हो । यो शिक्षा रवीजीलाई पनि होला । उहाँ मसँग फोनमा कुरा गर्दा लचिलो भएर कुरा गर्नुहुन्छ । जब स्टुडियोमा अरब र मलेशियाको इमेल चेक गर्न थाल्नु हुन्छ र सानो घेराको कुरा सुन्नुहुन्छ त्यहाँ उत्तेजित भइदिनु हुन्छ । उहाँलाई उत्तेजित नहुन आग्रह गर्छु । सस्ता र झिना मसिना कुरालाई फेसबुकमा तुच्छ तरिकाले पोस्ट गरेर कोही काम लाग्दैन ।

किन भने हामी डकुमेन्टको आधारमा बोलिरहेका छौँ । कानुनी आधारमा हामी बोलिरहेका छौँ । उहाँले गरेको कुरालाई म एउटा बजकना हर्कतको रुपमा लिन्छु । उहाँले टेलिफोनमा केही दावी गर्नु भएको छ । उहाँलाई मैले भनेको छु,‘तपाईंको दाबीमा कुनै तुक छैन । तपाईंलाई गृहमन्त्रालय र श्रमले दिएको जवाफ पछिल्लो जवाफ आधिकारिक हो । त्यो आधिकारिकता अनुसार २०७४ साल पुस २३ गतेदेखि तपाईंले कुनैपनि खाले परमिट पाउनु भएको छैन । तपाईंको भिषाको म्याद पनि सकिँदैछ । त्यो भनेको रिलेशनसिप भिषा हो । त्यो थपिने वा नथपिने ग्यारेन्टी पनि छैन ।’ त्यो भ्वाइस सुरक्षित छ । तपाईं फेसबुकमा स्ट्याटस हेर्नुस् । उहाँको पक्षमा काम गर्ने मान्छेहरु ‘रेष्ट एण्ड पीस’, श्रद्धाञ्जली, तलाईं मार्छु भनेर लेखेका छन् । मलाई इन्बक्समा कति म्यासेज आएको छ । त्यो आफ्नो ठाउँमा होला तर, यसले मान्छेहरुको सोचाइको स्तर देखाउँछ । मैले लेखेको स्ट्याटसमा नेपालका पत्रकार र बुद्धिजिवीहरुले गरेको टिप्पणी हेर्नुस् कति फरक छ । हामीले भन्यौँ,‘तपाईंले नेपालको कानुन पालना गरिदिनुस् । त्यसोगर्दा तपाईं सुरक्षित हुनुहुन्छ । भोली तपाईंलाई केही पर्यो भने जोगाउने प्रेस काउन्सिल नै हो ।’ त्यो वातावरण बनाउँने वा नबनाउने तपाईंकै हातमा छ ।

तपाईंको पत्रकारीताको धार छ कतिपय स्रोतहरु नखुलाई समाचार छाप्नु हुन्छ । यता रवीजीले हाकाहाकी कसैलाई आरोप लगाउनु हुन्छ नी । यो राम्रो हो ?

पहिलो कुरा उहाँले म पत्रकार होइन भन्नु भएको छ । त्यो रियलीटि लाइभ सो जस्तो वा कपिल शर्माको ‘फन को टकसो जस्तो हुनसक्छ । उहाँले लाइभ सो गर्दाखेरी ध्यान दिनुपर्छ । केही बर्जित क्षेत्रहरु हुन्छन् । जसको बारेमा प्रवेश गर्न मिल्दैन । धर्म, संस्कृति, सम्प्रदाय, जाती, रङ र वर्ण लगायत कुरामा र साम्प्रदायीक सद्भाव भड्कनसक्ने कुरामा सतर्क हुनुपर्छ । हिन्दु मुश्लिम दंगा किन हुनेगर्छ ? हाम्रै कपिलवस्तुमा पनि बेला बेलामा त्यस्तो हुने गरेको छ । ब्रेक फेल भएको इन्जिन जस्तो हो बेला बेला चुक्ने खतरा हुन्छ । ब्रेक फेल प्लेन वा रेल जस्तो नभइदियोस् । त्यो दुर्घटना हुँदा यात्रु मात्रै मर्छ र ! चालक पनि मर्ने खतरा हुन्छ । त्यता ध्यान दिनुस् भन्ने हाम्रो आग्रह हो ।

तपाईंको पत्रकारीता एक ठाउँमा छ तर, सामाजिक सञ्जाल मार्फत उहाँले त तपाईंलाई नै पत्रकारिताको पाठ सिकाइदिनु भयो नी ?

मैले उहाँलाई भनेका थिएँ,‘रवी जी तपाईं म भन्दा कान्छो हुनुहुन्छ । मैले पत्रकारिता शुरु गरेको ३२ वर्ष भयो । म १६ वर्षदेखि यो पत्रकारितामा छु । मैले जीवनमा धेरै भोटो फटाएको छु । तपाईंले देख्न बाँकी नै छ नेपालको पत्रकारिता । तपाईंलाई लाग्दो हो मैले के–के क्रान्ति नै ल्याएँ ।’ पहिला पनि मान्छेहरुले अड्डा अदालतमा बेतिथि देख्दा,‘लोकमानलाई बोलाउँ भन्थे ।’

लोकमान जीको अहिले हालत कहाँ पुग्यो । रवीजी केही समस्यामा परेका मान्छेहरुको आशाको केन्द्र बन्नु भएको छ । केही त्राण पाइन्छकी भन्ने छ । तर, त्यस्तो कुरालाई इमोश्नल्ली ब्ल्याकमेलिङ नगरिदिनुस् । राम्रो कुरालाई राम्रै हिसाबले प्रस्तुती गरिदिनुस् । शिष्ट, सन्तुलित, मर्यादित र जिम्मेवार भइदिनुस् । सुनमा सुगन्ध नै फैलिन्छ । हामीले यसरी पुर्जी काट्न नपर्ने, पीडितहरुले गुनासो गरेर उजुरी गर्न नपर्ने वातावरण गर्ने त उहाँले नै हो । प्रेस काउन्सिलले उहाँलाई हत्कडी लगाउन गएको हो र ? प्रेस काउन्सिलले उहाँलाई समातेर एयरपोर्ट पुर्याएर डिपोर्ट गर्न खोजेको थियो र ? भदौ २१ गतेदेखि कानुन लागु हुँदैछ ।

जुन कानुनमा लालमोहर लागिसक्यो । उक्त कानुनमा रवी जिहरुले जसरी गरिरहनु भएको छ, डिभाइस प्रयोग गर्ने, गोप्य हिसाबले भिडियो खिच्ने, अनुमति विना अरुको सामग्री प्रयोग गर्ने गर्दा समातिने र ३ वर्ष जेल जाने कुरा छ है भनेर हामीले सबै स्टेक होल्डरलाई छलफलमा ल्याएका हौँ । तर बहस डाइभर्ट भयो । ३ करोड जनताका लागि भदौ ३१ गतेदेखि कानुन लागु हुँदैछ ।

त्यो रवी जीको लागि मात्रै बनेको हो र ? उहाँ ३ करोड जनता भन्दा माथि हो ? त्यो कानुन त भोली प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि लाग्नसक्छ । राष्ट्रपति वा तपाईंहामी माथि पनि लाग्नसक्छ । उहाँले आफूलाई सुपरम्यान सोच्नु भयो । मेरै विरुद्ध कानुन ल्याउन खोजे जस्तोगरी । अघिल्लो सरकारकै पालामा लालमोहर लागेको कानुन हो । कार्यान्वयन भदौ १ गतेदेखि हुँदैछ । उहाँलाई मैले पोहोर नै लेखेको हो,‘तपाईं संयमित भइदिनुस् । नेपाल आएर अमेरिकी नागरिकता त्यागिदिनुस् । यो लफडा नगरिदिनुस् ।’

उहाँले फेसबुकमा भन्नु भएको छ,‘म माथि केही गरिस् भने जे पनि हुन्छ ।’ यसो नभन्नुस् । अमेरिका बसेर आएको मान्छे लोकतन्त्र र प्रजातन्त्रको पाठ सिक्नुस् । तपाईंले अरुको बारेमा आलोचना गर्न हुँदा तपाईंकोे बारेमा अरुले आलोचना गर्न हुँदैन भन्ने संस्कार भनेको शाही शासनकालको राजा महाराजा भन्दा चर्को आफूलाई पुर्याउनु भयो । यसमा कहाँ निर खोट छ र ? हामीले त उहाँको भलो नै चाहेको हो । हामीले आफ्नो सर्कलमा राख्न खोजेको हो । तर, उहाँ म छुट्टै टापुमा बस्छु अन्तै रमाउछु र मेरै भिडको बीचमा बसेर रमाउँछु भन्नहुन्छ भने हामीले गर्न सक्ने के नै हो र ?

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *