अमेरिकामा ट्रम्पको अनुहारै हेरेर ओली ट्वाँ ! बस्ने ठाउँ नै पाएनन्

न्यूयोर्क – अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच करीब २ मिनेट कुराकानी भएको छ ।

राष्ट्रपति ट्रम्प तथा प्रथम महिला मेलानिय ट्रम्पले राष्ट्रसंघीय महासभाको उच्चस्तरीय छलफल हुनु अघिल्लो दिन सोमबार साँझ आयोजना गरेको स्वागत कार्यक्रममा उभिएरै छलफल भएको हो । ओलीले ट्रम्पसँगको भेटमा बस्न नै पाएनन् ।

स्वागत समारोहमा सहभागी हुने सबैसँग अमेरिकी राष्ट्रपतिले संक्षिप्त कुराकानी गर्दै फोटो खिच्ने प्रचलन छ । सबै सदस्य मुलुकका उच्चस्तरीय पाहुना आउने र छलफल हुनाले पनि यो स्वागत समारोह करीब पाँच घण्ट चल्छ ।

यही समयमा कुराकानीको मौका छोप्न ओली आफ्नो सम्बोधनभन्दा चार दिन पहिले नै न्यूयोर्क ओर्लेका हुन् ।उनीहरूबीचको संक्षिप्त कुराकानी र छलफलमा सहभागिताबारे न्युयोर्कस्थित नेपाली नियोगले जानकारी दिँदै भनेको छ , ‘७३ औं महासभामा भाग लिन न्यूयोर्क आइपुगेका विभिन्न मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख तथा सरकारका प्रतिनिधिको सम्मानमा गरिएको समारोहका प्रधानमन्त्री ओली र पत्नी राधिले सहभागिता जनाएका छन् ।’

संक्षिप्त समयको फाइदा उठाउँदै ओलीले नेपालको दीगो शान्ति, विकास र दुईपक्षीय उच्चस्तरको भ्रमणबारे धारणा राखेको जानकारी उनको सचिवालयले जनाएको छ । ७० औं महासभामा सुशील कोइरालाले ओबामालाई भेटेका थिए ।

त्यसपछि कुनै पनि प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपतिसँग कार्यक्रममै भएपनि भेटघाट गर्न पाएका थिएनन् । तर, ओलीसँगको भेट पनि अर्थपूर्ण नभएर औपचारिकतामै सीमित भएको छ ।

गत वर्ष तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सम्बोधन गर्ने गरी मात्र आएकाले स्वागत समारोहमा सहभागी भएनन् । उनी स्वागत समारोह सकिएको भोलिपल्ट आएका थिए । ओली भने ट्रम्पसँग फोटो खिचाउने अवसर जुराउन केही दिनअघि नै अमेरिका पुगेका हुन् ।ओलीले परिचयसँगै भएको कुराकानी करीब दुई मिनेट मात्र रहेको जानकारी दिएका हुन् । उनले ट्रम्पले गरेको शान्तिको पहलको प्रशंसासमेत गर्न भ्याए ।

सिंगापुरको अमेरिका–उत्तर कोरिया वार्ताले विशवका सकारात्मक सन्देश दिएको बताएको उनले सुनाएका ब्यक्तिले जानकारी दिए । प्रधानमन्त्रीस्तरबाट चार वर्षपछि नेपालका प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपति भेटेका हुन् ।

गत वर्ष प्रधानमन्त्री स्वागत समारोहमा आइनपुग्ने भएपछि उपप्रधान तथा परराष्ट्रमन्त्री सहभागी हुन गेट पुगे पनि नामको संयोजन हुन नसक्दा लज्जित भएर पर्कनु परेको थियो । यसपटक त्यस्तो अवस्था भने आएन । प्रधानमन्त्रीले भित्र अन्य मुलुकका राष्ट्र एवं सरकार प्रमुखसँग पनि भेटे । उनी दुईपक्षीय सहकार्य र उच्चस्तरको भ्रमण आदन प्रदानको बारेमा छलफल गरेका बताइएको छ ।

अमेरिकी राष्ट्रपति र प्रथम महिलाले महासभाको उच्चस्तरीय बसह आरम्भ हुने अघिल्लो दिन यस्तो भोज दिने चलन छ । त्यही प्रथालाई अमेरिकीले कायम गर्दै आएको हो ।

भेटमा ओलीले ट्रम्पको अनुहार हेरेर चित्त बुझाउनुपरेको छ । अमेरिका र नेपालीबीच हुन सक्ने सहकार्य, सहयोग आदानप्रदान लगायतका विषयमा भेटमा कुराकानी हुन पाएन ।

Add Comment